Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बनेपा : काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सात हजार भूकम्प लाभग्राहीलाई सूचीबाट हटाउने तयारी गरेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले सो निर्णय गरेको हो । भूकम्प गएको चार वर्ष बितिसक्दासमेत लाभग्राहीको सूचीमा परेर सम्झौता गर्न नआएका कारण त्यस्ता लाभग्राहीलाई सूचीबाट नै हटाउने तयारी गरिएको हो । काभ्रेपलाञ्चोक जिल्लामा त्यसरी लाभग्राहीको सूचीमा परेर सम्झौता गर्न नआउनेको सङ्ख्या सात हजारभन्दा बढी रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जनाएको छ । “प्राधिकरणले लाभग्राहीको सूचीमा परेर पनि सम्झौता गर्न नआउनेलाई असार मसान्तसम्मको समयसीमा दिएकामा अझै आएका छैनन्, त्यस्ता लाभग्राहीलाई पहिलो चरणमा निलम्वनमा राखिएको…
लहान ः अविरल वर्षासँगै पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको मृत्यु भएको छ । घर नजिककै पानी जमेको खाल्डोमा डुबेर हिजो साँझ स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा अङ्कितकुमार साहको मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
काठमाडौं : वोमी लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद सेयर आज बिहीबारदेखि बिक्री खुला भएको छ । यो लघुवित्तले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यस हकप्रद सेयरमा आउने भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गरेको छ । तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार बन्द छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले…
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट अझै अनिश्चित छ । आज बिहीबार बिहान बाँडफाँट गर्ने तयारी भएपनि नतिजा सार्वजनिक गर्न समस्या भएको सम्बन्धित श्रोतले भनेको छ । आस्वा नविकरण नगरेका बैंकहरुबाट आएको आवेदनबारे निर्णय हुन नसक्दा आइपिओ बाँडफाँट गर्न गाहे भएको हो । आइपिओको नतिजा नआएपछि लगानीकर्तामा पनि अन्योलता बढेको छ । सान्जेन र रसुवागढीको आइपिओ बाँडफाँट नहुँदा समस्यामा परेका लगानीकर्ता यसको बाँडफाँट पनि लामो समयसम्म नहुने हुन कि भन्ने अन्योलमा छन । यसैबीच बाँडफाँटबारे सीडीएससीसँग छलफल भइरहेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । आजै यसबारे ठोस निर्णय हुन सक्ने अनुमान गरिएको…
मेलम्ची: अविरल वर्षाले देशभर व्यापकरूपमा धनजनको क्षति पु¥याइरहेको बेला बाढीपहिरोबाट उच्च जोखिममा रहेको बाह्रविसे नगरपालिकाले आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको छ । भोटेकोशी बाढीबाट वर्षैपिच्छे जनधनको क्षति व्यहोर्दै आएको नगरपालिकाले विपद् व्यवस्थापनको बैठक बसेर सबै सामग्रीसहित आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको हो । नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सकेसम्म विपद्बाट जोगिन र विपद् भइहालेमा तत्काल उद्धार र राहतका लागि नगरपालिकाभित्र सबै निकायलाई सामग्रीसहित तयारी हालतमा राखिएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो । बाढीपहिरोबाट राजमार्ग र सहायकमार्गमा हुनसक्ने यातयात अवरोधलाई सहज बनाउनका लागि मध्यभोटेकोशी जलविद्युत् आयोजना, डिभिजन सडक कार्यालयलगायतका सरकारी निकायसँग समन्वय गरेर सबै…
भीमदत्तनगर: सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२÷७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो । गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा सात स्टिङ अपरेसन गरेको अख्तियार कार्यालयले जनाएको छ । पहिलोपटकको स्टिङ अपरेसनमा कार्यालयले यातायात व्यवस्था कार्यालय कञ्चनपुरका भीमराज भट्ट, छोटी भन्सार कार्यालय कैलालीका यादवकुमार श्रेष्ठ र सेक्टर वन कार्यालय कैलालीका सहायक वन अधिकृत राजकुमार मल्ल र रेञ्जर बाबुराम मिजार सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७४÷७५ मा अख्तियारले स्टिङ…
लमजुङ : दोर्दीखोला बाढीमा परेर मृत्यु भएका मध्ये तीनको सनाखत भएको छ । बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये तीन शवको सनाखत आज भएको हो । ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी, डडेलधुरा घर भएका रमेश बुढा र सप्तरी जिल्ला भएका भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनुभयो । उहाँका अनुसार एउटा शवको अझै सनाखत हुनसकेको छैन । सनाखत भएको दुई शव दोर्दी गाउँपालिका–४ नौथर शेरा र अर्को शव कीर्तिपुरमा भेटिएको थियो । सनाखत हुन नसकेको शव कीर्तिपुरमा भेटिएको प्रहरीले जनाएको छ । बाढीमा परी आठ घाइते भएका छन् ।…
पर्वत : पर्वतका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ । त्यस्तै अर्को राष्ट्रिय गौरवको योजना कालीगण्डकी लोकमार्गमा पनि उस्तै अवस्था छ । गत १४ महीनायता पर्वतको मालढुङ्गादेखि कास्कीको विन्ध्यवासिनीसम्मको करीब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको चरणमा छ । स्तरोन्नतिका क्रममा सडक फराकिलो पार्न खनिएको माटो र अव्यवस्थितरूपमा छेउमा थुपारिएको गेग्र्यानका कारण यात्रुका लागि सडक धराप बन्दै गएको छ । त्यति मात्रै होइन, सडक फराकिलो पार्न साँघुरो क्षेत्रमा ठुल्ठूला ‘ब्रेकर’…
काठमाडौँ: सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जीविकोपार्जनमा सहयोग गर्न बाँड्ने रकम भए पनि अरुले लाभ लिने गरेको पाइएको छ । तत्कालीन गाविस सचिवले भत्ताबापतको रकम निकासा लिए पनि वितरण गरेको प्रमाण पेस नगर्दा बेरुजु देखिएको छ । भत्ता रकम पेस्की लिने र वितरण गरेको कागजात सम्बन्धित जिसस, गाउँपालिकाले पेस नगर्दा ठूलो रकम बेरुजु देखिएको छ । १५ वर्षयता भत्ताको ९ अर्ब पेस्की फस्र्योट हुन बाँकी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लेखा अधिकृत उमेश्वर काफ्लेले सम्बन्धित गाविस सचिवले कागजात पेस नगरेको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा…
काठमाडौँ : मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ । एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात असार २९ गतेभित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्यो तर भएन । विभागका कम्प्युटर निर्देशक श्रीचन्द शाहले एमएसपीले असारभित्र ल्याउनुपर्ने प्रिन्टर अझै नल्याएको बताए । यसअघि पनि एमएसपीले साढे ११ लाख कार्ड लेजर प्रविधिबाट प्रिन्ट गर्ने ठेक्का पाएकोमा सम्झौता अवधिभरमा मुस्किलले आठ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेर सरकारलाई धोका दिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले…