Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भक्तपुर : सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ । सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिएका छन । पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उनले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने बताए ।
हेटौँडा : ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । पानी पर्ने क्रम जारी नै रहेकाले सजगतासहित बाटो सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । ‘‘फेरि पनि पहिरो जान सक्छ, हामीले त्यसका लागि पनि सावधानी अपनाएका छौँ, त्यसका लागि केही डोजर तयारी अवस्थामा छन्’’, उनले भने । पहिरोका…
काठमाडौंः एनएमबी क्यापिटलले प्रबर्द्धन गरेको ‘एमएनबी ५०’ ले अर्को सातादेखि आवेदन खोल्दै छ । आउने १३ गतेबाट इकाई निष्कासन गर्ने संस्थाले जनाएको छ। ‘एमएनबी ५०’ ले एक अर्ब २० करोड रुपैयाँको इकाइ निष्काशन गर्ने भएको हो। यो भनेको १० करोड २० लाख इकाइ हो। कम्पनीका इकाइ साउन १६ गतेसम्म खरीद गर्न पाइन्छ। त्यतिन्जेल निष्काशन अनुसार माग नआए कम्पनीले भदौ १० गतेसम्म बिक्रीमा राख्ने छ। एनएमबी क्यापिटलको यो बन्दमूखि इकाइ हो। सर्वसाधारणले प्रति इकाइ १० रुपैयाँमा कम्तीमा १०० इकाइका लागि आवेदन दिन पाउँछन । यसको अवधि सात बर्षको हुने छ। हाल एनएमबी हाइब्रिड फण्ड र एनएमबी सुलभ…
चितवन : सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले पत्रकार सम्मेलन गर्दै दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको सो अवसरमा जानकारी दिइयो । प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले निर्माणको काम अन्तिम चरणमा पुुगिसकेकाले दुई महीनापछि अर्थात् दशैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताए । भरतपुर महानगरपालिका– १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको…
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको आइपिओ आइतबार बन्द हुँदैछ । यस संस्थाले बिक्रीमा ल्याएको ५ लााख ३० हजार कित्ता आईपीओमा आवेदन गर्र्ने आज अन्तिम दिन हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेपछि आज आइतबारदेखि नै आईपीओ बन्द गर्न लागिएको हो। बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको अनुसार आइतबार बिहान साढे १० बजेसम्ममा कम्पनीको आईपीओमा २ लाख ६५ हजार ५८५ वटा आवेदन मार्फत ४९ करोड ३५ लाख ४९ हजार रुपैयाँ बराबरको ४९ लाख ३५ हजार ४९० कित्ता शेयर खरिदको लागिआवेदन परेको छ। सबैको लघुवित्तले एनआइबीएल एस क्यापिटलको बिक्री प्रबन्धकत्वमा साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ताआइपीओ…
काभे्रपलाञ्चोक : निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले सो पुल बनाएको हो । रु तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ । पुल साल्मिटारतर्फ करीब एक फिटसम्म र बल्थलीतर्फ करीब छ इन्च भासिएको छ । पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका दर्जन खम्बामध्ये केही भत्केर खोलामा खसेका छन् भने केही पुलसँगै भासिएका छन् । उक्त पुल जेठ महीनामा निर्माण सम्पन्न भएको…
काठमाडौँ: सरकारले करीब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ । तीमध्ये केही आयोजनाको अध्ययनको काम सकिन लागेको र केहीको भने वातावरणीय अध्ययन भइरहेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले विभिन्न ठूला सात आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनको कामलाई तीव्र पारेको जनाएको छ । ती आयोजनाको क्षमता एक हजार ७५९ मेगावाट रहेको छ । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकामा त्यसलाई परिपूर्ति गर्ने लक्ष्यसाथ अध्ययनको कामलाई गति दिएको हो । विद्युत् विकास विभागका अनुसार हाल अध्ययनमा रहेका जलाशययुक्त र बहुउद्देश्यीय आयोजनामा कन्काइ…
काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । त्यसैगरी जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटको योजनाकार पनि लामा नै रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो । माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा सो समय बम बनाउने क्रममा विस्फोट भई घाइते भएका थिए । उनी २०६४ को…
काठमाडौँ: कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनियर १५ लाख घूससहित पक्राउ परेका छन्। शनिबार बर्दियाको गेरुवा गाउँपालिकाबाट गाडीमा सवार इञ्जिनियरहरू कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। ‘उनीहरूलाई घूससहित पक्राउ गरिएको हो’, उनले भने, ‘ विकास निर्माण भुक्तानीको विषयमा घूस लिएको भन्ने बुझिएको छ, अनुसन्धान हुँदैछ।’ पक्राउ परेकामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
काठमाडौं : आर्थिक वर्ष २०७५।७६ को ११ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १७.५% ले वृद्धि भएर ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स ७.३% ले मात्र बढेको थियो । यसैगरी, खुद ट्रान्सफर आय १६.६% ले वृद्धि भएर ९ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१% ले मात्र बढेको थियो । यता, वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने गिरावट आएको छ । ११ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३७.३% ले घटेको हो । अघिल्लो वर्ष यस्तो संख्या ८.२% ले…