Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: आइतबार अपरान्ह ४ बजेपछडी एकाएक काठमाडौंको सुरक्षा अवस्थामा ठुलै रिक्तता रहेको प्रमाणित भयो जव राजधानीमा कहिले बम पद्द्कियो त कहिले सिलिन्डर पद्द्कियो भनेर। घट्टेकुलोमा ग्यास सिलिण्डर बिस्फोट भन्ने खबर फैलिएको केहीबेरमा पत्ता लाग्यो, पड्किएको सिलिण्डर होइन, बम हो । एकजनाको घटनास्थलमै मृत्यु र एकजना घाइते भएको घटनामा नेकपा विप्लव समूहको संलग्नता रहेको पुष्टि भयो । घटनास्थलमा विप्लवको पर्चा भेटिनु र ट्रमा सेन्टरमा उपचाररत घाइते रविन केसी विप्लव सम्बद्ध विद्यार्थी संगठनका त्रिचन्द्र इकाई अध्यक्ष हुनुले केही प्रश्नहरु गम्भीर बनेका छन् । विद्यार्थीको कोठामा विस्फोटका सामग्री किन राखिएका थिए ? के त्यहाँ भाडामा कोठा लिएर बम बनाउने काम हुन्थ्यो…
काठमाडौँ: काठमाडौको विभिन्न स्थानमा भएको बम विस्फोटमा मर्नेको संख्या ४ पुगेको छ । सुकेधारामा भएको बम विस्फोटमा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका थप दुई जनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो । यता, अनामनगरमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी, प्रहरी स्रोतका अनुसार घाइते मध्ये एकले आफूहरुले टाइम बम तयार गर्ने क्रममा सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् ।
काठमाडौँ: चामल किन्नमात्र मुलुकले हरेक महीना झन्डै ३ अर्ब रुपैयाँ खर्चने गरेको छ । धानको उत्पादन बढेपनि चामलको बढ्दो माग पुरा हुन नसक्दा देशबाट चामलकै लागि ठूलो रकम बाहिरिने गरेको हो । चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो नौ महीनामा मात्र रू. २५ अर्ब ४७ करोडको चामल आयात भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यो आयात गत आवको सोहि अवधिको भन्दा १८.१ प्रशितले बढी हो । गत आवको नौ महिनामा रू. २१ अर्ब ५६ करोडको चामल आयात भएको थियो। तथ्याङ्क अनुसार गत वर्ष २०१८/१९मा रू. २८ अर्ब ९० करोडको र २०१७/१८मा २३ अर्ब ६० करोडको चामल…
काठमाडौं : प्रदेश र स्थानीय तहको अधिकार सूचीमा परेर संघबाट हस्तान्तरण भएका आयोजना दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने भएको छ। यसका लागि पर्याप्त स्रोत व्यवस्थापन गर्नुपर्नेछ। मन्त्रिपरिषद्बाट अनुमोदन भएको ‘संघ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीमा पर्ने विकास कार्यक्रम तथा आयोजना वर्गीकरण तथा बाँडफाँटसम्बन्धी मापदण्ड, २०७६’ ले संविधानको व्यवस्था तथा नेपाल सरकारको कार्य विभाजन नियमावली, २०७४ अनुसार तीनै तहका सरकारले आ–आफ्नो अधिकार सूचीभित्रपर्ने आयोजना र विकास कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ। संघबाट हस्तान्तरण गर्नुपूर्व आर्थिक दायित्व सिर्जना भइसकेका आयोजना तथा कार्यक्रमको हकमा आयोजना सम्पन्न गर्न आवश्यक बजेट संघले सशर्त अनुदानका रूपमा उपलब्ध गराउनुपर्नेछ। प्रदेश र स्थानीय तहले यस्ता आयोजना…
काठमाडौं – विश्वका धेरै मुलुकको तुलनामा अर्थतन्त्रको आकार सानो भएको नेपालले पहिलोपटक (ट्रिलियन) १० खर्ब रुपैयाँ राजस्व उठाउँदैछ। बजेट तयारीमा व्यस्त रहेका अर्थमन्त्री युवराज खतिवडाको अर्को वर्षको राजस्व लक्ष्य एक ट्रिलियन (१० खर्ब रुपैयाँ ) भन्दा धेरै हुनेछ। नेपालमा पहिलोपटक आर्थिक वर्ष २०६४÷०६५ मा राजस्व एक खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो। यसको १२ वर्षपछि राजस्वको आकारले अर्को अंक (तेह्रौं डिजिट) छोएको हो। ‘आगामी आर्थिक वर्षको बजेटमा राजस्व संकलन लक्ष्य १० खर्ब रुपैयाँभन्दा बढी राखिदैंछ,’ अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका एक अधिकारीले भने, ‘पहिलोपटक राजस्वले ट्रिलियनको आंकडा छोएको अवस्था हो।’ उनका अनुसार चालु आर्थिक वर्षमा उठ्ने राजस्वको अवस्थालाई…
काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ। रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए। छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको हो। सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन्। अपहरणको यो घटना वैशाख १६ गतेको हो। अपहरणलगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको थियो। प्राप्त सूचनाअनुसार शाही परिवारसँग विप्लव समूहले दुई लाख रुपैयाँ…
काठमाडौँ: भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ३०३ सिटमा विजयी भएको छ। निर्वाचन परिणामअनुसार सत्तारूढ भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए) ले ३५२ सिट हासिल गरेको हो। लोकसभामा भाजपा गठबन्धनलाई दुई तिहाइका लागि ९ सिट कम भएको छ। ५४२ सदस्यीय लोकसभामा स्पष्ट बहुमत पाएपछि अब भाजपा नेता नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार भाजपा सन् २०१४ मा भन्दा यसपटक २२ सिट बढीमा विजयी भएको छ। भाजपाको राष्ट्रवादी तथा हिन्दु धर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकाले एकछत्र जित निकाल्न सफल भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एनडीए गठबन्धनमा रहेका अन्य दलमध्ये शिव सेनाले…
काठमाडौं : पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो। यही रकमबाट १ अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। श्रीपशुुुुपतिनाथको गुुुुठी जग्गा छानबिन तथा संरक्षण समितिले जग्गा छानबिन गर्ने क्रममा रकमको विवरण खुलेको कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताए। ‘मन्दिरका नाममा हालसम्म उक्त रकम बचत देखियो’, समितिका संयोजकसमेत रहेका थापाले भने, ‘यसबाटै अक्षय कोष स्थापना गरेका छौं।’ कोषले भेटी तथा पूजा व्यवस्थापन नियमावली बनाएर मन्दिरको भेटीघाटीलाई २०६८ चैत २० देखि व्यवस्थित गर्न थालेको थियो। दैनिक हजारौं भक्तजनले चढाउने…
काठमाडौँ: विमानस्थल प्रहरीले लाखौं नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई पक्राउ गरेको छ। भारत जान लागेका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो। अहिले उनीबाट बरामद रकमको मुचुल्का गरिने काम भइरहेको प्रहरीले जनाएको छ। ‘उनीबाट लाखौं रकम बरामद भएको छ, हामी गन्ने काम गरिरहेका छौं,’ प्रहरीस स्रोतले भन्यो । उनीसँगै कतारबाट आएका तीन जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए। युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए। पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो।
काठमाडौं: साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज ५०० रुपैयाँले बढेर ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। बिहीबारको तुलनामा आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले बढेको हो। त्यसैगरी आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। महासंघले प्रति १० ग्राम चाँदीको मूल्य ६०९ रुपैयाँ कायम गरेको छ।