Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउंमा बम समेत राखे । प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ । राजधानीका दर्जनभन्दा बढी ठाउंमा बम राख्नुका साथै जनजीवन आतंकित बनाएपछि सुरक्षा निकायले राजधानीको सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनीहरु बिरुद्धको कारवाहीलाई तीव्रता दिने क्रममा…

Read More

काठमाडौँ: तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ । हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ । हालको चन्द्रगिरि नगरपालिकाको थानकोट महादेशस्थानको ४३ कित्ताको १ सय २ रोपनी ३ पैसा, मातातीर्थको ३४ कित्ताको ५९ रोपनी १ आना ३ पैसा , सतुंगलको १ कित्ताको १ रोपनी ६ आना ३ पैसा व्यक्तिको नाममा गइसकेको छ । बालाजुको २७ कित्ताको १० रोपनी ६ आना १ पैसा र सामाखुसीको ९ आना जग्गा ६ वर्षअघि नै व्यक्तिको नाममा गएको…

Read More

काठमाडौँ: दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो । संसद्भवन निर्माणका लागि आइतबार ‘ग्लोबल टेन्डर’ आह्वन गरेको छ । सिंहदरबारको पुतली बगैंचाको १ सय ७६ रोपनी ८ आना क्षेत्रमा संसद्भवन बनाइने भएको छ । भवन अहिलेसम्मकै सबैभन्दा आधुनिक शैलीको हुने सहरी विकास मन्त्रालयको दाबी छ । ‘बोलपत्रको समय ४५ दिन तोकिएको छ । ठेकेदार कम्पनी छनोट भएपनि पनि तीन वर्षमा काम सम्पन्न गर्ने लक्ष्य छ’ सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भने । यो समाचार…

Read More

काठमाडौँ: नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ । नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो । यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् । केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन् । अर्थमन्त्रीसँगको छलफलमा उनीहरु २० प्रतिशतमा सहमत भएको अधिकारीले बताए ।

Read More

काठमाडौं: आइतबार अपरान्ह ४ बजेपछडी एकाएक काठमाडौंको सुरक्षा अवस्थामा ठुलै रिक्तता रहेको प्रमाणित भयो जव राजधानीमा कहिले बम पद्द्कियो त कहिले सिलिन्डर पद्द्कियो भनेर। घट्टेकुलोमा ग्यास सिलिण्डर बिस्फोट भन्ने खबर फैलिएको केहीबेरमा पत्ता लाग्यो, पड्किएको सिलिण्डर होइन, बम हो । एकजनाको घटनास्थलमै मृत्यु र एकजना घाइते भएको घटनामा नेकपा विप्लव समूहको संलग्नता रहेको पुष्टि भयो । घटनास्थलमा विप्लवको पर्चा भेटिनु र ट्रमा सेन्टरमा उपचाररत घाइते रविन केसी विप्लव सम्बद्ध विद्यार्थी संगठनका त्रिचन्द्र इकाई अध्यक्ष हुनुले केही प्रश्नहरु गम्भीर बनेका छन् । विद्यार्थीको कोठामा विस्फोटका सामग्री किन राखिएका थिए ? के त्यहाँ भाडामा कोठा लिएर बम बनाउने काम हुन्थ्यो…

Read More

काठमाडौँ: काठमाडौको विभिन्न स्थानमा भएको बम विस्फोटमा मर्नेको संख्या ४ पुगेको छ । सुकेधारामा भएको बम विस्फोटमा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका थप दुई जनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो । यता, अनामनगरमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी, प्रहरी स्रोतका अनुसार घाइते मध्ये एकले आफूहरुले टाइम बम तयार गर्ने क्रममा सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् ।

Read More

काठमाडौँ: चामल किन्नमात्र मुलुकले हरेक महीना झन्डै ३ अर्ब रुपैयाँ खर्चने गरेको छ । धानको उत्पादन बढेपनि चामलको बढ्दो माग पुरा हुन नसक्दा देशबाट चामलकै लागि ठूलो रकम बाहिरिने गरेको हो । चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो नौ महीनामा मात्र रू. २५ अर्ब ४७ करोडको चामल आयात भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यो आयात गत आवको सोहि अवधिको भन्दा १८.१ प्रशितले बढी हो । गत आवको नौ महिनामा रू. २१ अर्ब ५६ करोडको चामल आयात भएको थियो। तथ्याङ्क अनुसार गत वर्ष २०१८/१९मा रू. २८ अर्ब ९० करोडको र २०१७/१८मा २३ अर्ब ६० करोडको चामल…

Read More

काठमाडौं : प्रदेश र स्थानीय तहको अधिकार सूचीमा परेर संघबाट हस्तान्तरण भएका आयोजना दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने भएको छ। यसका लागि पर्याप्त स्रोत व्यवस्थापन गर्नुपर्नेछ। मन्त्रिपरिषद्बाट अनुमोदन भएको ‘संघ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीमा पर्ने विकास कार्यक्रम तथा आयोजना वर्गीकरण तथा बाँडफाँटसम्बन्धी मापदण्ड, २०७६’ ले संविधानको व्यवस्था तथा नेपाल सरकारको कार्य विभाजन नियमावली, २०७४ अनुसार तीनै तहका सरकारले आ–आफ्नो अधिकार सूचीभित्रपर्ने आयोजना र विकास कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ। संघबाट हस्तान्तरण गर्नुपूर्व आर्थिक दायित्व सिर्जना भइसकेका आयोजना तथा कार्यक्रमको हकमा आयोजना सम्पन्न गर्न आवश्यक बजेट संघले सशर्त अनुदानका रूपमा उपलब्ध गराउनुपर्नेछ। प्रदेश र स्थानीय तहले यस्ता आयोजना…

Read More

काठमाडौं – विश्वका धेरै मुलुकको तुलनामा अर्थतन्त्रको आकार सानो भएको नेपालले पहिलोपटक (ट्रिलियन) १० खर्ब रुपैयाँ राजस्व उठाउँदैछ। बजेट तयारीमा व्यस्त रहेका अर्थमन्त्री युवराज खतिवडाको अर्को वर्षको राजस्व लक्ष्य एक ट्रिलियन (१० खर्ब रुपैयाँ ) भन्दा धेरै हुनेछ। नेपालमा पहिलोपटक आर्थिक वर्ष २०६४÷०६५ मा राजस्व एक खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो। यसको १२ वर्षपछि राजस्वको आकारले अर्को अंक (तेह्रौं डिजिट) छोएको हो। ‘आगामी आर्थिक वर्षको बजेटमा राजस्व संकलन लक्ष्य १० खर्ब रुपैयाँभन्दा बढी राखिदैंछ,’ अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका एक अधिकारीले भने, ‘पहिलोपटक राजस्वले ट्रिलियनको आंकडा छोएको अवस्था हो।’ उनका अनुसार चालु आर्थिक वर्षमा उठ्ने राजस्वको अवस्थालाई…

Read More

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ। रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए। छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको हो। सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन्। अपहरणको यो घटना वैशाख १६ गतेको हो। अपहरणलगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको थियो। प्राप्त सूचनाअनुसार शाही परिवारसँग विप्लव समूहले दुई लाख रुपैयाँ…

Read More