Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ठूला बैंकहरुबीच हुने भनिएको मर्जरको विषयले प्राथमिकता पाउँदा शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । आज मंगलबार शेयर बजार परिसूचक नेप्से ११.०२ अङ्कले बढेर १२५३.०६ अंकमा उक्लिएको छ। मंगलबार कारोबारको सुरुवाती चरणमा शेयर बजारमा खासै आकर्षण देखिएको थिएन। कारोबारको अढाई घण्टापछि एकाएक शेयर बजारमा सुधार देखिएको थियो। यसबाट कारोबार रकम समेत बढेको छ। १७० कम्पनीका १४ लाख ६६ हजार कित्ता शेयर ४२ करोड ९४ लाख रुपैयाँमा खरिद बिक्री भए। सबैभन्दा बढी मेघा बैंकको चार करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भयो। मेगा बैंक र ग्लोबल आइएमई बैंक एक आपसमा गाभिने खबरले मेगाको कारोबार बढेको ढकालको भनाइ…

Read More

काठमाडौँ: सरकारको चालु आर्थिक वर्षको अन्त्यसम्ममा सबै स्थानीय तहमा बाणिज्यबैंकको शाखा पुराउने लक्ष्य पुरा नहुने भएको छ । ७५३ स्थानीय तहमध्ये २०७६ बैशाखसम्म ७२५ तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् भने अझै २८ स्थानीय तहमा बैंक शाखा पुग्न बाँकि रहेको छ । प्रदेश १ को १३७ स्थानीय तहमध्ये १३४ स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ भने प्रदेश २ को १३६ मध्ये १३४ स्थानीय तहमा र प्रदेश ३को ११९ मध्ये ११७ स्थानीय तहामा बैंक शाखा विस्तार भएको छ । त्यसैगरी, गण्डकी प्रदेशको ८५ मध्ये ८३ स्थानीय तहमा, प्रदेश ५ को सबै १०९ स्थानीय तहमा, कर्णाली प्रदेशको…

Read More

काठमाडौँ: काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किदा दुर्घटना भएको छ । दुर्घटनामा परी दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् । मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागी गभ्मीर घाइते भएका छन् । यसैगरी, माइक्रोबस चालक हिमाल…

Read More

काठमाडौँ: वर्षमा एक लाख हाराहारी रोजगारीका अवसर सिर्जना भइरहेको बेला थप सात लाख रोजगारी सिर्जना गर्नुपर्ने बहस सुरु भएको छ । सन् २०३० सम्म ६८ लाख रोजगारी सिर्जना नगरे नेपालले सहश्राब्दी विकास लक्ष्य पूरा गर्न नसक्ने भएपछि त्यसबारे छलफल सुरु गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा रोजगारी सिर्जनाका लागि गर्नुपर्ने विभिन्न उपायबारे छलफल गरिएको छ । यतिखेर सरकार मात्र नभई नेपालका विकास साझेदारसमेत सहश्राब्दी लक्ष्य पूरा गर्ने अभियानमा छन् । अहिले भइरहेको प्रगतिलाई आधार मान्दै सरकारी अधिकारीहरुले सन् २०३० समम सहश्राब्दी लक्ष्य हासिल गर्ने…

Read More

काठमाडौँ: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धिकरण विभागले पनि अनुसन्धान अघि बढाएको हो । विभागले भाटभटेनीका नाममा देशभर सञ्चालित सुपरमार्केटको जग्गाजमिनसहितको लगानीलायृ पनि छानबिनको दायरामा ल्याएको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

Read More

काठमाडौं : भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी भारत र चीन जोड्ने प्रमुख व्यापारिक नाकामा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको हो। भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलसहित अन्य खाद्य तथा पेयपदार्थको भन्सार विन्दुमै वैज्ञानिक परीक्षण गर्न यस्तो प्रयोगशाला निर्माण गर्ने तयारी मन्त्रालयले गरेको छ। मन्त्रालयले दक्षिणी छिमेकी मुलुक भारतसँग जोडिएका ६ नाका काकडभिट्टा, बिराटनगर, बीरगञ्ज, भैरहवा धनगढी र महेन्द्रनगरस्थित भन्सार विन्दु (सकेसम्म एकीकृत भन्सार विन्दुमै रहने गरी) प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ। यस्तै उत्तरतर्फको छिमेकी मुलुक…

Read More

काठमाडौं : सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापनलाई रोक्नुपर्ने मागलाई अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले विज्ञापन रोक्न नमिल्ने निर्णय दिएपछि ९ हजारभन्दा बढी पदमा जाँच लिन लोकसेवा आयोगलाई मार्ग प्रशस्त भएको छ। ती पदका लागि गत जेठ ६ गतेको निर्णयअनुसार १५ गते ९ हजार १६१ पदका लागि आयोगले दरखास्त आह्वान गरेको थियो। ‘उक्त विज्ञापन बमोजिम चार लाखभन्दा बढीको संख्यामा दर्खास्त परेको र सो मध्ये समावेशी समूहको तर्फबाट एक लाख ५० हजार भन्दा बढी व्यक्तिहरूले दरखास्त गरेको देखिएकोले ती व्यक्तिहरूको प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित हुने गरी सार्वजनिक सरोकारको रिट निवेदनको माध्यमबाट…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमलाई यथास्थितिमा एक पैसा पनि दिन नसकिने बताएका छन्। उनले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको पनि स्पष्ट पारे। निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकारबाहीमा सुधार नभए सरकार त्यसको सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति प्रकट गरे। उनले सरकार निगमको साथमा रहेको तर, निगमले विमान सञ्चालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरे। प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान…

Read More

काठमाडौँ: कुनै छोरी पनि कस्ता हुने । आफ्नै आमालाई मार्नको लागि सुपारी दिई भारतीय हतियारधारी लगाई आफ्नै आमालाई मार्न लगाएको रहस्य सोमबार पर्दाफास भएको छ । घटना असार १५ गते चाँगुनारायण नगरपालिका-७ बाँसबारीको हो । यस्तो छ हत्या योजना र अभियुक्तहरु । सावित्री भट्टराईको हत्यामा संलग्न अभियुक्तहरु पक्राउ । मृतकको विवरण नाम: सावित्री भट्टराई उमेर ६१ ठेगाना जिल्ला सिन्धुपाल्चोक बाडेगाउँ गा।वि।स(५ हाल ईन्द्रावती गाउँपालिका(५ पेशा गृहिणी घटनास्थल: जिल्ला भक्तपुर चाँगुनाराण नगरपालिका वडा (७ बाँसवारीस्थित छोरी ईश्वरी भट्टराईको घरमा घटनाको संक्षिप्त विवरण: मिति २०७६/०३/१५ गते जिल्ला सिन्धुपाल्चोक बाडेगाउँ गा।वि।स ५ हाल ईन्द्रावती गाउँपालिका ५ स्थायी घर…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको स्तरोन्नति गर्ने काम निर्धारित समयमै सकिएको छ । विमानस्थलको मर्मतको काम सकिएपछि सोमबारदेखि नै २१ घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलले जनाएको छ । मर्मतको काम शुरु हुँदा निर्माण सामग्री उपलब्ध होला कि नहोला भन्ने चिन्ता पनि उत्तिकै थियो । निर्माण व्यवसायीले जटिल मानिएको सो काम पूरा गर्ला त भन्ने आशङ्का पनि त्यत्तिकै थियो । एक दिन पनि विमान उडान र अवतरण बन्द गर्ने अवस्था पनि थिएन । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडाका कारण पनि उडान र अवतरण रोकेर काम गर्ने स्थिति सरकारसँग पक्कै पनि थिएन । न त कुनै विकल्प नै…

Read More