Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: बजेट भाषणका बेलामा उत्साहित बनेका लगानीकर्ता बजार घटेपछि निराश बनेका छन्। यो साता शेयर बजार २१.०८ अंकले घटेको छ।साताको पहिलो दिन १३०५ अंकमा रहेको सूचक अन्तिम दिन बिहीबार १२८४.५९ अंकमा ओर्लियो। यो शेयर बजारमा चार दिन कारोबार भयो। कारोबार भएको चारै दिन बजारमा गिरावट देखियो। यस साता लगातार बजारमा आएको गिरावटले सूचक सँगै कारोबार रकम समेत ३६.३७ प्रतिशतले घटेको छ। यो साता दुई अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो। कारोबार रकम घटेसँगै बजार पूँजीकरणमा समेत संकुचन देखिएको छ। अघिल्लो साता १६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साता १५ खर्ब ९६ अर्ब…

Read More

काठमाडौँ: बजेट पूर्व कायम भएको दैनिक उपभोग्य बस्तुको मूल्य व्यापारीको मिलेमतोमा हालसम्म फिर्ता गरिएको छैन । व्यापारीहरुले विभिन्न बाहानामा अत्याबश्यक दैनिक उपभोग्य बस्तुको मूल्य आफूखुशी तोकेका थिए । दैनिक उपभोग्य बस्तुको उपभोक्ता मूल्यमा सय रुपैयाँसम्म वृद्धि गरिएको थियो । बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य बस्तुमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो । मूल्य वृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको थियो । व्यापारीले एकलौटी रुपमा गरेको मूल्य वृद्धिलाई अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सही छाप लगाइदिएकाले मूल्य वृद्धि कायमै रहेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट्…

Read More

काठमाडौं: सरकारले विदेशस्थित कूटनीतिक नियोग पुनर्संरचनाको तयारी गरेको छ । विदेशस्थित नियोगबारे पुनरावलोकन गर्न गठित कार्यदलले नियोग थपघटसहितको प्रस्ताव तयार गरेको हो । २१ मंसिर ०७५ मा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा गठित कार्यदलले डेनमार्क, क्यानडा, स्पेन र दक्षिण अफ्रिकास्थित दूतावास हटाउन प्रस्ताव गरेको छ । त्यस्तै, टर्की, इटली, केन्या, इन्डोनेसिया र सिंगापुरमा दूतावास थप्न भनेको छ । विश्वका १६६ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । ३० दूतावास, तीन स्थायी नियोग, ६ महावाणिज्य दूतावास छन् । डेनमार्क, क्यानडा, स्पेन र दक्षिण अफ्रिकामा दूतावास हटाउन तथा…

Read More

काठमाडौँ: भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भौतिक संरचना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई तेस्रोपटक म्याद थप गर्ने तयारी गरिएको छ। धावनमार्ग निर्माण सम्पन्न भएपनि टर्मिनल भवनको फाइनल फिनिसिङ तथा टावर तथा अन्य पूर्वाधारको काम बाँकी रहने भएपछि यही जुलाईसम्म समय पाएको कम्पनीले सन् २०१९ को डिसेम्बरसम्मको समय पाउने भएको छ। यसका लागि आयोजनाले सिफारिस गरिसकेको छ। ठेकेदारले आयोजनासमक्ष केही समय माग गरेको र सोहीअनुसार आयोजनाले नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरिसकेको छ। २०७१ सालबाट निर्माण शुरु भएको उक्त आयोजनाको काम २०७४ सालमै सम्मपन्न गर्नुपर्ने थियो। यसअघि २ पटक समय थप गर्दै ठेकेदारले यही असार १५…

Read More

एजेन्सी: चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् । उनलाई नेपालमा आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो । सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो । काठमाडौँमा आमा र बहिनीसँग बसेर पढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाए । बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता उनकी आमा र बहिनीले कठिन जीवन बिताइरहेका थिए । हङकङ गएर पैसा कमाउने र…

Read More

काठमाडौं : वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ। नेपाल वायुसेवा निगमले ल्याएका ए ३२०–२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौं रुपैयाँ हानि पुर्‍याएको समितिको ठम्याइ छ। ती जहाज हालका कार्यकारी अध्यक्ष मदन खरेल महाप्रबन्धक हुँदा किनेका हुन्। असार १४ र साउन १० मा भित्र्याएका ए३३०–२४३ वाइड बडी भने भर्खरै बाहिरिएका महाप्रबन्धक सुगतरत्न कंसाकारले ल्याएका हुन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अनियमितताको निचोडसहित यसमा छलफल सुरु गरेको छ। वाइड बडीका सम्बन्धमा छलफल गर्न शुक्रबार डाकिएको बैठकमा पत्रकारलाई निषेध गरिएको थियो।…

Read More

काठमाडौं: सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूत सिफारिस गरेको हो । अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । लक्की शेर्पाले राजीनामा दिएपछि अष्ट्रेलियामा राजदूत पद रिक्त थियो । प्रस्तावित राजदूत दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छ । यस्तै कतारका लागि राजदूत सिफारिस भएका भारद्वाज तत्कालीन एमालेका विदेश विभागका सदस्य थिए । स्पेनका लागि राजदूत सिफारिश भएकी शेर्पा पासाङ्ग ल्हामुकी…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरि चाहियो भन्नेमूर्खहरु पनि रहेको बताएका छन् । २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरीब बनाउने राजतन्त्र फेरि चाहियो भन्नु मूर्खतापूर्ण भएको उनले टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका छन् । भक्तपुरका चारवटै नगरपालिकामा शुक्रबार प्रारम्भ गर्दै उनले भने, ‘सरकार विरोधी केही तत्वहरु सक्रिय छन्, उनीहरु कुनै हालतमा सफल हुँदैन ।’ प्रधानमन्त्रीले भने ‘धेरै लामो समयसम्म बोल्न नपाइने लेख्न पढ्न नपाइने राणा शासनको गुणगान गाएर बस्नेहरुले, २ सय ४० वर्ष शासन गरेर नेपाललाई गरिब बनाउने राजतन्त्र फेरि चाहियो भन्ने मूर्खहरु…

Read More

काठमाडौँ: सरकारले आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ। रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ।वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा मनाइन्छ। आइतबार बैंक तथा वित्तिय संस्थालाई समेत विदा हुनेछ।

Read More

नटिङघम: अस्ट्रेलियाले विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पार्दै उपाधि रक्षाको बलियो संकेत दिएको छ । एस्ली नर्सले नाथन कटलर नाइलको अन्तिम चार बलमा लगातार चौका प्रहार गरे पनि वेस्ट इन्डिज बिहीबार अस्ट्रेलियासँग १५ रनले पराजित हुन पुग्यो । मिचेल स्टार्कले ५ विकेट लिएपछि २ सय ८९ रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेट गुमाई २ सय ७३ रनमात्र बटुल्न सक्यो । यसअघि ७९ रनमा ५ विकेट गुमाएको अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुनुअघि २ सय ८८ रन जोडेको थियो । आठौं नम्बरमा ब्याटिङ गरेका कटलर नाइलले ६० बलमा ९२ रन बनाउँदै अस्ट्रेलियालाई राम्रो स्कोरमा उभ्याए । अस्ट्रेलियाको यो लगातार दोस्रो जित…

Read More