Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: लागू औषध नियन्त्रण गर्ने सिलसिलामा विशेष सूचनाको आधारमा लागू औषध व्यूरो कोटेश्वरको टोलीले काठमाडौँको गोकर्णेश्वर न.पा-१ मा करिव ५,८०० रोपनी जमिनमा लगाइएको अवैध लागु औषध गाँजा खेति फडानी गरिएको छ। नगरपालिकाको मुलखर्क, ओख्रेनी, चिलाउने, गौरीगाउँ, माझगाउँ, कुने, खत्री टोल एरियामा लगाइएको उक्त परीमाणको गाँजा २७ गते बात ३० गतेसम्म फडानी गरी नष्ट गरिएको हो। उक्त अवैध गाँजा फडानी गर्ने कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ८० जना जनशक्ति लागेको थियो। जसमा नेपाल प्रहरीको ३० र सशस्त्रको ५० जनशक्ति परिचालन भएको थियो।
काठमाडौँ: नेपाली सेनाले पहिलो पटक आयोजना गरेको ‘राष्ट्रिय सुरक्षामा सम्बाद: प्रति आतंकवाद’ सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम आज राजधानीमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको शुभारम्भ माननीय उपप्रधान तथा रक्षा मन्त्री श्री ईश्वर पोखरेलबाट भएको थियो । शुभारम्भ मन्तव्य दिनुहुँदै उहाँले हालको परिप्रेक्षमा राष्ट्रिय सुरक्षाका चुनौतिहरु मुख्यतया अपरम्परागत रहेको र यसको दायरा राष्ट्रिय सिमाभित्र मात्र सिमित नरहेको उल्लेख गर्नुहुँदै आतंकवाद मानवता र अन्तर्राष्ट्रिय सुरक्षामा जटिल चुनौति रहेको बताउनुभयो । सोहि क्रममा उहाँले नेपालको भौगोलिक अवस्थिति र आतंकवादको जटिलताको कारणले समेत यसलाई नियन्त्रण गर्न राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय प्रयासको आवश्यकता रहेको बताउनुभएको थियो । सो कार्यक्रममा स्वागत मन्तब्य…
जनकपुर: प्रदेश नम्बर २ को सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि बजेट प्रस्तुत गरेको छ । कूल ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेटमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पूजिँगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार बजेट प्रस्तुत गरिएको छ । चालूतर्फ ४९.८१ प्रतिशत र पूजिँगततर्फ ५०.१९ प्रतिशत बजेट छुट्याएको छ । प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । सरकारले प्रस्तुत गरेको बजेटमा ‘बेटी पढाउ बेटी बचाउ’ अभियानका लागि ३९ करोड ३३ लाख, छोरी मुद्दती कार्यक्रमका लागि ९० करोड बजेट छुट्याइएको छ ।…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवस केही गल्ती भए सच्याउने प्रतिवद्धता जनाएका छन् । युरोप भ्रमण सकेर आज स्वदेश फर्किएका प्रधानामन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकमा कुनै कमजोरी भए त्यसलाई संशोधन गर्न सकिने बताएका हुन् । त्यसक्रममा प्रधानमन्त्री ओलीले विधेयकका विषयमा विरोध र आन्दोलन गर्न खोज्नेले अवसर नपाउने समेत चेतावनी दिए ‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ ओलीको भनाई छ ।
बुटवल: पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट आज प्रदेशसभामा प्रस्तुत गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गर्दे कृषि र पर्यटनलाई विशेष ध्यान दिएको जनाएका छन् । बजेटमा चालू आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ । बजेट गतसाल शुरु कार्यक्रम पनि बजेट थप गरी नयाँ कार्यक्रमहरु ल्याएको छ ।
सुर्खेत: कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। जसमध्ये चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रुपैयाँ, पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ बिनियोजन गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा २५ करोड १० लाख ४१ हजार रुपैयाँ आन्तरिक राजस्वबाट पूर्ति गरिने उल्लेख छ। मन्त्री ज्वालाका अनुसार संघीय सरकारबाट राजस्व बाँडफाँड वापत ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडबाट २ करोड ७४ लाख प्राप्त भएको छ। यस्तै वित्तीय…
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर दुई रुपैयाँले घटाएको हो। निगमका अनुसार अब पेट्रोल एक लिटरको १०८ रुपैयाँ पर्छ। यसैगरी डिजेल र मट्टितेल प्रति लिटर ९६ रुपैयाँ ५० पैसा पर्दछ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तीमा घटाइएको मूल्य आइतबार मध्यरातदेखि लागू हुने उल्लेख छ। निगमले १५ दिनअघि पनि भाउ घटाएको थियो। अघिल्लोपटक मूल्य समायोजन गर्दा पेट्रोलको मात्रै मूल्य घटाएको थियो। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
हेटौंडा : प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल नियोजित बजेटमध्ये चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१.३९ प्रतिशत बजेट छुट्टएिको छ । त्यसैगरी पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४७.९८ प्रतिशत बजेट विनियोज गरिएको प्रदेश अर्थमन्त्री कैलाश ढुंगेलले प्रदेशसभालाई जानकारी गराएका छन् । वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् ०.६३ प्रतिशत रकम प्रदेश ३ सरकारले विनियोजन गरेको छ । बजेटको स्रोतका लागि प्रदेश ३ सरकारले १५ अर्ब ४९ करोड ४९ लाख राजस्व…
काठमाडौँ: प्रधानमन्त्री केपी ओली साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री स्वदेश फर्कदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुख लगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेश फर्किएका हुन् । उनी स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए ।
काठमाडौँ: तीन जनाको ज्यान जाने गरी जेठ १२ मा सुएकेधरामा भएको बिस्फोटका एक घाइतेको शनिबार मृत्यु भएको छ। चाबहिलको ओम अस्पतालमा उपचारत रामेछापको मन्थली ४ का रामकुमार श्रेष्ठको हिजो मृत्यु भएको हो। यो संगै सुकेधारा र घट्टेकुलो बिस्फोटमा मृत्यु हुनेको संख्या ५ पुगेको छ। घट्टेकुलोमा पनि प्रज्वल शाहीको मृत्यु भएको थियो। घटनामा कालिकोटको सानित्रिबेनी गाउँपालिका ९ का बिभुराम भनिने दिपिन बिक, दाङ्गको बबई गापा३ का गोकुल रानामगर, निरन्तर मल्ल र शाहीको मृत्यु भएको हो। घट्टेकुलो, सुकेधारा र थानकोटमा भएको विस्फोटमा परी घाइते भएका नेत्र बिक्रम चन्द बिप्लव समुहका चार कार्यकर्ताको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ। …