Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पोखरा : पोखरामा चोरीको घटना बढ्दै गएका छन्। चोरबाट सबैभन्दा असुरक्षित पोखरा महानगरपालिकाका वडा कार्यालय भएका छन्। गत जेठ १२ गते पोखरा महानगरपालिकाका वडा नम्बर १२ को वडा कार्यालय फोडेर सुरु भएको कम्प्युटर चोरीको श्रृखला मंगलबार ११ औं श्रृंखलाको रुपमा पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामको कार्यालय चोरी भएको हो। वडा कार्यालयको राजश्व शाखाको कोठा फोडी दुई वटा कम्प्युटर चोरी भएको वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले बताए। राति सवा १२ बजेतिर मास्क लगाएर अनुहार छोपेको मान्छेले चोरेको सीसी क्यामेरामा रेकर्ड रहेको उनले सुनाए। सीसी क्यामेराको रेकर्ड प्रहरीलाई बुझाइएको पनि उनले बताए। चोरले राजश्व शाखाको सीसी क्यामेरा पनि झिकेर…

Read More

काठमाडौं: नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन्। दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन्। दाहालले केहि दिनयता नेताहरूलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन्। ‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ। पार्टी नेताहरूसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ दाहालको निजी सचिवालयका एक सदस्यले भने, ‘छलफलका लागि आवश्यक ठानिएका सचिवालय र स्थायी समितिका सदस्यहरूलाई बोलाएर कुराकानी गरिरहनुभएको छ।’ दाहालले बुधबार वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग झन्डै तीन घन्टा खुमलटारमा छलफल गरे। दुई नेताबीच कार्यविभाजन, एकता प्रक्रिया, राजनीतिक परिदृश्य र पार्टी कार्यक्रममा केन्द्रित रहेर…

Read More

काठमाडौं: आगलागीका कारण सुबिसुको केवल(क्लियर) टिभी देशव्यापी रुपमा अवरुद्ध भएको छ।बालुवाटार चोकमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा बुधबार दिउँसो आगलागी भएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधिर पराजुलीले आगलागीका कारण देशब्यापी रुपमै केवल टिभी अवरुद्ध भएको बताए।‘आगलागीका कारण केवल टिभी भने अवरुद्ध भएको छ। इन्टरनेट भने केही स्थानमा अवरुद्ध भएको छ। हाम्रो टीमले प्राविधिक रुपमा हेरिरहेको छ’ उनले बिजमाण्डूसँग भने,’आगलागीबाट भएको क्षति बारे अध्ययन भइरहेको छ।अहिलेसम्म हामीले पनि पूर्ण रुपमा सामानको क्षति यकिन गरिसकेका छैनौ।’ उनका अनुसार इन्टरनेटको भने ९० प्रतिशत समस्या समाधान भइसकेको र वालुवाटार क्षेत्रमा मात्रै समस्या बाँकी छ। पराजुलीले वालुवाटार क्षेत्रमा पनि विहिबारसम्म इन्टरनेट…

Read More

काठमाडौँ: कृषि विकास बैंकको अहिलेको वित्तीय अवस्था अत्यन्त सबल र उत्साहप्रद रहेको छ। गत आर्थिक वर्षको अन्तिम सम्ममा बैंकको निक्षेप करिब रु. १ खर्व १९ अर्व तथा कर्जा लगानी १ खर्ब १० अर्ब पुगेको छ । सोही अवधिमा बैंकको पुँजी कोष २०.३३ प्रतिशत, निस्क्रिय कर्जा २.९ प्रतिशत, इक्विटीमा प्रतिफल १७.३५ प्रतिशत तथा प्रतिसेयर आम्दानी करिब ४४.६६ रहेको छ । निरन्तर रुपमा प्रतिस्पर्धात्मक प्रतिफल प्रदान गर्दै आएको बैंकले सेयरधनीलाई आगामी दिनहरुमा आकर्षण प्रतिफल दिन लागि परेको बैंकका प्रमुख कार्यकारी आधिकृत अनिल उपाध्यायले बताए । बैंकले आर्थिक वर्ष ०७५।७६ मा कर पछिको खुद नाफा ४ अर्व ३५ करोड आर्जन…

Read More

काठमाडौं : अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई भारित औसत विधिबाट पुँजीगत लाभकर गणना विधिको समस्या ३ दिनभित्र समाधान गर्न लिखित निर्देशन दिएको छ । अर्थ मन्त्रालयले मंगलबार बोर्डलाई यस्तो निर्देशन दिएको हो । मंगलबार अर्थ मन्त्रालयले धितोपत्र बोर्ड सहितका निकायलाई बोलाएर छलफल समेत गरेको थियो । अर्थ मन्त्रालयको निर्देशनपछि अब बोर्ड यो समस्याको समाधान निकाल्न बाध्य हुने भएको छ । यसअघि बोर्डले कर निर्धारण सम्बन्धी काम आफ्नो नभएको भन्दै पन्छिंदै आएको थियो । यसअघि अर्थ मन्त्रालयमा धितोपत्र बोर्ड, नेप्से, सीडीएस तथा लगानीकर्ताहरुबीच भएको संयुक्त बैठकमा पनि धितोपत्र बोर्डले यो समस्या समाधान गर्ने सहमति भएको थियो । त्यतिबेला बोर्डको सञ्चालक समिति बैठक…

Read More

काठमाडौं : सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला ६९ हजार ५०० रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा यस दिन भाउ १५ सय रुपैयाँले वृद्धि भएको हो । यो अहिलेसम्मकै उच्च मूल्य पनि हो । यसअघि मंगलबार पनि सुनको भाउ २ सय रुपैयाँले बढेर प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ चुलिएसँगै नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा तेजाबी सुन पनि प्रतितोला ६९ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ८ सय १०…

Read More

काबुल: अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतङ्ककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा ९५ व्यक्ति घाइते भएका छन् । यस भीषण कारबम आक्रमणपछि राजधानी काबुलको पश्चिमी भाग धुवाँले भरिएको जनाइएको छ । अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानको अगाडी अमेरिका र तालिाबानबीच शान्ती सम्झौता हुने आशा गरिएको यस अवस्थामा पुनः भीषण कारबम विस्फोट गराइएको छ । पश्चिम काबुलमा रहेको एक प्रहरी स्टेशनको प्रवेशद्धारमा स्थानीय समयानुसार बिहान ९ बजे सो विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नुरात रहिमीले बताउनु भएको छ । यस आक्रमण्मा परी घाइते भएका ९५ व्यक्तिमा प्रायः सर्वसाधारण रहेका छन् । यसमा पनि…

Read More

भक्तपुर: सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल जोड्ने उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको हो । पुलको लम्बाइ २२५ मिटर रहेको छ । यस क्षेत्रबाट सिङ्गो उपत्यका तथा करीब २२ वटा हिमाल हेर्न सकिने भएकाले देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास गरिएको छ । पुल निर्माणपछि कैलाशनाथ महादेवको मन्दिरमा आउने भक्तजनलाई सहज हुनेछ । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उक्त झोलुङ्गे पुलको आज शिलान्यास गर्दै भक्तपुरमा अब…

Read More

चितवन: पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको छ । सोही आधारमा अनुसन्धान भइरहेको मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार निज पुडासैनीको साथबाट डिप्रेशनको औषधिसमेत फेला परेको छ । विगत केही समययता उनले औषधिसमेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेर्नुभएका नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ का…

Read More

काठमाडौँ: काठमाडौँको बालुवाटारस्थित चिनियाँ दूतावास नजिक आगलागी भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आज अपराह्न आगलागी भएको जानकारी दिनुभयो । “ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ”, उहाँले भन्नुभयो । ग्यास नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगिसकेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

Read More