Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं ःएनएमबि म्युचुअल फण्डले आज आइतबार लाभांश घोषणा भएको छ। एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५र०७६ बाट इकाईधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। आजको यो प्रस्तावमा आफूले सञ्चालन गर्ने दुबै सामूहिक लगानी कोषहरु एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ र एनएमबि हाइब्रिड फण्ड एल १ का लगानीकर्ताले पनि लाभांश पाउनेछन । यसैगरि एनएमबि हाइब्रिड फण्ड एल १ को पनि आइतबार सम्पन्न सञ्चालक समिति बैठकले इकाईधनीलाई आर्थिक वर्ष २०७५र०७६ बाट कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। एनएमबि सुलभ…

Read More

काठमाडौं ः स्कूल विभागमा कुरा नमिल्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक फेरि सरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि पनि विवाद टुंग्याउने सम्भावना क्षिण बनेपछि आज आइतबार बस्ने भनिएको बैठक भोली सारिएको छ । स्कूल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद निस्केपछि नेकपाको सचिवालय बैठक पटकपटक स्थगित भइरहेको छ । स्कूल विभाग प्रमुख ईश्वर पोखरेललाई स्वीकार नगर्ने पूर्वमाओवादी पक्षको अडानका कारण सहमति हुनसकेको छैन । पूर्वमाओवादी पक्षले नारायणकाजी श्रेष्ठलाई स्कूल विभाग प्रमुखमा प्रस्ताव गरेको छ । दुई पक्षबाट भिन्नाभिन्नै प्रस्ताव आएपछि निष्कर्षमा पुग्न समस्या भएको एक नेताले बताए ।

Read More

खलङ्गा : कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”, प्रजिअ कार्कीले भन्नुभयो, “ पहिरोको प्रकृति हेर्दा तुरुन्तै पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै समय लाग्ने अवस्था छ ।” पहिरोको स्थिति बुझ्न प्रजिअ कार्कीसहितको टोली र सडक डिभिजन कार्यालयबाट इञ्जिनीयरसहितको टोली त्यसतर्फ गएको छ । कर्णाली राजमार्गअन्तर्गतको कालेखोलामा माथिबाट झरेको…

Read More

डोटी ः छाउपडी प्रथाले वर्षौँदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । छाउपडी प्रथा अन्त्य गर्नका लागि यहाँका स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन् । यसै सिलसिलामा जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महीनावारी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिने भएको छ । उक्त गाउँपालिकाले छाउपडी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई रु तीन हजारदेखि पाँच हजार पुरस्कार दिने नीति पारित गरेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । यति मात्र नभई सो गाउँपालिकाले अबदेखि छाउ अर्थात् महीनावारी बार्नेलाई…

Read More

चितवन ः इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको । दुर्घटनामा पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् । उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । गौरबाट भैँसी लिएर काठमाडौँतर्फ आउँदै गरेको ना७ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना५ख ४८१९ नंको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटना बिहान ४ः४५ बजे भएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा…

Read More

काठमाडौँ: धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए । राष्ट्रिय बाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छोडेर उनी कपलवस्तुतको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमामा केही दिन काम गरे । एजेन्टले भनेअुसार तलब पाइनन् । आस नमरेका कारण काम गरिरहे । जब कम्पनीमा प्रहरीले छापा मा¥यो, उनी छाँगाबाट खसेझै भए । कम्पनीका प्रमुख व्यक्ति पक्राउ परेपछि…

Read More

काठमाडौं  : नेको इन्स्योरेन्सले भदौं १४ गते साधारण सभा बोलाएको छ। लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न इन्स्योरेन्स सञ्चालक समितिको साउन १० गते बसेको ३७३ औं बैठकले भदौं १४ गते २३ औं वार्षिक साधारण सभा बोलाएको हो। साधारण सभाबाट बोनस शेयर १२ प्रतिशत अर्थात १४ करोड ११ लाख ५३ हजार रुपैयाँ र कर प्रयोजनको लागि ०।६३ प्रतिशत अर्थात ७४ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ । इन्स्योरेन्सको हाल चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ कायम छ । बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याइसकेको इन्स्यारेन्सको लाभांश वितरणपछि चुक्ता पूँजी १ अर्ब ३१…

Read More

काठमाडौं ः आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरर्गतको एसियाली छनोट प्रतियोगितामा फाइनल खेलमा नेपालले सिंगापुरसंग ८२ रनले पराजय व्यहोरेको छ । टस जितेर पहिले व्याटिंग गरेको सिंगापुरले नेपालसामु १९२ रनको ठुलो चुनौती पेश गरेको थियो । सिंगापुरको इन्डियन एसोसियसन खेल मैदानमा भएको खेलमा सिंगापुरका लागि डेविड टिमोथीले ४३ बलमा ७७ रनको योगदान गर्दा नेपालसामु ठुलो स्कोर खडा भएको छ। ओपनिङ्गमा आएका आर रोहणले ३३ बलमा ४९ रनको योगदान गरे भने मध्यक्रममा आएका मन्प्रित सिङ्गले २७ बलमा ४२ रनको योगदान रहंदा सिंगापुरले ६ विकेटको क्षेतीमा १९१ रनको बनाएको हो। नेपालका लागि बसन्त रेग्मीले चार ओभरमा ५४ दिएका…

Read More

काठमाडौँ: सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् । सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टी्भित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उनले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका सचिवालयको एक सदस्यका अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम लगायतका शीर्ष नेताहरुसँग परामर्श…

Read More

काठमाडौँ: बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई मन्त्रीसँग बयान लिइसकेको छ भने अर्का तत्कालिन मन्त्रीसँग बयान लिने तर्खर गरिरहेको छ । दुई फरकमन्त्रीबाट तीनपटक निर्णय भएको ललिता निवास जग्गासम्बन्धी विवादमा मन्त्रिपरिषद् नेतृत्व गर्ने तत्काली प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि चाहिँ छानबिन होला कि नहोला ? अहिले धेरैको जिज्ञासा यही छ । तर यो प्रश्नको गुत्थी अर्कै प्रश्नमा अल्झिएको छ । त्यो हो, ललित निवासको जग्गा व्यक्ति र गुठीका नाममा दर्ता गर्ने दुई मन्त्रिपरिषद्को निर्णय नीतिगत हो या होइन ? यो समाचार कन्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

Read More