Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवको एक महीनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्धारा आज यहाँ आयोजित “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका” विषयक अन्तक्र्रियामा मन्त्री भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई ट्राफिकिङ’ लगायतका समस्यालाई अझै व्यवस्थित ढङ्गबाट समाधान गरी समग्र सुधार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले विमानस्थलको सुधार, भूकम्पबाट भत्किएका सम्पदाको पुनःसंंरचना लगायतका कामलाई सरकारले तीव्रता दिएको छ, पर्यटन वर्षलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछु ।” मन्त्री भट्टराईले सगरमाथामा फोहरका कारण जाम…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित गर्न र विभिन्न कोणबाट आएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा ऐनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखको उमेरहद सम्बन्धी विषयअघि सारिएको जानकारी दिएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले ९२ प्रतिशत निक्षेप कर्ताको भावनालाई सम्बोधन गर्न बंैक तथा वित्तीय संस्थाका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको योग्यता र सेवा अवधिकाबारे निर्णय लिएको जानकारी दिए । राष्ट्रबंैकलाई बंैक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्यतालगायत आधार तोक्ने, नियमन र सुपरिवेक्षण अधिकार रहेको बताउँदै उनले निजामती, स्वास्थ्य, न्याय, संवैधानिक आयोगको पदाधिकारीको सेवाअवधि र…

Read More

काठमाडौँ:खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई तीव्रता दिन मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिएका छन् । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितका अधिकारीलाई मन्त्री मगरले आयोजनास्थलमै खटिएर निर्धारित समयमै काम सक्न निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । मेलम्ची आयोजनाको काम छाडेर हिँडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी भुक्तानी पाउन स्थानीय ठेकेदारले दाबी गरेको रकमका सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ । आयोजनाका प्रमुख कँडेलले ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको बैठकमा जानकारी दिएका थिए।

Read More

काठमाडौं : राजधानीको सानो भ¥याङस्थित एक होटलमा प्याकेटको जगदम्बा दूध उमाल्ने वित्तिकै रंग परिवर्तन भएको छ ।भक्तपुरस्थित जगदम्बा डेरी फुड एण्ड वेभरेज प्राइभेट लिमिटेड नामक कम्पनीबाट उत्पादित दूध उमाल्दा रंग परिवर्तन भएको हो । सफा भाँडामा सेतो दूध उमाल्दा रातो भएको होटल सन्चालक कमला शाक्यले बताइन । सोही विषयमा सम्बन्धित दूध उत्पादक कम्पनीका सुपरभाइजर राकेश बस्नेतलाई सोध्दा प्रशोधित दूध मा त्यस्तो समस्या नभएको दाबी गरे । उनले दुध उमाल्ने भाँडा नै फोहोर भएको अथवा दुधको एक्पायर डेट गुज्रिएको वा दुध स्टोर गरिएको तापक्रम नमिलेका कारण पनि दुध उमाल्ने वित्तिकै रंग फेरिएको हुन सक्ने अनुमान लगाए ।…

Read More

काठमाडौं : बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गर्न अर्थसमितिले एक उपसमिति गठन गरेको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा सरोकारवालासंगको छलफलपछि अर्थसमिति सदस्य रामकुमारी झाक्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो। समितिले बैंकलाई ब्रोकर लाइसेन्स दिंदा भित्रि कारोबार हुन सक्ने सम्भावनाबारे अध्ययन गरि अर्थसमितिलाई प्रतिबेदन बुझाउनेछ। उपसमितिले पेश गरेको प्रतिबेदनको आधारमा बैंकलाई ब्रोकर लाइसेन्स दिने नदिने निर्णय हुने भएकाले बैंकलाई ब्रोकर लाइसेन्सको बिषय अन्यौल बनेको छ। उप समितिलाई मुद्रा र पुंजीबजारको समस्याको अध्ययन गरि २ महिनाभित्र प्रतिबेदन समितिमा पेश गर्नुपर्ने सीमा तोकिएको छ । त्यस्तै उपसमितिले नेपाल राष्ट्र बैंकले लागू गरेको स्प्रेड दर र बैंक वित्तीय…

Read More

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताउनुभएको छ । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उहाँले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताउनुभएको हो । “ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ”, मन्त्री भट्टराईले भन्नुुभयो, “पर्यटन क्षेत्रमार्फत मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।” सङ्घका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण…

Read More

हेटौँडा: हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ मा सहभागी भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार हेटौँडा उपमहानगरपालिकाको वडा नं ४ मा मात्रै ६० जनालाई डेङ्गु सङ्क्रमण भएको पाइएको छ । यो सङ्ख्या जिल्लाभरिको डेङ्गु सङ्क्रमितहरुको करीब आधा हो ।…

Read More

काठमाडौं : राजधानीबासी अहिले तोकिएको खुद्रा मूल्य भन्दा दोब्बर भाउमा तरकारी किन्न बाध्य भएका छन । खुद्रा बजारमा अहिले राजधानीका उपभोक्ताले गोलभेडाँ प्रतिकिलो १२० रुपैयाँसम्म किन्न बाध्य भएका छन । नेपाली गोलभेडाँको थोक मूल्य प्रतिकेजी ५० र भारतीय गोलभेडाँको प्रतिकेजी ७० मा किनबेच भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका होलसेलर भगवान चन्द्र उप्रेतीले बताए । उनका अनुसार हाल बजारमा तरकारीको मूल्य बढ्नुको मुख्य कारण लगातारको वर्षात हो । लगातार परेको पानीका कारण तरकारी चाँडै कुहिएको र भारतीय तरकारी पर्याप्त मात्रामा नेपाल भित्रिन नपाउँदा नेपाली तरकारी बजारमा यसको मूल्य आकासिएको अनुमान उनको छ । कोटेश्वरको…

Read More

काठमाडौं : भारतबाट विषादी परीक्षण गरी केही मात्रामा तरकारी नेपाल आयात हुन थालेका छन । प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकृत रामकृष्ण सुवेदीले अदालतको फैसलापछि विषादी परीक्षण गरेर मात्रै नेपालमा तरकारी भित्राउने योजना अनुसार आयात हुन थालेको बताए । सर्वोच्च अदालतले तरकारी र फलफूल आयात गर्दा विषादी परीक्षण नगरी नल्याउन केही समय अगाडि आदेश दिएको थियो । यही आदेशलाई कार्यान्वयन गर्दै यतिवेला विषादी परीक्षणपछि आलु, प्याज, कागती, लौका परवल आदी कालीमाटी तरकारी बजारमा आउन थालेको छ ।

Read More

पाकिस्तान : तनावकाबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गरेका छन । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत सरकारले भारत प्रशासित जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनाबको स्थिति छ । पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष औपचारिक अनुरोध गरिसकेको छ । पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला…

Read More