Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चितवन: जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि डेङ्गु र स्क्रवटाइफसको परीक्षणका लागि कीटको अभाव देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो पटक आएको ३५० कीटमध्ये अब जम्मा ५० कीटमात्रै बाँकी रहेको छ । साउन २९ गतेमात्रै कार्यालयमा कीट आएको थियो । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कीटको अभावमा अस्पताललाई आवश्यक मात्रामा उपलब्ध गराउन सकिएको छैन । माडीमा रहेको बघौडा अस्पतालमा कीट उपलब्ध गराउन सकिएको छैन भने रत्ननगर वकुलहर अस्पतालमा पनि मागअनुसारको उपलब्ध गराउन नसकिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो रहेको छ । उहाँका अनुसार भदौ ६ गतेसम्म जिल्लामा ५६७ को परीक्षण गरिएकामा…
काठमाडौँ: के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् । अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ । मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिकस्थलमा शौच गराइएको भेटिए कारवाही तयारी थालेको हो । महानगरको वातावरण व्यवस्थापन विभागले कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढङ्गबाट शौच गराउन पनि आग्रह गरेको छ । कुकुरको दिसापिसावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घर पालुवा कुकुरलाई घरमै…
काठमाडौँ: पछिल्लो समय वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन तल्लीन देखिएको सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित ऐन, कानूनलाई कामदारमैत्री बनाउँदै लगेको छ । यसअघिका कानून कामदारभन्दा पनि म्यानपावर व्यवसायी अनुकूलका रहेको भन्दै चर्को आलोचना हुँदै आएको थियो । सरकारले गत वर्ष मात्रै म्यानपावर व्यवसायीलाई व्यावसायिक आचरणप्रति जिम्मेवार बनाउन वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरेको थियो । वैदेशिक रोजगारीमा जाने कामदारलाई बढीभन्दा बढी सेवा, सुविधा, सहुलियत प्रदान गर्दै कामदारको भावना सम्बोधन गर्न सरकारले गत साता मात्र वैदेशिक रोजगार नियमावली, २०६४ लाई संशोधन गरी कामदारमैत्री बनाएको छ । नियमावलीको पाँचौँ संशोधनले गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति प्रदानदेखि कामदारले प्राप्त गर्ने राहतका लागि स्थानीय…
तनहुँ : तनहुँको व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय हुनुहुन्छ । उहाँले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो जीवनयापनको माध्यम बनाउनुभएको छ । उहाँले होलस्टेन र जर्सी जातका दुई÷दुई गाई पाल्नुभएको छ । साथै पाँच रोपनीमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्न थाल्नुभएको छ । गाईको दूध बेचेर ४० हजार र तरकारीबाट ४० हजार गरी मासिक ८० हजार रुपैया बचत हुने गरेको आचार्यले जानकारी दिनुभयो । तत्कालिन नेकपा एमाले निकट भातृ सङ्गठन अनेस्ववियु तनहुँ जिल्लाका पूर्वअध्यक्ष तथा अनेस्ववियुको केन्द्रीय सदस्य रहनुभएका युवानेता आचार्य हाल कृषक पेशामा लाग्दा छिमेकीसमेत दङ्ग पर्ने गरेका छन् । गाईको दूध, गहुँत…
डोटी: जिल्ला प्रशासन कार्यालय डोटीले एक परिपत्र जारी गरी जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउनेखालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ । जिल्लामा अधिकांशले त्यस्तो पोशाक लगाउने गरेकाले उक्त पोशाक नलगाउन प्रशासनले सबैमा आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले गैरसैनिकलाई कम्ब्याट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसहितको पत्राचार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा ‘कम्ब्याक्ट’ पोशाक लगाउने गरेको देखिएकोले रोकथामका लागि पत्राचार गरेका छौँ, अटेर गर्नेलाई कारवाही हुनेछ ।” नेपाली सेनाका सकल दर्जाले लगाउने सैनिक पोशाक स्थानीय बजारमा सहजरुपमा बिक्री वितरण…
काठमाडौँ:धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । कम्पनीमा हाल न्यून जनशक्ति छन् । ती पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको महानिर्देशक मिश्रको भनाइ छ । रेल सञ्चालन गर्न उक्त कम्पनीलाई बलियो बनाउने काम भइरहेको छ । उहाँले भन्नुभयो, “सरकार आफैँले गर्दा खातालगायतका समस्या आउने हुँदा कम्पनीमार्फत सञ्चालनको तयारी गरिरहेका छौँ ।” कम्पनी चलाउन २०० बढी जनशक्ति आवश्यक पर्छ । एक प्रमुख, सञ्चालन, मर्मतलजस्ता काममा…
हेटौँडा: सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले देशका दुई तिहाइ नागरिक संलग्न भएको कृषि पेशालाई नै देशको प्रमुख उद्योगका रूपमा अगाडि बढाउन लागिएको बताउनुभएको छ । प्रदेश ३ सरकारको अनुदानमा अग्रेली कृषि फारमद्वारा निर्मित “एग्रिनेट हाउस” को आज हेटौँडामा उद्घाटन कार्यक्रममा मन्त्री खनालले प्रधानमन्त्रीले समेत देशको मुख्य आम्दानीको स्रोत कृषि नै हुनसक्ने बताउनुभएको उल्लेख गर्नुभयो । मन्त्री खनालले समृद्धिको मूल आधार कृषि भएकाले आधुनिक कृषि प्रणालीमार्फत व्यवहारमा उतारिने बताउनुभयो । निर्वाहमुखी कृषिबाट उचित प्रतिफल प्राप्त गर्न नसकिएकाले आधुनिक प्रविधिमार्फत थोरै लगानीमा धेरै प्रतिफल प्राप्त हुनेगरी खेती हुनुपर्ने उहाँको भनाइ थियो । मन्त्री खनालले देशबाहिर रहेका युवाहरु ठोस योजनाबिनाको…
भद्रपुर: लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले झापामा ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ । सामाजिक कल्याणकारी सोच राखेर झापामा यस्ता ‘कपडा बैंक’ यसै साता तीन ठाउँमा सञ्चालनमा आएका छन् । विर्तामोड, दमक र भद्रपुर नगरपालिकामा खुलेका यी बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ । सामाजिक सेवामा क्रियाशील रोटरी क्लब, लायन्स क्लबलगायतका सङ्घ संस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका हुन् । भद्रपुरमा तीन दिनअघि र दमकमा एक सातादेखि खुलेको यस्तो नौलो…
काठमाडौँ: भाइटल हेल्थ केयर प्रालिले आइभी सेट (सलाइन चढाउन प्रयोग गरिने पाइपसहितको सेट) खरिदमा रु एक करोड बढीको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालमया न्यून मूल्य घोषणा गरी छ हजार १०० थान आइभी सेट खरिदमा रु एक करोड १९ लाख राजश्व छली गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । भाइटल हेल्थ केयरका सञ्चालक राजेशकुमार अग्रवाल र सरोज गोयलले भन्सार ऐजेन्टका प्रतिनिधि तथा ट्रक धनी कुमार खरेल र चालक रञ्जन अधिकारीको सहयोगमा भारतबाट ना७ख ६२५९ नम्बरको ट्रकमा पैठारी गर्दा उक्त सेट खरिदमा राजश्व छलेको पाइएको हो । एमआरपी…
भक्तपुर: मध्यपुरथिमि नगरपालिकाका विभिन्न टोलमा आएका विभिन्न देवी देवताहरु चार दिन चार रातपछि आगामी एक वर्षका लागि बिदा भएका छन् । गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर यहाँका विभिन्न क्षेत्रमा चार रातसम्म घुमेको लाय्कू भैल (भैरव) लगायतका देवताहरुलाई भोज खुवाएर बिदाई गरिएको छ । थिमिको लाय्कू भैल प्याखँमा ज्यापुँगः एक, न्हापा र लिपा गरी दुई भैरव र न्हापा र लिपा दाय्गी अर्थात दुई कुमारी गरी पाँच देवीदेवतालाई शास्त्रीय र तान्त्रिक विधिद्वारा विभिन्न मुद्रामा नाच प्रस्तुत गरेपछि यस वर्षका लागि बिदाई गरिएको हो । भैलः प्याखँमा भैरवले खड्ग र कुमारीले डमरु लिएर नाच्छन्…