Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । पौराणिक कथन सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा…
काठमाडौं : सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ। अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेको हो। सशस्त्र प्रहरी बल मुख्यालयबाट अन्नपूर्णलाई प्राप्त विवरणमा सशस्त्रले कुल पाँच सय १६ जनालाई उपराष्ट्रपतिदेखि राजनीतिक कार्यकर्तासम्मको ‘सुरक्षा’ का लागि परिचालन गरेको छ। नेताकार्यकर्ताका घरायसी कामका लागि फौज पठाएर सशस्त्रल नेतृत्वले संगठनको मर्म र उद्देश्यविपरीत काम गरेको देखिएको छ। कुनै पनि व्यक्तिलाई सुरक्षा ‘थ्रेट’ भएमा गृह मन्त्रालयले विश्लेषण गरेर सुरक्षाकर्मी उपलब्ध गराउने प्रावधान छ। त्यसबाहेक गृहले नीति बनाएर पनि विभिन्न ‘अति विशिष्ट’ र ‘विशिष्ट’ व्यक्तिलाई सुरक्षा दिने गर्छ। तर सशस्त्रले नेता,…
काठमाडौँ:विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढङ्गबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ । गत वर्ष वार्षिक रु एक अर्बको जनै आयात गरिएको समाचार सार्वजनिक भएपछि रैथाने चीजबीजको संरक्षणमा जुटेको जरोकिलो प्रतिष्ठानको अग्रसरतामा परम्परागत तरिकाले जनै बनाउने तालीम दिइएको थियो । विदेशबाट आयात गरिने जनै यन्त्रमा बन्ने भएकाले संस्कृति संरक्षण नहुने भएकाले मौलिक विधिलाई संरक्षण गर्न दुई जना प्रशिक्षकबाट तालीम दिइएको प्रतिष्ठानका सदस्य सुशील गौतमले राससलाई जानकारी दिनुभयो । परम्परागत तरिकाबाट जनै बनाउँदा काठको यन्त्र र कतुवाको प्रयोग गरिन्छ । परम्परागत विधिबाट जनै बनाउन समय लाग्ने भएकाले एकप्रतिको रु १५ मा बेच्ने गरिएको उहाँले बताउनुभयो ।…
काठमाडौं: सरकारले दूधको नयाँ मूल्य निर्धारण गर्न कार्यदल गठन गरेको छ । कृषक र व्यवसायीको दवावपछि दूधको मूल्य बढाउने निश्कर्षमा पुगेको सरकारले त्यसबारे अध्ययन गरी सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको हो । बुधबार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदललाई दूधको नयाँ मूल्य सिफारिस गर्ने विषयमा विभिन्न नौ कार्यदेश दिइएको छ । गठित समितिले मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावजस्ता ९ विषयको अध्ययन तथा विश्लेषणबाट बढाउनुपर्ने मूल्य निर्धारण गर्नुपर्ने कृषि मन्त्रालयले…
काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मिडिया काउन्सिल विधेयकका संशोधन गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको ‘राष्ट्रियसभा र सञ्चार क्षेत्रको भूमिका’का विषयको अन्तरसंवादमा उहाँले विधेयकमा सम्बन्धमा सञ्चार क्षेत्रबाट नै विरोध भएकोले दलहरुबीच संशोधन गरेर अघि बढ्ने सहमति भएको बताउनुभयो । महासङ्घ सबैको पत्रकारको साझा संस्था भएकोले महासङ्घका सुझावलाई विधेयकमा समेटिने भन्दै उहाँले राष्ट्रियसभाले सञ्चार क्षेत्रसँग गरेको अपेक्षाबारे प्रष्ट पार्दै सत्यतथ्य समाचार प्रवाह गर्ने दायित्वबारे सचेत रहनसमेत आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले विधेयकबारे सरोकारवालाको सुझावलाई छलफलमा लैजाने भन्दै संविधानको मूलमर्म विपरीत कुनै पनि कानून नबन्ने बताउनुभयो । राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी…
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवको एक महीनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्धारा आज यहाँ आयोजित “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका” विषयक अन्तक्र्रियामा मन्त्री भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई ट्राफिकिङ’ लगायतका समस्यालाई अझै व्यवस्थित ढङ्गबाट समाधान गरी समग्र सुधार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले विमानस्थलको सुधार, भूकम्पबाट भत्किएका सम्पदाको पुनःसंंरचना लगायतका कामलाई सरकारले तीव्रता दिएको छ, पर्यटन वर्षलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछु ।” मन्त्री भट्टराईले सगरमाथामा फोहरका कारण जाम…
काठमाडौँ : नेपाल राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित गर्न र विभिन्न कोणबाट आएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा ऐनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखको उमेरहद सम्बन्धी विषयअघि सारिएको जानकारी दिएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले ९२ प्रतिशत निक्षेप कर्ताको भावनालाई सम्बोधन गर्न बंैक तथा वित्तीय संस्थाका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको योग्यता र सेवा अवधिकाबारे निर्णय लिएको जानकारी दिए । राष्ट्रबंैकलाई बंैक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्यतालगायत आधार तोक्ने, नियमन र सुपरिवेक्षण अधिकार रहेको बताउँदै उनले निजामती, स्वास्थ्य, न्याय, संवैधानिक आयोगको पदाधिकारीको सेवाअवधि र…
काठमाडौँ:खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई तीव्रता दिन मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिएका छन् । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितका अधिकारीलाई मन्त्री मगरले आयोजनास्थलमै खटिएर निर्धारित समयमै काम सक्न निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । मेलम्ची आयोजनाको काम छाडेर हिँडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी भुक्तानी पाउन स्थानीय ठेकेदारले दाबी गरेको रकमका सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ । आयोजनाका प्रमुख कँडेलले ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको बैठकमा जानकारी दिएका थिए।
काठमाडौं : राजधानीको सानो भ¥याङस्थित एक होटलमा प्याकेटको जगदम्बा दूध उमाल्ने वित्तिकै रंग परिवर्तन भएको छ ।भक्तपुरस्थित जगदम्बा डेरी फुड एण्ड वेभरेज प्राइभेट लिमिटेड नामक कम्पनीबाट उत्पादित दूध उमाल्दा रंग परिवर्तन भएको हो । सफा भाँडामा सेतो दूध उमाल्दा रातो भएको होटल सन्चालक कमला शाक्यले बताइन । सोही विषयमा सम्बन्धित दूध उत्पादक कम्पनीका सुपरभाइजर राकेश बस्नेतलाई सोध्दा प्रशोधित दूध मा त्यस्तो समस्या नभएको दाबी गरे । उनले दुध उमाल्ने भाँडा नै फोहोर भएको अथवा दुधको एक्पायर डेट गुज्रिएको वा दुध स्टोर गरिएको तापक्रम नमिलेका कारण पनि दुध उमाल्ने वित्तिकै रंग फेरिएको हुन सक्ने अनुमान लगाए ।…
काठमाडौं : बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गर्न अर्थसमितिले एक उपसमिति गठन गरेको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा सरोकारवालासंगको छलफलपछि अर्थसमिति सदस्य रामकुमारी झाक्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो। समितिले बैंकलाई ब्रोकर लाइसेन्स दिंदा भित्रि कारोबार हुन सक्ने सम्भावनाबारे अध्ययन गरि अर्थसमितिलाई प्रतिबेदन बुझाउनेछ। उपसमितिले पेश गरेको प्रतिबेदनको आधारमा बैंकलाई ब्रोकर लाइसेन्स दिने नदिने निर्णय हुने भएकाले बैंकलाई ब्रोकर लाइसेन्सको बिषय अन्यौल बनेको छ। उप समितिलाई मुद्रा र पुंजीबजारको समस्याको अध्ययन गरि २ महिनाभित्र प्रतिबेदन समितिमा पेश गर्नुपर्ने सीमा तोकिएको छ । त्यस्तै उपसमितिले नेपाल राष्ट्र बैंकले लागू गरेको स्प्रेड दर र बैंक वित्तीय…