Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई तारेखमुक्त बनाउने आदेश गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज सो मुद्दाको सुनुवाइ शुरु गरी उक्त मुद्दाको सक्कल फाइल नभेटिएपछि अदालतले तारेखमा रहेका न्यौपानेलाई तारेखमुक्त गर्न आदेश दिएको हो । ‘विसं २०६० वैशाख २५ गतेको निर्णय फाइल प्राप्त नभएकै कारणबाट प्रस्तुत विवादको सुनुवाइ नगर्नु मनासिव देखिएन, आयोगको निर्णयका विषयमा मुद्दामा सुनुवाइ गर्दै जाँदा पछि ठहर गरेबमोजिम हुने नै छ, निज सचिव महेश्वर न्यौपानेलाई तारेखमा राखिरहन परेन’ आदेशमा भनिएको छ । यसअघि सर्वोच्च अदालतले भ्रष्टाचारको मुद्दामा…

Read More

बुटवल:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘सन् २०२० को जनवरी महिनामा साटवटै प्रदेशबाट भिजिट नेपाल–२०२०’ को भव्य उद्घाटन हुने बताएका छन् । उनले आज बुटवल आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले विदेशमा रहेका ५० लाख जनाले एक–एकजना पर्यटक पठाए पनि ५० लाख पर्यटक हुने बताए । मन्त्री भट्टराईले भने, ‘उनीहरुलाई भुलाउन बुद्ध सर्किट, बुद्धसँग सरोकार राख्ने स्थानहरुलाई जोड्नुपर्दछ । यदि सच्चा नेपाली भए उहाँहरुले पर्यटक पठाउनुहुन्छ । हैन भने विदेशमा बसेर नेपालका नेतालाई गाली गर्ने,खाल्डाखुल्डीका तस्विर पोष्ट गरेर देश बनेन भन्नु गलत हो ।’ नेकपा स्थायी कमिटिका सदस्य समेत रहेका मन्त्री भट्टराइले नेकपा पार्टी…

Read More

काठमाडौँ:  नेपालको पुँजी बजारको इतिहासमै आज बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । कारोबार विवरण अनुसार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका नेप्सेले जनाएको छ । बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको छ ।नेप्सेमा इतिहासकै धेरै संख्यामा कारोबार काठमाडौँ: नेपालको पुँजी बजारको इतिहासमै आज बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । कारोबार विवरण…

Read More

काठमाडौँ ः भारतमा आयोजना हुने साफ यू–१५ ९पन्ध्र वर्षमुनि० फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन समारोहमा भारतसँग भिडने भएको छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ भने १० गते बङ्गलादेशसँग र १२ गते भूटानसँग खेल्नेछ । यसअघि नेपालमा नै सम्पन्न अघिल्लो श्रृङ्खलाको साफ च्यापियनशिपमा बङ्गलादेश च्याम्पियन बन्दा नेपाल चौथो भएको थियो । उक्त प्रतियोगिताका…

Read More

रुपन्देही : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । आगामी डिसेम्बर महीनाभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भन्नुभयो “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महीनामा ती सबै काम पूरा हुन्छ ।” कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उहाँले विमानस्थललाई आवश्यक…

Read More

काठमाडौँ : श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि ९यू–१९० एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आज बिहीबारदेखि शुरु भएको छ । यो खेल अर्को महिनादेखि सुरु हुँदैछ । काठमाडौँमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरु गरिएको हो । एक महीना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एशिया कपमा स्थान बनाएको थियो । नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने यही साउन २७ गतेदेखि मात्र शुरु हुने नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताउनुभयो । उहाँले एसिसीले साउन २७ गतेदेखि मात्र नेपाली टोलीको औपचारिक प्रशिक्षण शुरु गर्ने स्वीकृति दिएकाले सोही समयमा…

Read More

काठमाडौँ ः सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि समितिको यसअघिका बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले आगामी वर्षदेखि अनुदानको मल बिक्री वितरण गर्ने जिम्मा स्थानीय निकायमार्फत गर्न सकिने बताउनुभयो । युरिया मल प्रतिकेजी रु १४ पर्दा एक बोराको मूल्य ७०० र डिएपी प्रतिकेजी रु ४२ पर्दा एकबोराको मूल्य रु दुई हजार १००…

Read More

काठमाडौं :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साउन २३ गते विहीबार साँझ ४ बजे राष्‍ट्रको नाममा सम्बोधन गर्दैछन । जम्‍मू(कश्‍मीरबाट अनुच्‍छेद ३७० समाप्‍त गरेपछिको यो उनको पहिलो संबोधन हुनेछ । ऑल इंडिया रेडियोले ट्वीट गरेर यससम्बन्धी जानकारी दिएको हो । मोदी हिजो बुधवार नै राष्‍ट्रलाई संबोधन गर्ने तयारीमा थिए । तर बीजेपी नेता एवं पूर्व विदेश मंत्री सुषमा स्‍वराजको निधनका कारण त्यो हुन सकेन । आजको आफनो सम्बोधनमा जम्मू(कश्मीर को विशेष दर्जाको अन्त्य र त्यसलाई दुई केन्द्र शासित क्षेत्रमा विभाजित गर्ने फैसलाबारे बोल्ने सम्भावना रहेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन । प्रधानमन्त्री मोदीले पछिल्लो पटक देशलाई लोकसभा चुनावभन्दा अगाडि २७ मार्चमा…

Read More

काठमाडौं : सिद्धार्थ क्यापिटलको आज बिहीबारदेखि ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ को आइपिओ विक्रिमा आएको छ । १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड इकाई आज साउन २३ देखि बजारमा बिक्री खुला भएको हो । यसमा साउन २७ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भदौ २० गतेसम्म खुला रहने सिद्धार्थ क्यापिटलले जनाएको छ । सिद्धार्थ म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो चौथो म्युचुअल फन्ड हो । अहिले…

Read More

काठमाडौं : सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । आज विहीबार पाँच सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेकोे छ । बुधबार ६९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको मूल्य आज बिहीबार ५०० रुपैयाँले बढेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै छापावाला सुन भने बिहीबार तोलाको ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । एक सातादेखि लगातार बढिरहेको सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो…

Read More