Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा साना तथा मझौला उद्योगहरुको अन्तर्राष्ट्रिय संगठन वुस्मेको राजदूतमा नियुक्त भएकी छन् । गत जुन २४ मा बसेको वर्ल्ड यूनियन अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेज (वुस्मे)को बैठकले नेपालका लागि सद्भावना राजदूतमा राणालाई नियुक्त गरेको हो । वुस्मेको विशेष कमिटिले मे २९ मा नेपालका लागि उनलाई राजदूतमा सिफारिस गरेकोमा जुन २४ को बोर्ड बैठकले स्वीकृत गरेको हो । वुस्मे, अन्तर्राष्ट्रीय गैरनाफामूलक संगठन हो । यसले आधुनिक लघु उद्यम र शिल्पको संरक्षण र सम्बद्र्धन गर्दछ । वुज्मेले लघु तथा मझौला उद्योगको माध्यमले देश विकासका लागि ड्राइभिङ बलको रूपमा काम गर्ने र यसबाट समाजको समावेशी…

Read More

रुपन्देही : सिद्धार्थ राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ । मूर्ति तोडफोड घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । उनले रातिको समयमा एकै प्रकृतिले मूर्ति तोडफोड गरेर क्षतविक्षत बनाइएको र यो घटना नियोजित तथा सुनियोजित रुपले भएको आशङ्का गरेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको बताएका छन । प्रदेश…

Read More

महोत्तरी : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन । महोत्तरीको बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास पुगेका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्यकर्तालाई यस्तो आग्रह गरेका हुन । “अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्”, सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, “यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त भई सेवाभावले राहत, उद्धारका काममा लाग्नुहोस् ।” अरु सबै राजनीतिक दल, सरकारी निकाय र दातृ संस्थाबाट पनि आपूmले यस्तै सेवाको अपेक्षा राखेको देउवाको भनाइ छ । पीडितको…

Read More

काठमाडौँ  : बाढी प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरको उद्धारपछि उपचार गरिएको छ । केही दिनदेखि आइरहेको अविरल वर्षा तथा बाढीपछि डुबानमा परेका बस्ती तथा बाढीमा फसेका जनावरको उद्धार गरिएको हो । पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएशनले संयुुक्तरूपमा तराईका रौतहट, बारा तथा सप्तरीमा बाढी तथा डुबानमा परेका पशुपक्षीका साथै जनावरको उपचार गरी पशुमा फैलन सक्ने महामारी नियन्त्रणका लागि आवश्यक खोप लगाइएको छ । स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले प्राकृतिक विपत्तिका समयमा मानवीय सहायताका लगि पहल हुने भए पनि पशुपक्षीको लागि खासै चासो नराखिने भएकाले विभिन्न जिल्लामा पशुपक्षीको उद्धार तथा उपचार…

Read More

काठमाडौँ : साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्ने हजयात्रीलाई गृहमन्त्री रामबहादुर थापाले बिदाइ गरेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरे । आज पहिलो चरणमा उनीहरू हज गर्नका लागि त्यसतर्फ गएका हुन । यसै अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताए । मन्त्री थापाले मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्ने अपेक्षा व्यक्त गरे । हजयात्रीलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईसमेत सहभागी थिए । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका…

Read More

काठमाडौँ: बक्यौता नतिर्ने दूरसञ्चार कम्पनीलाई लाइसेन्स खारेजीको प्रक्रियाबाट बचाउन अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल दूसञ्चार प्राधिकरणले असार मसान्तभित्र बक्यौता नतिरे लाइसेन्स खारेजीको प्रक्रियाबाट जाने भन्दै युनाइटेड टेलिकम लिमिटेडलाई पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको हो । युटिएलले प्राधिकरणलाई करिब ९० करोड रुपैयाँ बुझाउन बाँकी छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मंगलबार गरेको आदेशको पत्र बुधबार दूरसञ्चार प्राधिकरण पुगिसकेको छ । प्राधिकरण सञ्चालक समितिको चैत ११ गतेको बैठकले युटिएललाई बक्यौता तिर्न असार मसान्तको म्याद दिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन ।

Read More

काठमाडौँ: प्रस्तावित ‘विज्ञापन ऐन, २०७६’ लाई लिएर विभिन्न खालको टिकाटिप्पणी भइरहेको अवस्थामा हालै नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले वार्षिक ७० करोड हाराहारीको रकम लैजाने गरेको तथ्य सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालबाट वार्षिक ७० करोड हाराहारीको रकम विदेशी च्यानल सञ्चालकले लैजाने गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । नेपालमा अत्यधिक हेरिने स्टार, सोनी एचडी, जुम, इन्डिया कास्ट, जि टिभी, एच बिओ, एबिओ र युटिभी ग्लोबलजस्ता च्यानलले मात्र यो वर्ष ६० करोड ४५ लाखभन्दा बढी रकम नेपालबाट लगेको तथ्याङमा उल्लेख गरिएको छ । हरेक वर्ष नेपालमा प्रशारण हुने विदेशी च्यानल वितरकहरुले नेपाल सरकारलाई…

Read More

काठमाडौँ: धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ। तर, निष्पक्ष भनिएको छानबिन समिति नै शंकाको घेरामा छ । काउन्सिलका सदस्य डा. ढुण्डीराज पौडेलका अनुसार, काउन्सिलले पीडित पक्षको निवेदनका आधारमा ग्रान्डीसँग असम्बद्ध चिकित्सकहरूको एउटा छानबिन समिति बनाएको छ। ‘समितिले गहिराइमा पुगेर छानबिन गर्दै छ । छानबिनपछि आउने परिणामले दोषीलाई सचेत गराउने, कारबाही गर्ने र निलम्बनसम्म गर्न सक्छ’, पौडेलले नेपाल समाचारपत्रलाई जानकारी गराउँदै भनेका छन्– ‘छानबिनको प्रक्रिया पूरा गर्न केही समय लागे पनि पीडितले न्याय पाउनेमा निश्चिन्त भए…

Read More

काठमाडौँ: सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैँसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १० आना जग्गामा ३३ भवन बनाउन लागेको हो । यही आवास क्षेत्रभित्र राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ । दुई वर्ष्भित्र निर्माण सक्ने तयारी छ । गत १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन विभागले मन्त्रीका लागि २४, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका…

Read More

काठमाडौँ: सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्नका लागि तीन अर्ब रुपैयाँ दिने भएको छ। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र साझा यातायात सहकारी संस्थाबीच विहिबार सम्झौतापत्रमा हस्ताक्षर हुँदैछ। मन्त्राललयका सहसचिव राजेश्वर ज्ञवालीका अनुसार साझा यातायातलाई विद्युतीय बस खरिदका लागि यो रकम दिइएको हो। मन्त्रीपरिषदको बैठकले नै साझा यातायातलाई विद्युतीय बस खरिद गर्नका लागि दिने निर्णय गरेको हो। मन्त्रीपरिषदबाट नै विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने भन्दै तीन सय विद्युतीय बस खरिद गर्ने निर्णय भएको थियो। भौतिकमन्त्री रघुवीर महासेठलाई विद्युतीय बस खरिद गरेर संचालन गर्ने जिम्मेवारी दिएको थियो। मन्त्रालयले अधिकार सम्पन्न यातायात प्राधिकरणमार्फत विद्युतीय बस संचालन गर्ने योजना…

Read More