Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: पत्रकारले आचार संहिता उल्लघंन गपरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥याउने गरी समाचार प्रकाशन प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको छ । प्रतिनिधिसभामा बिहीबार दर्ता भएको ‘नेपाल मिडिया काउन्सिलसम्बधी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजादेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको हो । ‘जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्नेछ,’ विधेयकमा उल्लेख छ । यो समाचार नागरिकमा प्रकाशित छ ।

Read More

काठमाडौँ: देवः विकास बैंक लिमिटेडको ठाकुरबाबा नगरपालिका, वडा नं-१ स्थित भुरीगाउँ बजारमा बैशाख २५ गतेदेखि विधिवत रुपमा संचालनमा आएको छ । ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले आयोजित एक समारोहबीच शाखा कार्यालयको समुद्घाटन गरेका हुन्। बैंकका संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा विशेष मन्तव्य दिंदै ठाकुरबाबा नगरपालिकाका प्रमुख श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पु¥याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिए। उनले संचालान्मा आएको बैङ्किङ सेवाका कारण नगरको आर्थिक एवं सामाजिक विकासमा बैकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका नायब प्रमुख कार्यकारी…

Read More

काठमाडौं: विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् । नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन । बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ । भदौमा पारित भएको अनिवार्य तथा निस्शुल्क शिक्षासम्बन्धी ऐनको दफा १० मा विद्यालयमा भर्ना भई आधारभूत तहको शिक्षा लिइरहेको कुनै पनि बालबालिकालाई विद्यालयबाट निष्कासन गर्न नपाइने उल्लेख छ । विद्यालय भर्ना भएको…

Read More

काठमाडौं: कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो । कार्यविधि अनुसार राजमार्गमा २०–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीका सुरक्षा पोस्ट रहनेछन् । सशस्त्रले ठूला राजमार्गमा हुने दुर्घटनालक्षित आठवटा ठूला एम्बुलेन्ससमेत खरिद गरेको छ । त्यस्ता एम्बुलेन्सले एकैपटक १०–१२ जनासम्म बिरामी बोक्न सक्छन् । ठूला एम्बुलेन्ससहित अब टोली राजमार्गमा खटिने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । अहिले उद्धारका लागि सशस्त्र प्रहरीसँग १७ वटा एम्बुलेन्स छन् । ‘राजमार्ग…

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले जेठ महिनाको दोस्रो हप्ता (जेठ १७) बाट सञ्चालनमा ल्याउने गरी नेपाल र चीनतर्फ तीब्र गतिमा काम भइरहेको जानकारी दिए । समितिका सभापति पवित्रा निरौला खरेलका अनुसार, बैठकमा मन्त्री ज्ञवालीले तातोपानी नाका पुनः संचालनबारे चीन सरकारले नेपाललाई जानकारी गराइसकेकोे बताए । चीनले सिमाना क्षेत्रका खासा बजारलगायतका आफ्ना बस्ती सारिसकेको जानकारी समेत मन्त्री ज्ञवालीले गराएका थिए…

Read More

काठमाडौं: जारी आइपियलको अन्तिम प्ले अफमा देल्ही क्यापिताल्स पहिलोपटक क्यालिफायर राउण्डमा पुग्दै सेमिफिनलको बाटो तय गरेको छ । भिसाखपट्नम मैदानमा बुधबार भएको सनसनीपूर्ण खेलमा देल्हीले सन् राइजर्स हैदरावादलाई दुई विकेटले पराजित गर्दै दोश्रो क्यालिफ़रका लागि चेन्नई सुपर्किन्ग्ससँग सोही मैदानमा १० मईमा फाइनल स्थानका लागि आमनेसामने हुनेछन् । सन्राइजर्सले प्रस्तुत गरेको १६३ रनको चुनौती देल्हीले अन्तिम ओभरको एक बल बाँकी छँदा भेटाएको हो। देल्हीको जितमा सुरुवाती पारीमा आएका पृथ्वी शाह र मध्ये क्रममा आएका रिशभ पन्तले क्रमस ५६ र ४९ रन जोडे। देल्ही पहिलोपटक प्लेअफ चरणबाट क्यालिफायर चरणमा पुग्न सफल भएको हो।

Read More

काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्दा सभापति शेरबहादुर देउवाले भने पार्टीभित्र आफ्नो विरोध गर्नेदेखि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमाथि निशाना साधेका छन् । साथै सम्बोधनका क्रममा उनले राष्ट्रपतिदेखि सभामुखसम्म निकै ठाडो भाषा प्रयोग गरेका छन्। मात्र १२ मिनेट सम्बोधन गरेका देउवाले सुरुमा पार्टीभित्र आफ्ना विरोध गर्नेहरुमाथि खनिए । महासमितिमा केन्द्रीय सदस्यहरु तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने माग उठेको तर पास नै नभएको उनको दाबी छ । सत्य कुरा थाहा पाउनुपर्ने भन्दै उनले भने, ‘मैले प्रयास गर्छु भनेकै हो । साथीहरुले मानेनन् । ८ जनाबाहेक सबैले केन्द्रीय सदस्यहरु तलबाट आउनु पर्दैन भने ।’ त्यो पनि आफ्नो पालामा…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्न सोध्ने नाममा कांग्रेस सांसदहरुले आफ्नो अपमान गरेको आरोप लगाएका छन् । मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि सांसदहरुले प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्रीले निम्छरो विषय बाहेकको जवाफ दिन्छु भनेपछि हंगामा भएको थियो । बुधबार जनतासँग प्रधानमन्त्री कार्याक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसदमा मेरो अपमान गरियो । तथानाम प्रश्न गरिएको थियो ।’ वाइडबडी, बालुवाटार प्रकरणमा कसैलाई निर्दोष घोषणा गर्ने अधिकार कसले दियो भन्ने जस्ता प्रश्न गरिएको भन्दै उनले भने, ‘मैले तपाईलाई निदोर्ष हुन न्यायाधीश हुनुपर्छ र ?’ उनले अघि भने,…

Read More

काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा अन्तर्गत स्वच्छ एवं शुद्ध खानेपानी परियोजनामा लगानी गर्ने भएको छ । बैंक, दक्षिण एशियाली महिला विकास मंच र टाटा परियोजनाबीच महिला उद्यमशिलताको लागि सुलभ मूल्यमा स्वच्छ एवं शुद्ध खानेपानी परियोजना संचालन गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितीमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, दक्षिण एशियाली महिला विकास मंचका अध्यक्ष प्रमिला आचार्य रिजाल र टाटा परियोजनाका एच.इ.कुट्टीले हस्ताक्षर गरेका छन् । यस परियोजनामा फेडेरेसन अफ वुमेन इन्टरप्रेनर्स एशोशिएसन अफ नेपाल, मनुसी लघुबित्त संस्था, फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल, फेडेरेसन अफ…

Read More

एजेन्सी – युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा लिभरपुलले चमत्कारपूर्ण जित निकालेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनालाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनायो । लिभरपुलले समग्रमा ४–३ गोलको जित निकाल्दै फाइनलमा पुगेको हो । पहिलो लेगमा बार्सिलोनासँग ३–० गोलले पराजित भएको लिभरपुलले घरेलु मैदानमा अविश्वसनीय पूनरागमन गरेको थियो । लिभरपुल दोस्रो पटक फाइनलमा पुगेको हो । लिभरपुलको जितमा डिभोक ओरीगी र जर्जिनियो विजनाल्डमले दुई-दुई गोल गरे । ओरीगीले सातौं मिनेटमा खाता खोले । दोस्रो गोल उनले ७९ औं मिनेटमा गरेका थिए । विजनाल्डमल ५४ औं र ५६ औं…

Read More