Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौंको पाँचतारे होटल हायातले सेवा सुविधा बन्द गरेको छ। होटल सञ्चालक तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सार्वजिनक सुचना जारी गर्दै होटल बन्द भएको जानकारी गराएको हो। होटलमा कार्यरत मजदुरहरुले माग पुरा गराउन हडतालमा उत्रिएपछि होटलको सबै सेवा बन्द गरिएको कम्पनीले जानकारी दिएको छ। नेपाल स्टक एक्सचेन्ज मार्फत् कम्पनीले मजदुर आन्दोलनका कारण सबै सेवा र सुविधा दिन असमर्थ रहेको जानकारी गराएको छ। तर मजदुरहरुले भने व्यवस्थापनले पहिले नै प्रतिबद्धतता जनाइसकेका मागहरु पूरा नगरेकाले दबाबमा उत्रिन बाध्य पारिएका बताएका छन्। होटलमा कार्यरत मजदुरहरु गएको पाँचदिनदेखि आन्दोलनमा उत्रिएका छन्। सेवा सुविधा र सम्ममानपूर्वक काम गर्ने वातावरणको माग गर्दै…
धरान: अत्याधिक गर्मीका कारण धरानका निजी तथा संस्थागत विद्यालय आजदेखि पाँच दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएपछि प्याब्सन, एनप्याब्सन र एसीसीले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘गर्मी बिदामा समायोजन गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ’, विद्यालय संयोजन कमिटीका अध्यक्ष राजेन्द्र गुरुङले भने । धरानमा पछिल्लो समय डेङ्गुको प्रकोपसमेत फैलिएको छ । डेङ्गुको प्रकोपलाई समेत हेरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । धरानमा एनप्याब्सनमा आवद्ध ३९ तथा प्याब्सनमा आबद्ध ४४ विद्यालय रहेका छन् । सामुदायिक विद्यालय भने गर्मीमा समेत सञ्चालनमै रहेका छन् ।
काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । प्रस्तावित गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधि, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले भने मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिने बचन दिएका छन् ।उनले भने, ‘यसबारे क्याबिनेटबाट आवश्यक निर्णय लिन्छु ।’ गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् । यो विधेयक…
बझाङ: बझाङको मष्टा गाउँपालिका १ मा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जादै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलाको घुम्तीबाट खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । ठूलो वर्षा र हावाहुरी चलेका कारण उद्धारमा कठिनाई भएको घटनास्थलमा रहेका डीएसपी सुर्यबहादुर केसीेले बताए । उद्धार कार्यको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थलमै घाइतेको प्राथमिक उपचार…
काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७५ चैत मसान्तमा ४०७ अर्ब ६४ करोड पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ को नौ महिनामा रु.२३ अर्ब ६० करोड बराबरको साधारण शेयर, रु.८ अर्ब ५९ करोड बराबरको हकप्रद शेयर, रु.१५ अर्ब ०२ करोड बराबरको बोनस शेयर र रु.३५ करोड १७ लाख बराबरको डिबेन्चर गरी कुल रु.४७ अर्ब ५७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ चैत मसान्तमा २०७ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १५० वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने १९ वटा उत्पादन र प्रशोधन उद्योग,…
काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को लफडाले प्रकाशनमा केही दिन ढिलाइ हुन गएको बोर्डले जनाएको छ । प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि त्यहाँ पुनः परीक्षा भएको थियो । बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माका अनुसार, देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ । हाल नम्बर इन्ट्रीको काम धमाधम भइरहेकाले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने योजना रहेको उनले जानकारी दिए । यस वर्ष गत चैत १० गतेबाट…
काठमाडौँ: राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्याललाई विधेयक परिमार्जन गर्न निर्देशन दिएका हुन् । ‘प्रधानमन्त्रीले आवाश्यक परामर्शपछि गुठी विधेयक परिमार्जन गर्न निर्देशन दिइसक्नुभएको छ’ बालुवाटार निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्री आफैले ‘इनिसिएसन’ लिएर समस्या समाधान गर्नतर्फ लाग्नुभएको छ । अब यो समस्याको विषय रहँदैन ।’ गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई…
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने योजनाअन्तर्गत थप १४ जिल्लाका लागि नयाँ बोलपत्र आह्वान गरेको छ। यससँगै देशका सबै गाउँपालिका ब्रोडब्यान्ड इन्टरनेटमार्फत जोडिने भएका छन्। प्राधिकरणले हालै सूचनामार्फत ती १४ जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माण र इन्टरनेट सेवा उपलब्ध गराउन टेन्डर अह्वान गरेको छ। प्रदेश–१ को इलाम, झापा, मोरङ र उदयपुर र प्रदेश–५ को गुल्मी, पाल्पा, अर्घाखाँची र प्यूठान जिल्लामा ब्रोडब्यान्ड विस्तार गरिनेछ। यसैगरी अन्य जिल्लामा चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला पनि छन्। प्राधिकरणले यी १४ वटै जिल्लामा ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गर्दै ब्रोडब्यान्ड कनेक्सन पुर्याउन लागेको हो। प्राधिकरणले ती जिल्लामा सम्झौता…
काठमाडौं: युरोप भ्रमण सकेर हिजो मात्रै फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली अबको केहि हप्ताभित्र मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारीमा पुगेका छन्। प्रधामन्त्रीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार अबको केहि हप्ताभित्र प्रम ओलीज्यू फेरबदल गर्ने कुरा गर्नु भएको छ जुन उहाँले बजेट पारित गरेपछि गरौँला भन्नु भएको थियो। अहिले सरकारविरुद्ध नेकपाभित्रै र बिधेयक जारी गर्दा सरकारको कार्यशैलीप्रति जनता र आफ्नै कार्यकर्ता, र नेताहरुबीच मतभेद शिर्जन भएको छ। काठमाडौँ भोट बैंकको हिसाबले महत्त्वपूर्ण मानिएकोले पनि सरकार अहिले विवादित बनेको गुठि विधेयक सच्याउने तरखरमा छ।
काठमाडौं: महानगरीय प्रहरी परिसर, काठमाडौद्वारा संचालित पाकेटमारी विरूद्धको विशेष अभियानको क्रममा सवारी साधनमा पाकेटमारी र चोरी गर्ने ७८ जना पुरुष र ४ जना महिला गरी जम्मा ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ । २०७६ जेठ १ गतेदेखि जेठ ३२ गतेसम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी संचालन गरिएको उक्त अभियानको क्रममा परिसरबाट खटिएका सादा पोशकका प्रहरी टोलीले विभिन्न स्थानमा संचालित बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरुको साथबाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल र गहना चोर्दाचोर्दे र पाकेट मार्दै गरेको अवस्थामा चोरहरुलाई पक्राउ गरिएको हो । उनीहरुले सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुबाट २र२ जनाको दरले ६ जना सम्मको ग्रुप बनाई…