Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : लोकसेवा आयोगको पछिल्लो विज्ञापनका विषयमा सांसदहरुले राष्ट्रियसभाको आजको बैठकमा सरकारको स्पष्ट धारणा माग गरेका छन । आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो । त्यसपछि संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल सो विज्ञापन भएको भन्दै आदिवासी जनजाति र दलितका युवाहरुले आन्दोलन गर्दै आएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद खेमकुमार विश्वकर्माले संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत प्रकाशन गरिएको आयोगको विज्ञापन रद्द गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “लोकसेवाले प्रकाशन…

Read More

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई चाहिने जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयले पटकपटक निर्देशन दिँदा पनि स्थानीय तहले रिक्त स्थानमा आवश्यक पर्ने जनप्रतिनिधिको विवरण नपठाएपछि पुनः भोली बिहीबारसम्ममा विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको हो । निर्वाचन आयोगले मन्त्रालयलाई पत्र पठाउँदै रिक्त जनप्रतिनिधिको विवरण माग गरेपछि मन्त्रालयले स्थानीय तहलाई विवरण पठाउन निर्देशन दिएको मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिए। उनका अनुसार मन्त्रालयले नगरपालिकाका प्रमुख÷उपप्रमुख गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र वडाध्यक्षसम्मको रिक्त विवरण पठाउने निर्देशन दिएको हो । मन्त्रालयले रिक्त पद, कहिलेदेखि रिक्त र रिक्त हुनुको…

Read More

काठमाडौँ : थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडीलाई सहभागिता गराउने निर्णय गरिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले जनाएको छ । नेपालमा नै सम्पन्न भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा विजेता बनेका तीन खेलाडीसहित एक अफिसियललाई थाइल्यान्ड पठाउने निर्णय गरिएको सङ्घले जनाएको छ । त्यसैगरी चीनको होहोट सिटी इन्नटर मङ्गोलियामा हुने ५३औँ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनशिप–२०१९ मा नेपालबाट नौ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । …

Read More

विदुर :करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेका छन् । आफ्नो फार्ममा कुखुरालाई दाना दिने क्रममा त्यहाँ रहेको बिजुलीको तारमा करेन्ट लागेर गम्भीर घाईते भएका भुजेललाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो ।

Read More

हेटौँडा :  हिजो मङ्गलबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा हटिया हुँदै फापरबारी, राइगाउँ पुग्ने धरान चतरा सडकखण्ड अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा मकवानपुरको पूवी क्षेत्रमा चल्ने यातायात बन्द भएका छन् । सडकखण्डअन्तर्गत बकैया–५ श्रीपुरमा पहिरो जाँदा छितवन, फापरबारी, राइगाउँ जाने सडकखण्ड पूर्णरुपमा बन्द भएको हो । दुईदेखि तीन सय मिटरसम्म पहिरो गएकाले बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अनिष बुढाथोकीले जानकारी दिनुभएको छ । सडक अवरुद्ध भएसँगै छतिवन, फापरबारी, राइगाउँ जाने सवारीबीच बाटोमै रोकिएका छन् । पानी परिरहेकाले पहिरो खसिरहेको र पानी रोकिएपछि पहिरो हटाउने प्रहरी जनाएको छ…

Read More

बेइजिङ ः चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना आज बुधबार सार्वजनिक गरेको छ । बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध चेतावनी दिइएको छ । सन् २०१२ यता पहिलो पटक सार्वजनिक गरिएको यस स्वेतपत्रमा विश्वकै सर्वाधिक ठूलो सेना र बेइजिङको सैन्य महत्वाकाँक्षाका बारेमा भने केही उल्लेख छैन । “अन्तर्राष्ट्रिय रणनीतिक प्रतिस्पर्धा बढ्दो छ” भन्दै उक्त दस्तावेजमा संयुक्तराज्य अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा र प्रतिरक्षा रणनीतिलाई समायोजन गरेको तथा “एकपक्षीय नीतिहरु” अनुशरण गरेको उल्लेख छ । संयुक्तराज्य अमेरिकाले “प्रमुख राष्ट्रहरुमाझ प्रतिस्पर्धालाई जबर्जस्ती…

Read More

काठमाडौं ः बारबर्दियाको खुन्तिपुरमा बबई नदीमा पानीको बहाव बढेपछि यसले दुई जनालाई आज बिहान बगाएको छ । नदीमा आएको बाढीले दुई जनालाई ३ किमि टाढासम्म बगाएको थियो । बगाएका दुई जनालाई दक्षिण गुलरिया बालापुरको विपद उद्धार टोलीले जिवितै उद्धार गरेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सन्चालन केन्द्रले जनाएको छ ।

Read More

काठमाडौँ ः सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल बनायो । ८४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रिएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउर्दै लक्ष्य पूरा ग¥यो । वर्षाले प्रभावित भएपछि २० ओभरको खेललाई छोट्टाएर नौ…

Read More

काठमाडौँ: वर्षाका कारण देशभरको हवाइ सेवा प्रभावित भएको छ। काठमाडौं विमानस्थलले दिएको जानकारीअनुसार अहिले देशका विभिन्न विमानस्थलहरु वर्षाका कारण बन्द भएका छन्। अन्तर्राष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडान भने प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव तिवारीले दिएको जानकारीअनुसार अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला,भरतपुर र पोखरालगायतका विमानस्थल बन्द भएका छन्। ‘आज दिनभरि नै पानी पर्छ। बिहीबार अलि कम भए पनि शुक्रबारबाटमात्र मौसममा सुधार हुने देखिन्छ,’ पूर्वानुमान महाशाखाका मौसमविद् वरूण पौडेलले बताए ।

Read More

काठमाडौँ: मंगलबार रातिदेखि देशैभरि पानी परिरहेको छ। मनसुनको न्यून चापीय रेखा तराईनजिकै रहेकाले देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार राति देशको पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २४ घन्टामा १४६ मिलिमिटर पानी परेको छ। अविरल वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ। बुधबार बिहानदेखि ठूलो पानी पर्ने क्रम रोकिएको छ। यता काठमाडौं उपत्यकासहित देशका मध्यक्षेत्रमा भने बुधबार पनि वर्षा जारी छ। अबको २४ घन्टाभित्र देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ। ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट…

Read More