Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए । नेपालका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए ।

Read More

बागमती । हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो । सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

Read More

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पार्टीलाई जसले करोड दिन्छ उसले अर्ब फिर्ता गर्ने सोच राखेको हुने बताएकी छन् । आइतबार पार्टी सचिवालय बैठकले स्पष्टीकरण सोधेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुरा बताएकी हुन् । नेतृ पाण्डेले विगत भूमिगतकालदेखि जनताको एक एक पैसा जम्मा गरिएर निर्माण भएको पार्टीमा करोड दिएर अरब फिर्ता गर्ने सोच भएका मान्छेहरु हाबी हुन थालेको बताएकी छन् । उनले भूमिगतकालमा सेल्टर लिएर बस्दा जनताको सामिप्यताको प्रसंग जोड्दै त्यसबेला एक एक पैसा जम्मा गरेर पार्टी जोगाउने श्रमजीवी जनता कहाँ छन् ? भनेर प्रश्न समेत गरेकी छन् । एमाले सचिवालय बैठकले नेतृ पाण्डेसहित नेताद्वय भीम…

Read More

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ एक जना डीआईजीलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा सिफारिस गरिएको छ । आइतबार साँझ बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोमा दरबन्दी भएर विमानस्थलको सुरक्षा प्रमुखमा कार्यरत राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेकी थिइन् । उनी ५६ वर्षे उमेर हदका कारण कार्तिक १५ मा अवकाशमा जान लागेकी छन् । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । अतिरिक्त महानिरीक्षकको बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर हुनुपर्छ । तर, बढुवा सिफारिस सदर भए पनि…

Read More

काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । त्यसपछि न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो । गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका परेका उनीलाई शनिबार ३ बजे कास्की प्रहरी कार्यालय पुर्‍याइएको थियो ।

Read More

काठमाडौं: गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनस्र्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको छ । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्छ । खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण प्रसारण…

Read More

काठमाडौं:अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २७२१ अमेरिकी डलर छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा बढेको हो ।

Read More

काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएका चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपालले चीनको विकासबाट लाभ लिन चाहेको बताए। प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढी-पहिरोले क्षति पुर्‍याएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना छिटाेभन्दा छिटाे सञ्चालनमा ल्याउन मन्त्रालयले आवश्यक सबै खालको सहयोग गर्ने बताएका छन् । आज (असोज ३ गते) आयोजनास्थलको अवलोकन भ्रमण गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मन्त्री खड्काले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी-पहिरोले क्षति पुगेको आयोजनाको बाँध क्षेत्र, विद्युत्‌गृह, पहुँचमार्ग लगायत संरचनाको समेत अवलोकन गरेका छन् । साेही क्रममा उनले आयोजनामा क्षति पुग्दा राज्यले दैनिकरूपमा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको भन्दै यथाशक्य चाँडो मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने बताए । ‘आयोजना बन्द हुँदा राज्यले असोज महिनामा…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाएका छन् । सहकारी ठगीको मुद्दामा अनुसन्धानका लागि प्रहरीले पूर्व गृहमन्त्री लामिछानेलाई पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरे । तर यो सरकार बनाउने निर्णय भएको थियो, त्यो दिनमा आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको भन्दै उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’ उनले राज्यको दादागिरी डटेर सामाना गर्ने साहस मिलोस् भन्ने कामना समेत गरे ।///

Read More