Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार खड्कालाई पक्राउ गरेको हो। ब्युरोका प्रमुख एआइजी मनोजकुमार केसीले सम्पत्ति शुद्धीकरण अन्तर्गत अनुसन्धान गर्न पूर्वमन्त्री खड्कालाई पक्राउ गरिएको पुष्टि गरे। भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घर जलाइदिएका थिए। उनको घरबाट लाखौं रूपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडिओ पनि त्यतिबेला सार्वजनिक भएको थियो। त्यसबारे अनुसन्धान गर्न खड्कालाई पक्राउ गरिएको एआइजी केसीले जानकारी दिए।

Read More

काठमाडौँ: सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । २०८२ फागुन २१ गते सम्पन्न आमनिर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण अभिभारा सुम्पेकोमा सरकार सम्पूर्ण नेपाली जनतामा हार्दिक…

Read More

काठमाडौँ: जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगिएकाे छ। शनिबार बिहानै गुन्डुस्थित निवासबाटै गिरफ्तार गरिएका एमाले अध्यक्ष ओलीलाई मेडिकल चेकजाँचका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरबाट टिचिङ अस्पताल पुर्‍याइएको हो। कानुनी प्रक्रिया मिलाउन काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल काठमाडौँ प्रहरी परिसर पुगेका थिए।

Read More

काठमाडौं । बालेन सरकार गठन भएको २४ घण्टा पनि नबित्त्दै, गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री वालेन्द्र शाहको अनुमतिमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्न कहिँ कतै एक रत्ति अनकनाएनन्। बरु उनले रातभर प्रहरी प्रमुख दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुक राजु अर्यालाई अगाडी राहेखर छलफल गरे भने कानुन सचिव परास्वर ढुंगानालाई समेत शुक्रबार रातभर काममा लगाए। फलस्वरुप, गृहमन्त्री गुरुङले शनिबार बिहानै काठमाडौँ अपराध महाशाखाको टोलि तयार गर्न लगाएर आइजीपी कार्कीको निर्देशन अनुरुप एक हुल प्रहरी दस्ता लिएर ओली निवास गुन्डु पुग्यो। पक्राउ परेको केही मिनेटमै गृहमन्त्री गुरुङले आफ्नो सामाजिक…

Read More

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन् । शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताएका हुन्। उनले भने,’राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरेको छ । यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु ।’ मन्त्रिपरिषद्को निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकको टिप्पणी छ । ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा,’ उनले भने ।

Read More

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो ।सचिव महेश बस्नेतले अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिए । बालेन्द्र सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै उनले एमालेले संघर्षका कार्यक्रम थाल्ने र अबको योजनबारे निर्णय लिन बैठक बोलाइएको बताए । प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि ओलीलाई आज बिहानै गुण्डुबाट गिरफ्तार गरेको छ ।

Read More

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न एमालेले आजैदेखि आन्दोलन थाल्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले प्रदर्शनको कार्यक्रमबारे केही समयमा जानकारी गराउने जानकारी गराएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको उनको जिकिर छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको उनको भनाइ छ । ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छु’ बस्नेले भनेका छन् ।…

Read More

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् । ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’ उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् ।

Read More

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परिसर लगेको छ । आज बिहान उनलाई गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिसकेको छ। भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो । आफूलाई पक्राउ…

Read More

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनका अनुसार, लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइँदैछ । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट केहीबेर अघि प्रहरीले पक्राउ गरेको थियो । ‘उहाँलाई हामी परिसर ल्याउँदैछौं,’ ती प्रहरी अधिकारीले भने । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेका थिए।

Read More