Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका नगरका झण्डै ४८ जना पाहुना काठमाडौँ आउने भएका छन् । आगामी २७ गते पर्ने सो पर्वका अवसरमा छ देशका १३ नगरबाट पाँच प्रमुखसहित ४८ पाहुना आउने निश्चित भएको कामपाले जनाएको छ । महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर सचिवालयको तयारीका विषयमा जानकारी दिएको छ । सचिवालयले गत सात महीना पहिलेदेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरुलाई निमन्त्रणा पठाउन थालेको थियो । यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद सहिद खोकन, भूटानको थिम्पु नगरका…

Read More

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालासले लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यदु शर्माले बहस गर्नुभएको थियो । प्रतिवादीका तर्फबाट अधिवक्ता सुनिल पोखरेल, सुशील पन्त र चूडामणि सापकोटाले बहस गर्नुभएको हो । आरोपी तीन जनालाई बिहान १० बजे नै…

Read More

काठमाडौँ: गृहकार्य नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगन भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपाले आज अपराह्न ३ बजेका लागि पार्टी सचिवालय बैठक बोलाएको थियो । बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका साङ्गठनिक बाँडफाँटका विषयमा टुङ्गो लगाउने कार्यसूची रहेको थियो । तयारी नपुगेको भन्दै बैठक भोलिसम्मका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक केही बेर अघिदेखि शुरु भएको छ । बैठकमा राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलका नेता सहभागी…

Read More

काठमाडौँ: नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ । यसअघि सरकारले ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो । कम्पनीका विभागीय प्रमुख मोतीराज ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार सो कम्पनी साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको जनाइएको छ ।

Read More

काठमाडौँ ः भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ । बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौँमा मम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराए । उनले भने “वार्षिक रुपमा भारतबाट १० हजारको सङ्ख्यामा राँगा, भैँसी नेपाल भित्रिने गरेको छ, प्रतिराँगाभैँसी रु ८५६ राजश्व आउँथ्यो, त्यो गुमेको छ, त्यसतर्फ सरकारको ध्यान पुगोस् ।” सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इञ्जिनीयर जस्तै ज्योतिषी पेशा सञ्चालनका…

Read More

काठमाडौँ : देशका अधिकांश स्थानमा यतिवेला मनसुनी वर्षा भइरहेको छ । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावका कारण तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपाउन अनुरोध गरेको हो । जुन १० देखि सेप्टेबर २६ सम्मको समयलाई मनसुनको अवधि मानिन्छ । यस समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने मौसमविद मञ्जु बासीले बताइन । उक्त…

Read More

काठमाडौं : नेको इन्स्योरेन्सको १२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि आज मंगलबार नेकोको सेयर कारोबार प्रतिकित्ता ४०३ रुपैयाँ ५७ पैसालाई आधार मानेर खुलेको छ । भदौ १४ गते साधारण सभा बोलाएको नेकोले आज मंगलबार (भदौ ३ गते) बाट सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । यसर्थ भदौ २ गतेसम्म कायम सेयरधनीले मात्र १२% बोनस सुरक्षित गर्न सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट १२% बोनस र कर तिर्नका लागि ०.६३% नगद लाभांश दिन लागेको हो । १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको बोनस वितरण हुनेछ । कर तिर्न ७४ लाख २९ हजार १२७ रुपैयाँ…

Read More

काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डले १०% नगद लाभांशमा भदौ १३ गते बुक क्लोज गर्ने भएको छ । भदौ १२ गते बिहीबारसम्म कायम इकाइधनीले नगद लाभांश प्राप्त गर्न सक्नेछन् । एनआइसी एसिया ग्रोथ फन्डले करसहित ८ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश ९प्रतिफल० दिने यसअघि नै घोषणा गरिसकेको छ । एनआइसी एसिया ग्रोथ फन्ड एनआइसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको पहिलो योजना हो ।

Read More

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा भारत मोतिहारी घर भई मध्यविन्दु नगरपालिका–७ चोरमारामा प्लास्टिक पसल गर्दै आएका ३६ वर्षीय मोहम्मद साहवीर आलम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । काठमाडौँबाट महेन्द्रनगरका लागि छुटेको ना५ख ४८६ नंको बसले मध्यविन्दु नगरपालिका–७ चोरमारामा बसले ठक्कर दिँदा गम्भीर घाईते भएका साइकलयात्री आलमको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बसले ठक्कर दिँदा ना४५प २१०७ नंको मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका–७ का भानुभक्त पँगेनी घाइते भएका…

Read More

काठमाडौं : नेपालबाट विदेशमा जाने श्रमिकको संख्या यो वर्ष घटेको छ । गएको वर्षको तुलनामा यो वर्ष १४% ले घटेको तथ्यांकले देखाएको छ । खाडी राष्ट्रमा आएको आर्थिक मन्दीका कारण विदेशी श्रमबजारमा जाने युवाको संख्या घटेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७४/७५ को तथ्यांक अनुसार कतारमा एक लाख ८३ हजार ५४२ युवा श्रमिकका रुपमा पुगेका थिए भने गत आर्थिक वर्ष २०७५/७६ को असारसम्म एक लाख ६१ हजार २१५ गएका छन । त्यस्तै मलेसियामा आव २०७४/७५ मा एक लाख ३७ हजार ३११ जना गएको रेकर्ड थियो भने यो वर्ष ४२ हजार १४६ जना मात्रै…

Read More