Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिदै गएको छ । साउँदी अरब, संयुक्त अबर इमिरेट्न (यूएई) आमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको हो । आर्थिक वर्ष २०७५/७६ मा विदेश जाने नेपाली कामदारको संख्या १६।९५ प्रतिशतले कम भएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अपेक्षाअनुसार बढ्न नसक्दा ती देशले ठूल्ठूला नयाँ आयोजना सञ्चालन गर्न सकेका छैनन् । दक्ष जनशक्ति चाहिने र सहज हुने प्रकृतिका क्षेत्रमा आफ्नै नागरिकलाई रोजगार दिने नीति उनीहरुले लिएका छन् । केही वर्षअघिसम्म खाडी मुलुकले नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट बढी कामदार…
काठमाडौं : एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाले पार्टी एकताका सम्पूर्ण प्रक्रियामा समझदारी जुटाएको छ। दुई अध्यक्षबीच आइतबारयता लगातार भएको छलफलले जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभागमा भागबन्डालगायत सबै प्रक्रियामा समझदारी जुटाएको हो। अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलको समेत सहभागितामा एकताका बाँकी काममा समझदारी बनाएका हुन्। एकतालाई पूर्णता भने साउन ५ गते बस्ने सचिवालय बैठकले दिनेछ। अध्यक्षद्वयले यो प्रक्रिया टुंगोमा पु¥याउन वरिष्ठ नेता माधव नेपालसँग पनि छुट्टै परामर्श गरेका थिए। जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभाग गठनलगायत सबै प्रक्रिया टुंगो लागेको महासचिव विष्णु पौडेलले…
काठमाडौँ: अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ। मङ्गलबार दिउँसोसम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी ३२ बेपत्ता र ४० घाइते छन्। तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ। पीडितलाई राहत वितरणको काम पनि सुरू गरेको जनाइएको छ।
काठमाडौं: बाढीका कारण विद्युतको माग घटेपछि नेपालले दैनिक विजुली भारत निर्यात गर्न थालेको छ। पछिल्लो एक साताको अवधिमा नेपालले दैनिक डेढ सय मेगावाटको हाराहारीमा विजुली भारत निर्यात गर्दै आएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जानकारी दिए। मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले भने, ‘यही असार २७, २८ र २९ गते दैनिक १५० मेगावाट विद्युत् भारत पठाइएको छ ।’ मन्त्री पुनले असार ३० गते रातिमात्रै २०० मेगावाट विद्युत् भारत पठाइएको जानकारी दिए । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता र इनर्जी बैंकिङको अवधारणानुसार नै यहाँ बढी भएको विद्युत् भारत पठाइएको उनको भनाइ छ ।…
काठमाडौं: छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन गर्ने मूल लक्ष्यसहित ‘न्यायपालिकाको चौंथो पञ्चवर्षीय रणनीतिक योजना’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंका एक कार्यक्रमकाबीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सो रणनीतिक योजना सार्वजनिक गरेका छन् । समग्र न्यायपालिकाको सुधारका लागि ५ वर्षे रणनीतिसहित तय गरिएको सो रणनीतिक योजना श्रावण १ गतेबाट लागू हुँदैछ । न्यायपालिकाको कामकारबाही छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन, आम जनतामा न्यायमा पहुँच, न्यायिक सुशासन, ब्यवस्थापन तथा न्यायपालिकाप्रतिको जनआस्था बृद्धि गर्ने सम्मको लक्ष्य राखेर रणनीतिक योजना सार्वजनिक गरिएको सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रधानन्यायाधिश जबराले स्वतन्त्र, निष्पक्ष, सक्षम र प्रभावकारी…
काठमाडौँ: पछिल्लो साता काठमाडौंमा तरकारीको मूल्य अत्यधिक बढेको छ । केहिदिनदेखिको लगातार वर्षा र बाढीको कारण तरकारीको आपूर्ति कम हुँदा तरकारीको मूल्य बढेको कालिमाटी फलफुल तथा तरकारी बजारका व्यापारी भगवान चन्द्र उप्रेतीले बताए । उनका अनुसार वर्षका कारण देशका विभिन्न भागमा वर्षा र बढीको कारण तरकारी खेति नस्ट हुन गई उत्पादन कम भएको छ भने धेरै ठाउमा बाटो बन्द हुँदा उप्त्पादित तरकारी समेत ल्याउन नसक्दा तरकारीको आपूर्ति कम भएको छ । हरियो तरकारी जस्तै भिण्डी, घिउ सिमी, गाजर, गोलभेडा लगायतको मूल्य आकासिएको छ । भिण्डीको प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको छ भने घिउँसिमीको मूल्य प्रति किलो…
काठमाडौँ: नेपाल राष्ट्र बैँकले आषाढ मसान्तभित्रमावाणिज्य बैँकलाईबुझाउनु पर्ने व्याज र साँवाबुझाउने समय एक महिनाथप गरेकोमा नेपाल उद्योग परिसंघले सह्राहना गरेको छ । नेपाल उद्योग परिसंघले आगामी मौद्रिकनीतिको सन्दर्भमा केही समय अघि राष्ट्र बैँक समक्ष प्रस्तुत गरेको सुझावमा तरलता व्यवस्थापनका लागि कर तथा व्याज भुक्तानीको समय फरक–फरक गर्न सुझाव दिएको थियो । उक्त सुझाव प्रस्तुतका क्रममा कर तथा व्याज भुक्तानीको समय फरक–फरक गरी समय बढाउन तत्काललिन कार्यवाहक गभर्नर एवं राष्ट्र बैँकको सकारात्मक धारणा रहेको थियो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले हालै गएको बाढी पहिरोका कारण कर्जाको साँवा र ब्याज तिर्ने समय १५ दिन थप गरिदिएको छ । यसबाट ऋणीलाई केही सहज हुने भएको छ । यसअघि आर्थिक वर्ष समाप्त भएको १५ दिन (साउन १५ गतेसम्म) भित्र तिर्दा हुने व्यवस्था थियो । अब १५ दिन समय थपेपछि साउन महिना सम्म समय पाइने भएको छ । यसअघि बैंकहरुले साउन १५ सम्म कर्जा असुली नभएमा केन्द्रीय बैंकको प्रावधान बमोजिम नियामकीय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो । यसबाट बैंक तथा वित्तीय संस्था र ऋणी दुवैलाई राहत पुग्ने भएको छ ।
काठमाडौँ: देवः विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आजदेखि विधिवत एकिकृत बैकिङ्ग कारोबार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले एकिकृत बैकिङ्ग कारोबारको उद्घाटन गरेका हुन् । यही आषाढ १२ गते बसेको दुवै बैंकको वार्षिक साधारण सभाबाट १ः१ को स्वाप रेसियोमा प्राप्ति प्रक्रियालाई सर्वसम्मतीबाट पारित गरिएको हो । वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति संगै देवः विकास बैंकको चुक्ता पूँजी ३ अर्ब १८ करोड पुगेको छ, जुन विकास बैंकहरु मध्येमा सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृतविजय बहादुर श्रेष्ठले बताए । एकिकृत बैकिङ्ग कारोबार पश्चात् निक्षेप रकम २२ अर्व…
काठमाडौं: केहि दिनदेखिको निरन्तर वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार दिउँसोसम्म बाढी र पहिरोमा परेर २६ महिला र ४१ पुरूषको मृत्यु भएको हो । यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन् । १८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढी र पहिरोबाट एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ । बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो । बाढीपहिरोमा…