Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: करको दायरा बढ्दै जाँदा काठमाडौँ महानगरपालिकाले विगत वर्षभन्दा दोब्बरभन्दा बढी घरबहाल कर उठाएको छ । गत आवमा सबैभन्दा बढी राजश्व घरबहाल करबापत नै उठाइएको कामपाले जनाएको छ । कामपाले आव २०७५÷७६ मा घरबहाल करबापत रु एक अर्ब ३३ करोड ७७ लाख १२ हजार ६९९ सङ्कलन गरेको छ । आव २०७४÷७५ मा सो शीर्षकमा रु ५६ करोड ३५ लाख आठ हजार २७५ सङ्कलन गरेको थियो । करको दायरा बढेसँगै घरबहाल करबापत उठ्ने राजश्व रकम बढिरहेको कामपा, राजश्व विभागका प्रमुख नुरनिधि न्यौपानेले बताउनुभयो । तीन वर्ष पहिले (आव २०७३÷७४) मा यही शीर्षकमा रु १५ करोड ६९ लाख ५० हजार ८०८ सङ्कलन…
काठमाडौँ: चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ । सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो । सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार कतिपय संरचना हटाउनका लागि विभिन्न निकायसँग सहकार्य हुनेछ । उहाँले भन्नुभयो, “ठेक्का गरेर भएका रूख कटाउनेलगायतका काम शुरु गरिएको छ ।” चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ । चिनियाँको प्रतिवेदन आएपछि नै सडकको…
काठमाडौँ: सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२÷७३ देखि आफ्नो नाफाको यात्रालाई निरन्तरता दिँदै आएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा आव २०७५÷७५ को तुलनामा १४९ प्रतिशतले खुद मुनाफा आर्जन गरेको छ । प्राधिकरणले गत आवमा रु सात अर्ब २० करोड खुद मुनाफा आर्जन गरेको छ । आव २०४७÷७५ मा प्राधिकरणको खुद मुनाफा रु दुई खर्ब ९० करोड रहेको थियो । सुझबुझपूर्ण राजनीतिक नेतृत्व, कुशल तथा सक्षम व्यवस्थापक भएमा…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २३१.०७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.५८ अङ्कले घटेर २६७.१४ मा पुगेको छ । स्टकका अनुसार आज कूल १६५ कम्पनीका १८ लाख ९६ लाख ४५४ कित्ता शेयर रु ४८ करोड १६ लाख २९ हजार ७६० मा खरीद बिक्री भएको छ । कारोवार भएका कूल ११ मध्ये एक उपसमूहको शयेर मात्र बढेको छ । सामूहिक लगानी कोषको शेयर ० मा रहँदा बैंकिङ १.३१, होटल २२.५२, विकास बैंक ७.२४, जलविद्युत् १, वित्त २.३६, निर्जीवन…
काठमाडौँ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक भोली बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक भोली बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो । नेकपामा स्कूल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै…
काठमाडौँ : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुले सुझाव दिनुभएको छ । समितिका सभापति दिलकुमारी रावलले भन्नुभयो, ‘‘पशुपतिका नाममा रहेको चलअचल सम्पत्ति एकीकृत गर्न व्यावहारिक कानूनी समस्या के के छ त्यसको जानकारी पाए सरोकार भएका सबै निकायलाई समितिको बैठकमा डाकी समस्या समाधानमा सहयोग गर्छौँ ।” गुरुयोजना ५० वर्षसम्मका लागि बनाइनुपर्ने सुझाव पनि समितिले दिएको छ । हाल कोषको गुरुयोजना निर्माण भइरहेको छ । काठमाडौँ महानगरपालिका,…
काठमाडौं : सामाजिक संजालमा लामो असहमति व्यक्त गरेपछि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले अचानक भिसा दिएको छ । अमेरिकी राजदूतावासले आज मंगलबार बिहानमात्रै लामिछानेलाई भिसा दिन आनाकानी गर्दै आएको थियो । यसका बारेमा सन्दीपले ट्वीटमा लेखेका थिए, ‘आउँदो क्यारिबियन प्रिमियर लिग (सीपीएल) का लागि आज म नेपालस्थित अमेरिकी राजदूतावासमा गएको थियो। राष्ट्रिय खेलाडीका रुपमा मैले २०१६ देखि विभिन्न विश्वका लिगमा सहभागिता जनाउँदै आएको छु। मेरो भिसा अस्वीकार हुँदा म ठूलो आश्चार्यमा परेको छु । म निःशब्द भए र म हास्दै ती सबैकुरा हेरिरहेको थिए , मैले सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे। खेलाडीका रुपमा यसले मलाई…
बग्दाद : इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी दश जनाको मृत्यु भएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा सोमबार मारिएका ती सबै इस्लामिक स्टेट्स -आइएसका लडाकू रहेका जनाइएको छ । इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकाय -सिटिएसको संयोजनमा अहिले सुरक्षा कारबाही तिब्र पारिएको अधिकारीहरुले जनाएका छन् । आइएस लडाकूहरु लुकेर बसेको सूचनाका आधारमा उनीहरुले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन् । सिटिएसले अतिवादी लडाकूहरु विरुद्ध गरेको कारबाहीका क्रममा उनीहरुमध्ये आठ जनाको मृत्यु भएको वक्तव्यमा उल्लेख गरिएको छ । सुरक्षाकर्मीहरुले अतिवादीहरु विरुद्ध कडारुपमा प्रस्तुत हँुदा सन् २०१७ मा देशको सुरक्षा अवस्था नाटकीय रुपमा…
काठमाडौँ ः काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो । नेपाल भलिबल सङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तान टोलीलाई स्वागत गर्नुभयो । नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ । एभिसी सेन्ट्रल जोनमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यही च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्समा भएको खेलमा…
काठमाडौँ : देशभर चोरीका घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आव २०७५÷७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो । मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेको छ । साधारण चोरीमा दुई हजार १४२ जना विरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, डाँका चोरी १९९, नकबजनी चोरी १५५, सवारी चोरी १२३, चौपाया चोरी ११, पुरातात्विक चोरी चार र रहजनी चोरीमा तीन जना विरुद्ध मुद्दा दायर गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले रातिको समयमा भन्दा दिउँसोको समयमा बढी चोरी हुने गरेको बताउनुहुन्छ । “दिउँसो घरमा कोही…