Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : भारतबाट आयात गरिने तरकारीजन्य उत्पादनको विषादी परीक्षण गर्न प्रयोगशाला नभएको सरकारले कारण देखाएको छ। तर, नेपालमा यसका लागि पर्याप्त प्रयोगशाला छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजधानीसहित प्रादेशिक संरचनाअनुसार कर्णालीवाहेक ८ स्थानमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाई’ सञ्चालनमा ल्याएको छ। त्यसवाहेक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अन्तर्राष्ट्रिय मापदण्ड र मान्यता प्राप्त केन्द्रिय प्रयोगशाला पनि छ। खाद्य विभागको बाहेक सञ्चालनमा रहेका ८ प्रयोगशालामा भएका फोटोस्पेक्टोमिटरको सहयोगमा तरकारी तथा फलफूल ‘खान लायक छ वा छैंन’, ‘केही दिन पर्खेर खान सकिने’ वा ‘नष्ट नै गर्नुपर्ने’ ५ मिनेटमै पत्ता लगाउन सकिन्छ। ‘दबाब थेग्न नसकेपछि’ सरकारले उल्टो प्रस्टीकरण दिएको यसका…

Read More

काठमाडौं : सत्तारुढ दल नेकपाले पार्टी एकताको १४ महिनापछि राजनीतिक प्रतिवेदन टुंगो लगाएको छ। यसलाई सोमबार छाप्न पठाइँदै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आइतबार प्रतिवेदनलाई अन्तिम रूप दिएका हुन्। यो अवधिमा पार्टी विधान र नियमावली प्रकाशनमा आएका थिए। प्रतिवेदन नछापिँदा एकीकृत पार्टीको राजनीतिक कार्यदिशा, इतिहासको मूल्यांकन, अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषयमा मतभेद बढेको थियो। अध्यक्षहरूबीच भएका पछिल्ला छलफलले दुवै पक्षमा आशंका चिरेको छ। समाजवाद उन्मुख जनताको जनवादको राजनीतिक कार्यक्रम, तत्कालीन एमालेको नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न खेलेको भूमिका तथा तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित ‘जनयुद्ध’ले उत्पीडित…

Read More

काठमाडौँ: १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध लगायतका पहिलो प्याकेजको संरचना निर्माणका लागि ४ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन्। आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन्। दातृ निकाय एसियाली बिकास बैक (एडीबी)को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आहन गरिएको थियो। बोलपत्र पेश गर्ने कम्पनीहरुमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम/कालिका कन्ट्रक्सन नेपाल जेभी रहेका छन्।कम्पनीहरुले पेश गरेको प्राविधिक…

Read More

काठमाडौं: आँधिखोला लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणको लागि तीन लाख ७५ हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेको छ। संस्थाले सर्वसाधारणतर्फको चार लाख कित्तामध्ये पाँच हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ। सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। संस्थाले छिटोमा असार २५ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा साउन २० गतेसम्म आवदेन खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। आँधिखोलाले आइपीओबाट आएको रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जा, १ करोड रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र…

Read More

काठमाडौँ: भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९ जडीबुटी निकासीमा रोक लगाएको छ । नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन । त्यसैले नमुना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ । ती ठाउँमा लगेर परीक्षण गर्दा रिपोर्ट आउन एक सातासम्म लाग्ने भएकाले कैयौँपटक नेपालका कृषिवस्तुहरू नाकामै कुहिने र बिग्रने गरेका छन् । त्यस्तै, भारतीय प्रहरी तथा…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रदूषण फेल भएका गाडी चलाउने चालकमाथिको कारवाही न्यून आर्थिक दण्डमा मात्रै सीमित छ । उसले एक हजार तिरेर मर्मतसम्भार गरी ठीक बनाएपछि हरियो स्टिकर पाउने व्यवस्था छ । हरियो स्टिकर पाएका कारण प्रदूषण फेल भएका गाडी पनि उपत्यकामा निर्वाधरुपमा सञ्चालन भइरहेको छ तर नियन्त्रणको प्रभावकारी उपाए भने अपनाउन नसकिएको तीतो यथार्थ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो तीन महीना उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियान सञ्चालन गर्दा आधाभन्दा बढी गाडी प्रदूषण…

Read More

काभ्रेपलाञ्चोक: गाउँमा पानीको हाहाकार भएपछि तेमाल गाउँपालिका–५ सस्र्यूखर्कका बासिन्दाले रुद्री तथा क्षमापूजा गरी आज पानी मागेका छन् । उनीहरुले एक लाख पिपलको पातमा ‘हरहर महादेव, पानी देऊदेऊ’ र ‘रामराम’ लेख्दै कोशीदेखास्थित सुनकोशी नदीमा बगाएका छन् । वर्षा नभएर खेतबारी बाँझै भएको तथा मूल सुक्दै जाँदा खानेपानीको हाहाकार भएपछि धार्मिक मान्यताअनुसार रुद्रीपूजा र क्षमापूजा गरी महादेवसँग पानी मागिएको स्थानीय प्रविन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस भेगमा वर्षा नभएर पानीको हाहाकार हुँदा यसैगरी भगवान्सँग पानी माग्ने चलन रहेछ, आज पनि सोहीअनुसार रीतपूर्वक पूजा गरी पानी मागेका हौँ ।” स्थानीयवासीबाट केही गल्ती भएमा भगवान् रिसाएर वर्षा नहुने मान्यताअनुसार ‘क्षमापूजा’…

Read More

काठमाडौँ: शृङ्खलाबद्ध हत्या आरोपमा सर्वाधिक खोजीको सूचीमा रहेका कपिलवस्तुका नसिम खान मुसलमानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले शनिबार काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपरा घर भई अधिकांश समय भारतमा बस्दै आएका खान काठमाडौँमा आएको मौका छोपी प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी सिनामङ्गलस्थित एउटा वैदेशिक रोजगार कम्पनीबाट निस्किएर सडकमा हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन् । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार खान सात जनाको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । मुसलमानमाथि २०७४ फागुन ३ गते कपिलवस्तुका मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरेको आरोप छ ।…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने दावी गरेका छन्। संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारीबिना यस्तो भयो। त्यस कारण अलिकति समस्या पर्‍यो। हाललाई यसलाई छोड्नु पर्‍यो र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु पर्‍यो, क्वारेन्टाइन विकास गर्नु पर्‍यो अनि यसलाई लागू गर्नु पर्‍यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर गर्‍यौं हालका निम्ति।’ प्रधानमन्त्री ओलीले सीमामा विषादी जाँचपासको व्यवस्था भएपछि यो प्रक्रिया सुरु हुने बताए। ‘त्यसलाई जाँच्न सक्ने अवस्था हामी विकास गर्दै…

Read More

काठमाडौं: शनिबार अपरान्ह काठमाडौँ उपत्यकाको भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More