Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: शेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मौद्रिक नीतिमा बैंक मर्जरको नीति कस्तो आउला भनेर लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा लागेको अनुमान गरीएक छ जसले नेप्सेला झन् झन् तल झरेको छ । एक महिना भन्दा लामो अवधिदेखि बजार निरन्तर घटिरहेको छ । लगातार घट्दा अधिकांश कम्पनीको भाउ निकै सस्तो भएको छ । आज नेप्से सूचक १.१२ अंकले घटेर १२४९.१५ विन्दुमा आइपुगेको छ । १६८ कम्पनीको ५७ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २९ लाख ९८ हजार ९४७ कित्ता सेयर खरिदबिक्री भएका छन् । ११ वटा समूहको सेयर कारोबार भएकामा ३…
काठमाडौँ: बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १ ,२ र ३ को प्रायः जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको जनाएको छ । बुधबार जारी बाढी सूचनामा विहान ७ बजेको मापन अनुसार देशका सबै ठूला, मझौला र यसका शाखा नदीहरुमा बहाब सर्तकता तहभन्दा तल नै रहे पनि सामान्य बढ्दो अवस्थामा रहेको छ । आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मको पूर्वानुमान अनुसार आज प्रदेश १, २ र ३ को प्रायः साना र मझौला नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको छ । यसैगरी, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको…
काठमाडौँ: प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताको गोली लागेर एक जना प्रहरीको मृत्यु भएको छ । बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । प्रहरीले प्रतिकार गर्दा एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । मारिनेमा मिरकुमार राई रहेको प्रहरीले जानकारी दिएको छ । स्रोतका अनुसार त्यस क्षेत्रमा विप्लवका कार्यकर्ताहरु आएको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा गस्ती बढाएको थियो…
काठमाडौँ: नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य लगभग सकिएको छ । पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म जमीनमुनि पाइप ओछ्याउने काम सबै सम्पन्न भएकोे र कहिँ प्राबिधिक कम मात्रै बाँकि भएको नेपाल आयल निगमका प्रबक्ता बिरेन्द्र गोइतले बताए । उनले भने-अवको एक महिना भित्र अर्थात् साउन महिना भित्र पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउने तयारी हरेका छौ तर कहिले उद्घाटन गर्ने भने मिति भने तय भएको छैन । उनका अनुसार स्विच अन गर्न साथ पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने अवस्थामा पुगेको छ । परिक्षणको रुपमा पहिलो चरणमा पाइपलाइनमार्फत डिजेल मात्र ल्याउने र पछि सबै पेट्रोलियम…
काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा गरे पनि हाइब्रिडको परिभाषा नै स्पष्ट नगर्दा यसले करोडौँ राजस्व गुम्ने अवस्था सिर्जना भएको छ । विश्व बजारमा हाइब्रिड गाडी तीन प्रकारका हुने र जसमध्ये दुई प्रकारका गाडीले मात्र सुविधा पाउँदै आएका छन् । तर, नेपालमा भने माइल्ड वा स्मार्ट हाइब्रिड भनिने तर पूर्ण रुपमा पेट्रोलबाटै चल्ने गाडीले समेत यस्तो सुविधा लिनसक्ने देखिएको भन्दै सरोकारवालाहरुले सचेत गराएका छन् । विश्व बजारमा ब्याट्री र इन्धन दुबैबाट चल्ने पीएचईभी र इञ्जिन स्टार्ट भएसँगै आफैं चार्ज हुने प्रविधियुक्त गाडीलाई मात्र हाइब्रिड मानिँदै आए पनि नेपालमा भने ब्याट्री र सानो मोटर…
काठमाडौँ: आउँदो आइतवारभित्र ठूलो परिमाणमा लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ आइपुग्ने भएको छ। लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास प्रिन्टरसगँ अप्रिल ३० मा ७५ दिनमा मास प्रिन्टर ल्याउने गरि सम्झौता भएकोले २९ गतेभित्र मास प्रिन्टर आइपुग्ने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए। ‘प्रिन्टर आएपछि टेक्निकल इरर आएन भने इन्स्टल गर्न १५ दिन र अन्य व्यवस्थापन मिलाउन १५ गरी १ महिनाभित्र छपाइमा जान्छौँ,’ दाहालले भने । अहिले ल्याउन लागिएको ‘मास प्रिन्टर’ले दैनिक ८ हजार र मासिक २ लाख ४० हजार लाइसेन्स छप्न सक्ने दाहालले जानकारी दिए। हाल प्रकृया पूरा गरेका ६ लाख चालकले रसिदकै भरमा सवारी चलाइरहेका…
बिराटनगर: विराटनगर तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रिन थालेका छन्। प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्। काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन्। सरकारबाट विषादी मापन रोकेको पत्र भन्सारमा सोमबार बिहान आइपुगेकाले तरकारी र फलफूल बिना परीक्षण भित्रिन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए। प्रदेश १ मा तरकारी र…
काठमाडौँ: सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंकले बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई १ लाख १० हजार बराबरको सामग्री प्रदान गरेको छ । किर्तिपुर नगरपालीका मेयर रमेश कुमार महर्जन र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई संयूक्त रुपमा १ लाख १० हजार बराबरको सामग्री संघका अध्यक्ष लक्ष्मी काफलेलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमका मेयर महर्जनले अपाङ्ग बच्चाहरुको हितका निमित्त लोक कल्याणकारी कार्य गरेकोमा कृषि विकास बैंकलाई धन्वाद दिदै बैंकको उच्च प्रगतिका लागि शुभकामना व्यक्त गरे । त्यस्तै बैंकका प्रमुख कार्यकारी उपाध्यायले लोककल्याणकारी कार्यमा सवै क्षेत्रबाट सहयोग हुनु पर्ने भन्दै…
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पु¥याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो “ कथित जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरेको र प्रहरीले जवाफी फायर गर्दा ‘मिस फायर’ भई उनको निधन भयो ।” यस्तै यही असार १५ गते सर्लाहीको ईश्वरपुर नगरपालिका १३ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय अनुप रायको…
काठमाडौँ: सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गर्नुभयो । नेपाली टोली आज दिउँसो १ बजे मलेसिया प्रस्थान गर्दैछ । सिङ्गापुरमा आयोजना हुने उक्त आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोली सिङ्गापुर जानुअघि मलेशिया जान लागेका हुन् । मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ । नेपाल…