Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् । आज उनले ट्वीट गर्दै स्वास्थ्य परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभारका साथ आफ्नो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गरी सिंगापुरबाट आजै स्वदेश फर्किएका हुन् । उनले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । उनि स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गरेका थिए ।
काठमार्डौं: कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपााणी खनालले सरकारले छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको बताउँदै ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताए । काठमाडौमा सुरु भएको यशियन कृषि सम्मेलन तथा प्रदशनीको उत्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गरे । मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै यूवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्ने जोड दिए । मन्त्री खनालले २१ देखि ३५ बर्षका यूवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने बताए…
काठमाडौँ : नेपाल टेलिकमले हाल विश्वभरका ८७ मुलुकमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ती देशका १९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी सो सेवा उपलब्ध गराएको हो । तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरिएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो । कम्पनीले गत वैशाख १६ गतेदेखि जिएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि पनि दुई छिमेकी मुलुक चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ । “जिएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको…
काठमाडौँ: सरकारले आगामी १० वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज आयोजित साक्षात्कारमा मन्त्रालय दुई हजार ८०० किलोमिटर रेलमार्ग बनाउने योजनाका साथ लागिपरेको उल्लेख गर्दै आगामी ११ महिनाभित्र काठमाडौँ उपत्यकालाई सुन्दर नगरका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले काँकडभिट्टा–गड्डाचौकी–काठमाडौँ, भैरहवा तथा मुख्यमुख्य शहर जोड्ने रेलसेवा सञ्चालनका लागि डिपिआर तयार भइसकेको र विद्युतीय रेलमार्गको प्रारम्भिक अध्यययनको काम शुरु भइसकेको बताउनुभयो । यस वर्षको गत असार २४ गतेसम्म छ, चार र दुई लेनका ९१५ किलोमिटर सडक निर्माण भएका र २४३ विभिन्न खाले पुल निर्माण कार्य पूरा भएको…
रुकुमपश्चिम: एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्रहरीले एक पशुसेवा प्राविधिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिकाको गोतामकोटमा कार्यरत पशुसेवा प्राविधिक विष्णु खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो । खड्काले आइतबार स्थानीय एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोप छ । उनको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । ती युवतीले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । युवतीको अवस्था खतरामुक्त छ ।
काठमाडौँ : युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज १० युवा प्रतिभालाई सम्मान गरेको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विभिन्न क्षेत्रमा योगदान पु¥याएबापत १० जना युवालाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा विज्ञान प्रविधितर्फ तेह्रथुमका गणेशविक्रम सिंह आले र जुम्लाका यज्ञप्रसाद देवकोटा रहेका छन् । दुबै जनालाई जनही ५० हजार नगद राशिसहित सम्मान गरिएको हो । नेपालमा नै बम डिस्पोजल गर्ने रोबर्ट निर्माण गरेको र विभिन्न किसिमका ड्रोन निर्माण तथा अनुसन्धान गरेको भन्दै उहाँहरुलाई सो सम्मान गरिएको…
काठमाडौं : नेपाल टेलिकमले जिएसएम मोबाइल ग्राहकलाई ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरेको छ । हाल विश्वभरका ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्ने सुविधा दिँदै आएको टेलिकमले तीमध्येका ५३ मुलुकमा यो छुट लागू गरेको हो । कम्पनीले ०७६ बैशाख १६ देखि जिएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ । जिएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको अन्तर्राष्ट्रिय रोमिङ सुविधा पश्चात भारतमा जाँदा नेपाल लगायत जुनसुकै मुलुकबाट आएको आगमन कलको शुल्क…
काठमाडौं ः आज सोमबार बजार बन्द हुनै लाग्दा नेप्से झिनो अंकले बढेको छ । लगातार उतारचढावका बीच नेप्से सूचक ०.१३ अंकले बढेर १२३३.८५ विन्दुमा आइपुगेको छ । १७१ कम्पनीको ३१ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १८ लाख २१ हजार ८२२ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ वटा समूहको सेयर खरिदबिक्री भएकामा ७ वटा समूह माथि लागेका छन् भने बाँकी ५ समूहका सूचक ओरालो लागेको छ । होटेल समूह २०.५९ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहको सूचक ०.४२ अंकले घटेको छ । कारोबार रकममा रसुवागढी हाइड्रोपावर अग्रस्थानमा छ । यसको २ करोड ५९ लाख…
काबुल ः संयुक्त राज्य अमेरिका र तालिबानबीचको वार्ता गएराति सकिएको छ । यी दुई पक्षबीचको यो आठौँ चरणको वार्ता भएको थियो । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद्दीनले कतारको राजधानी दोहामा भएको सो वार्ता गए राति सम्पन्न भएको जानकारी दिए । उनका अनुसार अमेरिकासँगको आठौँ चरणको वार्ता दोहामा गए राति सम्पन्न भएको छ र यस वार्ता सकारात्मक भएको छ । वार्तामा भएका प्रगतिबारे आ–आफ्ना नेताहरुलाई जानकारी गराउने र आगामी प्रक्रियाका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा थप स्पष्ट गरिने सहमति भएको पनि प्रवक्ता मुजाहिद्दीनलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । वार्ता निकै प्रभावकारी भएको छ र यस विषयमा आ–आफ्ना नेतृत्वलाई…
बाजुरा ः साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडक नै कटान गरी भासिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो । शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनौ स्थानमा पहिरो जाँदा सो सडक अवरुद्ध भएपछि बाजुरावासी प्रभावित भएका छन् । गत वर्ष मात्र कालोपत्रको काम सकिएर सो सडक नियमित सञ्चालनमा आएको थियो । कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । यो वर्ष पनि दुई पटक अवरुद्ध बनिसकेको छ । सामान्य पहिरो गएको र पन्छाएपछि पुनः सञ्चालन हुने अवस्था नभएकाले लामो…