Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत छ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८७ ‘ख ’ जारी गरेको छ। राष्ट्र बैंकले एघार वर्ष अवधिको ऋणपत्र जारी गर्नलागेको राष्ट्र ऋण व्यवस्थापन विभाग थापाथलीले जनाएको छ। बोलकबोल प्रक्रियाद्वारा निष्काशन गरिनलागेको ऋणपत्र खरिद गर्न बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले समेत सक्नेछन्। यसको ब्याज दर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। त्यस्तै यसलाई धितोकोरुपमा समेत प्रयोग गर्न पाइने तथा कर्जा लिन र दिन पाइनेछ। ऋणपत्रको बोलकबोल आज अपराह्न ३ बजे हुनेछ भने निष्काशन बुधबार हुनेछ। यसको सावाँ भुक्तानी सन् २०८७ जेठ ८ गते मात्र हुनेछ।…
पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् । गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिए । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । घाइते बालिकालाई उपचारका लागि अस्पताल लगिएको छ । सदरमुकामबाट करिब ३ घण्टाको…
काठमाडौं: नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा तयार भएको छ। गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने व्यवस्था गरिएको छ। प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्न बनेको ‘नेपाल प्रहरीको गठन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ऐनका रुपमा लागू भएपछि भर्ना भएका प्रहरी कर्मचारीका हकमा मात्रै ३० वर्षे सेवा अवधि लागू नहुने विधेयकमा उल्लेख छ। यस्ता प्रहरी कर्मचारीका लागि उमेर हद वा पदावधिका आधारमा अवकाश पाउने प्रस्ताव गरिएको छ। प्रहरी संगठनभित्र ३० वर्षे सेवा…
काठमाडौं : सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको हो । सर्वाेच्चले मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भौतिक योजना, निर्माण तथा यातायाता व्यवस्था मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका नाममा आदेश दिएको हो । लेमिनेसन गरेको बोरामा सिमेन्टको प्याकिङ हुनुपर्ने विषय उपभोक्ताको हित, जनस्वास्थ्य र स्वाच्छ वातावरणका लागि अपरिहार्य विषय रहेको आदेशमा उल्लेख छ । नेपाल अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य राष्ट्र भएको स्मरण गराउँदै सर्वोच्चले अन्तर्राष्ट्रियस्तरमा जनाएका प्रतिवद्धताका दृष्टिले…
काठमाडौं: सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको थियो । काव्य विद्यालय–प्रहरी समन्वय समिति, महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वर तथा बानेश्वर सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सो स्थानमा अगामी दिन थप प्रहरी परिचालन गरिने जानकारी दिए । उनले पछिल्लो समय सामाजिक सञ्जालका कारण उत्पन्न साइबर…
काठमाडौं: विपक्षी नेपाली काँग्रेसले छाया सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) बमोजिम छाया सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् । छाया सरकार अन्तर्गतको उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन् । शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौर, उद्योगमा मीन विश्वकर्मा, शिक्षामा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् । यस्तो छ मन्त्रालयस्तरीय समन्वय समिति (क)…
काठमाडौँ: शेयर बजार सूचक घटे पनि खरिदबिक्रीले भने उत्साह बढाएको छ । नेप्से परिसूचक सोमबार ९.१३ अंकले घटेर १३०७.७१ विन्दुमा अडिएको छ । समग्रमा बजार ०.६९ % ले तल झरेको हो । १७२ कम्पनीको १ अर्ब २२ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । ३३ लाख ९८ हजार ६८० कित्ता शेयर खरिदबिक्री भएका छन् । नेप्सेमा ११ वटा समूहको शेयर कारोबार भएकामा २ समूहका सूचक बढेका छन् भने बाँकी समूह तल झरेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समूह १६.५९ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ७.२७ अंकले घटेको छ । कारोबार रकममा शिवम् सिमेन्ट्सले अग्रस्थान…
काठमाडौँ: उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेको छ । २०७५ चैत मसान्तसम्ममा यस बैंकको २३ अर्ब ६ करोड रुपैयाँ पुनरकर्जा लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा १८ अर्ब ९७ करोड र निर्यात पुनरकर्जा १ अर्ब ४९ करोड उपयोग भएको राष्ट्र बैंकले जनाएको छ । भूकम्प पीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७५ चैत मसान्तमा रु.२ अर्ब ५८ करोड रहेको छ । यस्तो…
काठमाडौँ: देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ आज (सोमबार) बाट अप्टिकल फाइबर बिछ्याइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन् । नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्न लागेको हो । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म…
काठमाडौं : संघीय संसद्, शिक्षा तथा स्वास्थ्य समितिले चारवटा महत्वपूर्ण विधेयक दफावार छलफल गरी पारित गरे पनि सरकारलाई दिएका विभिन्न निर्देशन अलपत्र छन्। शिक्षा, स्वास्थ्य र खेलकुदमा देखिएका समस्या बारे अध्ययन गर्न समितिअन्तर्गत गठित विभिन्न कार्यदलले सम्बन्धित मन्त्रालय र सरकारलाई सुझाव दिएका थिए। समितिकी सदस्य पूर्वमन्त्री चित्रलेखा यादवले भनिन्, ‘कार्यदल तथा समितिले दिएका सुझाव एवं निर्देशन कार्यान्वयन भए उत्साहित भइन्थ्यो। तर कार्यान्वयनमा वेवास्ता भइरहेको छ।’ समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्न आइतबार आयोजित बैठकमा बोल्दै सांसदले सरकारलाई दिएको निर्देशन कार्यान्वयन हुनुपर्नेमा जोड दिए। यादवले बैठकमा भनिन्, ‘सुधारका विषयमा सुझाव एवं निर्देशन त दियौं। तर कार्यन्वयनतर्फ पाइला चालिएको छ÷छैन त्यसमा पनि…