Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

वीरगन्ज: आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सामा फेरि क्षति पुगेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद घट्टराईका अनुसार हुरीले वीरगन्ज महानगरपालिकामा मात्रै आइतबार पाँचजना घाइते भएका छन्। वीरगन्ज ७ रामटोलमा महेस साहको निर्माण भइरहेको घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थनीय १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किदा १४ वर्षीया छोरी गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन्। पाँचैजना घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको छ। वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमको टावर र सोलार प्यानलमा क्षति पुगेपछि…

Read More

गोरखा : नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारले अघि सारेको कतिपय नीति तथा कार्यक्रमलाई ‘अलोकतान्त्रिक’ संज्ञा दिएका छन्। नेपाली कांग्रेस गोरखा नगर समितिको आइतबार आयोजित सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेता देउवाले प्रेस काउन्सिल, गुठी विधेयक, मानव अधिकार हनन गर्ने विधेयक लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको भन्दै यसकाविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिए। ‘नेपालमा अहिले वलीको सरकार आएको छ। यो सरकारले अहिले सबैतिर बर्बाद गरेको छ’, उनले भने, ‘मानव अधिकार, नागरिक अधिकार सबै खोसेर निरङ्कुशता लाद्ने तयारी गरिरहेका छन्।’ सुरक्षा परिषदको निर्णयले मात्र परिचालित सेना प्रधानमन्त्री वलीले आफ्नो हातमा लिएर निरंकुशता लाद्ने…

Read More

काठमाडौँ: रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका छन् । ९२ हजार ३५६ जनाले आवेदन भरेका थिए । तर, ८ हजार १४१ जना अनुपस्थित रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । शनिबार १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ भए । अरुको नाममा परीक्षा दिन आएहरुलाई नियन्त्रणमा लिइयो भने नियम विपरित परीक्षामा सहभागीहरु निष्कासित भएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइनेछ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । परीक्षाको नतिजा नतिजा असार १३ गते…

Read More

काठमाडौं: नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारण सभामा खड्का प्रतिद्धोन्दी सरिता लामिछानेलाई हराउदै विजयी भएका हुन् । २१८ मत प्राप्त गरेका खड्काले लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए । संघको उपाध्यक्षमा सानुकुमार ताम्राकार, रेजिना उप्रेती, मनोजकुमार केसी र विनोदकुमार भट्टराई प्रतिस्पर्धामा थिए । जसमध्ये रेजिना र सानुकुमार विजयी भएका छन् । रेजिनाले २४३, सानुकुमारले १७५, प्राप्त गरेका थिए । महासचिव पदका लागि चेतबहादुर सिंह (राजा) र सञ्जय खतिवडा बीच प्रतिस्पर्धा भएको थियो । जसमा चेतबहादुर १८७ मत ल्याई विजयी भएका छन् । सचिव पदमा पनाह अधिकारी, कोषाध्यक्ष पदमा सुनिल…

Read More

काठमाडौँ: रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ। देवदह नगरपालिका ८, विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको प्रहरीले जनाएको हो। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएको थियो। थापाको मृत्युपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा देवदहकै लक्ष्मण थारु, रमेश थारु, सुवास क्षेत्री र रुपन्देही तिलोत्तमाका रेखबहादुर महतो र हिरा महतो रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरू ट्रयाक्टर चालक…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले पुनः ४ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। भोलि सोमबार राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट उक्त ट्रेजरी बिक्री गर्न लागेको हो। ट्रेजरीको बोलकबोल सोमबार हुने भए पनि मंगलबार मात्रै जारी हुनेछ। राष्ट्र बैंकले ९१ दिने २ अर्ब २६ करोडको र एक वर्ष अवधिको १ अर्ब ८३ करोडको ट्रेजरी बिक्री गर्न लागेको हो। ९१ दिने ट्रेजरी भदौ २४ मा परिपक्व हुनेछ भने एक वर्ष अवधिको ट्रेजरी ०७७ जेठ २७ मा परिपक्व हुनेछ। ट्रेजरी खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन पाउनेछन्। अनलाइन बिडिङ प्रणालीबाट बिक्री हुन लागेको ट्रेजरी राष्ट्र बैंकको सार्वजनिक…

Read More

काठमाडौँ: कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता-कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत रहेका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा केही दिनअघि देखि नै प्रहरीले अप्रेशन चलाएको थियो। उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। विप्लव समूहका नेता-कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले…

Read More

काठमाडौं: हाल कायम रहेका नेपाली सेनाको काठमाडौँ-तराई/मधेस द्रुतमार्गको आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँणको जिम्मेवारी हेरफेर गरिएको छ । सैनिक मुख्यालयले आयोजना प्रमुखका रुपमा केही समयदेखि कार्यरत उपरथी खाँणको सट्टामा नयाँ अनुहार ल्याएको छ । सैनिक मुख्यालय स्रोतले आयोजना प्रमुखको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएकाे जनाए पनि त्यसको कारणबारे केही खुलाएको छैन। तर खाँण अहिले सैनिक सेवाबाट केहि महिनाभित्र अवकाशमा जान लागेकोले पनि मुख्यालय सो निर्णय लिएको बताइञ्छ। उनी आगामी असार १० गते अवकाश हुँदैछन् । सैनिक मुख्यालयले खाँणको स्थानमा शरदलाल श्रेष्ठलाई जिम्वेवारी तोकिएको छ । श्रेष्ठ नेपाली सेनाका प्राविधिक महासेनानी हुन्। तर यो पद हालका उपरथीको भन्दा…

Read More

काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सव समारोहका अवसरमा अर्थमन्त्री खतिवडाले शेयरबजारलाई नै प्रभावित पार्ने गरि हुने क्रियाकलापको नियमनमा चनाखो बन्न बोर्डलाई निर्देशन दिएक हुन् । धितोपत्र बोर्ड लगायतका नियामक निकायको ऐन संशोधन भैरहेको बताउँदै खतिवडाले नियामक निकाय कतैबाट प्रभावित हुनु नहुने जिकिर गरे। उनले भने ‘यसका लागि कानुनी रुपमै संरक्षण गर्नु पर्छ। बोर्डको संरचना पनि स्वार्थ बाझिने भयो भने कुनै पनि नियामक निकायले काम गर्दोरहेनछ। यो अनुभवले देखाएको कुरा हो। त्यसो भएकाले धितोपत्र बोर्डलाई अझ व्यवसायिक…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली झण्डै दुई साता लामो युरोप भ्रमणमा निस्किएका छन् । प्रधानमन्त्री ओली शनिबार साँझ जेनेभा प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन् । प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्राािष्ट्रय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकीलाई सम्बोधन गर्नेछन् । त्यहाँ केही द्विपक्षीय भेटवार्ता पनि हुनेछ । ओली त्यही दिन २७ साँझ बेलायत जानेछन् । प्रधानमन्त्रीले बेलायतमा केही उच्चस्तरीय भेटघाट गर्नुका साथै अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । जेठ २९ गते…

Read More