Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जिप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ। सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरेका छन्। शव फेला परेको खबर पाउनेबित्तिकै हेलिकप्टरबाट सम्बन्धितस्थलमा पुगेका प्रहरी टोलीसहित उनका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले पहिचान गरेपछि शव उपाध्यक्षकै भएको पुष्टि भएको हो। शवको पहिचान गरेपछिसँगै गएका जिल्ला स्वास्थ्य कार्यालयका डा दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख घर्ती मगरको संयुक्त…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतल फेरि डुबानमा परेको छ । महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुई कोठे भवन भत्काएका थिए । भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो । तर खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण मंगलबारदेखि फेरि ढल थुनिएको हो । सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो । ढलको पानी थुनिएर दर्जनौँ कार्यालय र पसल रहेका भवनमा भुइँतला पोखरीमा…

Read More

काठमाडौँ: भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन् । उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए। मृतक खड्काका छोरा भने धनगढीमा छन् । बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको अपार्टमेन्टको भुइँतला भासिँदा मृत्यु भएको खड्काका भाइ कमलले अन्नपूर्णलाई बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्…

Read More

काठमाडौं : गुठी विधेयकको विवाद सेलाउन नपाउँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संसद्मा पेस गरेको अर्को विधेयक विवादमा आएको छ। गुठी विधेयकमा राखिएका विवादास्पद प्रावधानका कारण संघीय राजधानीविरुद्ध उठेपछि त्यो विधेयक फिर्ता गर्न सरकार बाध्य भएको छ। भूमिसम्बन्धी (आठौं संशोधन) ऐनका गुठी विधेयकभन्दा घातक रहेको भन्दै सत्तापक्षबाटै विरोध हुन थालेको छ। पुस्तौेंदेखि भोगचलन गर्दै ऐलानी जग्गामा बसोवास गर्दै आएका र अव्यवस्थित बसोबासी एउटै कित्ता राखेको भन्दै विरोध हुन थालेको छ। तत्कालीन राज्यकै आह्वान (ऐलान)मा ५०/६० वर्षदेखि जंगल फाँडेर बसेका लाखौं परिवार तराईमा छन्। उनीहरूले १ दुईदेखि १० बिघासम्म भोगचलन गर्दै आएका छन्। कञ्चनपुरदेखि झापासम्म अधिकांश तराईका जिल्लामा…

Read More

काठमाडौं: प्रेस काउन्सिल नेपालमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमको संख्या १७ सय ४७ वटा रहेको छ । यस्तै एफएम रेडियो ८४०, स्याटलाइट टिभी १५३ र नियमितरुपमा प्रकाशित भएका पत्रपत्रिकाहरु ९१२ वटा रहेको काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार विद्युतीय सञ्चारमाध्यममा २०७५ साउन देखि ०७६ असार २० सम्म जम्मा ४८२ वटा उजुरी परेकोमा ४५० वटा पर्छ्योट भएका छन् । यस्तै २९ वटा प्रक्रिया र ३ वटा अवज्ञाकारीको सूचीमा परेकाे काउन्सिलका उप-प्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिए । यसैगरी छापा माध्यममा कूल १३८ वटा उजुरी परेकोमा १३२ वटा पर्छ्योट र १ वटा अवज्ञाकारीको सूचीमा परेको उनले बताए । आचार संहिता…

Read More

काठमाडौँ: न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो। म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छदा २२१ रनमा अलआउट भयो। भारतका लागि रविन्द्र जडेजाले ७७ रन जोडे। उनले ५९ बलमा ४ चौका र ४ छक्का हिर्काए। उनले महेन्द्रसिंह धोनीसँग सातौं विकेटका लागि ११६ रनको साझेदारी गरे। जडेजा ४८ ओभरको पाँचौ बलमा आउट भएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। ४९ ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनी ५० रनमा रनआउट भए। त्यसपछि न्युजिल्यान्ड खेलमा हाबी देखिएको थियो।…

Read More

काठमाडौँ: नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषाादी परीक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो । तर, १८ असारमा सरकारले तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने निर्णय आफ्नै निर्णय फिर्ता लिएको थियो । यसै सन्दर्भमा मंगलबार दर्ता भएको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्चले तत्काल विषादी परीक्षण नगर्ने सरकारको निर्णय उपभोक्ता संरक्षण ऐन…

Read More

काठमाडौं: शेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मौद्रिक नीतिमा बैंक मर्जरको नीति कस्तो आउला भनेर लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा लागेको अनुमान गरीएक छ जसले नेप्सेला झन् झन् तल झरेको छ । एक महिना भन्दा लामो अवधिदेखि बजार निरन्तर घटिरहेको छ । लगातार घट्दा अधिकांश कम्पनीको भाउ निकै सस्तो भएको छ । आज नेप्से सूचक १.१२ अंकले घटेर १२४९.१५ विन्दुमा आइपुगेको छ । १६८ कम्पनीको ५७ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २९ लाख ९८ हजार ९४७ कित्ता सेयर खरिदबिक्री भएका छन् । ११ वटा समूहको सेयर कारोबार भएकामा ३…

Read More

काठमाडौँ: बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १ ,२ र ३ को प्रायः जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको जनाएको छ । बुधबार जारी बाढी सूचनामा विहान ७ बजेको मापन अनुसार देशका सबै ठूला, मझौला र यसका शाखा नदीहरुमा बहाब सर्तकता तहभन्दा तल नै रहे पनि सामान्य बढ्दो अवस्थामा रहेको छ । आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मको पूर्वानुमान अनुसार आज प्रदेश १, २ र ३ को प्रायः साना र मझौला नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको छ । यसैगरी, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको…

Read More

काठमाडौँ: प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताको गोली लागेर एक जना प्रहरीको मृत्यु भएको छ । बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । प्रहरीले प्रतिकार गर्दा एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । मारिनेमा मिरकुमार राई रहेको प्रहरीले जानकारी दिएको छ । स्रोतका अनुसार त्यस क्षेत्रमा विप्लवका कार्यकर्ताहरु आएको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा गस्ती बढाएको थियो…

Read More