Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । त्यसैगरी जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटको योजनाकार पनि लामा नै रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो । माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा सो समय बम बनाउने क्रममा विस्फोट भई घाइते भएका थिए । उनी २०६४ को…
काठमाडौँ: कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनियर १५ लाख घूससहित पक्राउ परेका छन्। शनिबार बर्दियाको गेरुवा गाउँपालिकाबाट गाडीमा सवार इञ्जिनियरहरू कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। ‘उनीहरूलाई घूससहित पक्राउ गरिएको हो’, उनले भने, ‘ विकास निर्माण भुक्तानीको विषयमा घूस लिएको भन्ने बुझिएको छ, अनुसन्धान हुँदैछ।’ पक्राउ परेकामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
काठमाडौं : आर्थिक वर्ष २०७५।७६ को ११ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १७.५% ले वृद्धि भएर ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स ७.३% ले मात्र बढेको थियो । यसैगरी, खुद ट्रान्सफर आय १६.६% ले वृद्धि भएर ९ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१% ले मात्र बढेको थियो । यता, वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने गिरावट आएको छ । ११ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३७.३% ले घटेको हो । अघिल्लो वर्ष यस्तो संख्या ८.२% ले…
काठमाडौँ: देशभर लगभग ४० दशमलब ४६ प्रतिशत खेतमा धान रोपाई भएको छ । कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार हालसम्म ५ लाख ५४ हजार हेक्टर जमिनमा रोपाई भएको जनाएको छ । नेपालमा १३ लाख ७१ हजार हेक्टर जमिनमा धन खेति हुनेगरेको छ । ढिलो र कमजोर मनसुनले गर्दा गत वर्षको तुलनामा यस वर्ष झण्डै २३ प्रतिशतले रोपाई कम भएको कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ । जसमध्ये उच्च पहाडमा गतवर्ष ६६.२२ हुदा यस वर्ष ५१.८१, मध्य पहाडमा गतवर्ष ६७.०४ हुदा यसवर्ष ५३.९६ तथा तराईका जिल्लाहरुमा गतवर्ष ६२.६५ प्रतिशत हुदा यसवर्ष ३५.१२ प्रतिशत मात्रै रोपाई भएको छ । हालसम्म…
काठमाडौं : अख्तियारले स्थापनाको २९ वर्ष अवधिमा गत आवमा सर्वाधिक मुद्दा दर्ता गरी इतिहासै रचेको छ। पछिल्लो वर्ष ३ सय ५१ मुद्दा विशेष अदालतमा दर्ता भए। औसतमा प्रतिकार्य दिन १.१९ वटा मुद्दा विशेषमा दर्ता गरिएको अख्तियारको प्रगति विवरणले देखाएको छ। अख्तियार कार्यालय एक वर्षमा २ सय ९४ दिन खुल्यो। २०७५/७६ मा प्रत्येक दिन कम्तीमा एक मुद्दा दर्ता गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए। उनका अनुसार २०४७ मा आयोग स्थापना भएयता यो सबैभन्दा बढी मुद्दा दर्ता हो। मुद्दा संख्यात्मक मात्र नभई गुणात्मक रूपमा वृद्धि भएको दाबी उनले गरे। भ्रष्टाचारका सम्भाव्य सबै क्षेत्रलाई अनुसन्धानको दायरामा ल्याइएको उनले बताए।…
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् । आयोगका पूर्वकर्मचारीसमेत रहेका ६७ वर्षीय पाण्डे बिहीबार साँझ त्रिपुरेश्वरस्थित एक भवनको ६ तलामाथिबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी कानुन व्यवसायीलाई भेट्न उक्त भवनमा सञ्चालित ल फर्ममा पुगेका थिए । त्यही भवनबाट हामफालेर आत्महत्या गरेको हुन सक्ने महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले बताए । परीक्षार्थीको नम्बर थपघट गरेर नतिजा फेरबदल गराएको आरोपमा अख्तियारले उनीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । सेवा आयोगको विज्ञापन नम्बर १८र०७३र०७४ अन्तर्गतको मुख्य कार्यालय सहायक पदको…
काठमाडौं : देशभरका कुल ७५३ वटा स्थानीय तहमध्ये ७३० वटामा वाणिज्य बैंकका शाखा पुगेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार अझै २३ वटा स्थानीय तहमा कुनै पनि वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । जसमा सबैभन्दा धेरै कर्णाली प्रदेशको १० वटा स्थानीय निकायमा बैंक पुग्न सकेका छैनन् । कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय निकाय रहेका छन् । प्रदेश ५ का सबै स्थानीय निकायमा वाणिज्य बैंकको पहुँच यता, प्रदेश ५ को सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न सफल भएको छ । प्रदेश ५ मा स्थानीय तहको संख्या १०९ रहेको छ । त्यसैगरी, प्रदेश नं १ को १३७…
काठमाडौँ: नेपालको कुल आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। निर्यात भने जम्मा ८७ अर्ब ८३ करोड रुपैयाँमा सिमित भएको छ। निर्यातको तुलनामा उच्च आयात भएका कारण कुल ब्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। ब्यापार घाटा उच्च दरले बढेका कारण चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष चालु खाता घाटा २ खर्ब १० अर्ब २४ करोड रुपैयाँ थियो। शोधनान्तर घाटा ९० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष घाटा ४ अर्ब ३४ करोड रुपैयाँ मात्र थियो। …
भक्तपुर : भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ । तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
मोरङ : रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ११ जनाको उद्धार गरिएको छ । मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने २६ वर्षीय करन लिम्बु सहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार गरेको हो । उनीहरुलाई भारततर्फ लैजाने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका ७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा विभिन्न प्रलोभनमा पारी केही व्यक्तिहरूलाई भारततर्फ लाँदै गरेको भन्ने सुराकीका आधारमा त्यहाँ खटिएको प्रहरीले उनीहरुको उद्दार गरी अभियुक्तहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप…