Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

एजेन्सी: संयुक्त राष्ट्रसंघले पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मसुद अजहर र उनको समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्धीन ले त्यसको पुष्टि गरेका छन् । उनले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘यो कामका लागि साना–ठुला सबै देशले साथ दिएका छन् । संयुक्त राष्ट्रसंघले प्रतिबन्धित सूचीमा मसुद अजहरलाई आतंककारी घोषित गरिदिएको छ । यो कदममा समर्थन जनाउने सबैमा धन्यवाद ।’ अमेरिका, फ्रान्स र बेलायत यो प्रस्तावको पक्षमा भएपनि चीनले समर्थन नदिँदा राष्ट्रसंघले यो विषयमा निर्णय लिन सकेको थिएन् । मसुद अजहरको आतंकवादी समूह भारतका कयौं आक्रमणहरुमा जिम्मेवार रहेको मानिन्छ…

Read More

काठमाडौँ: चीन भ्रमण छोट्याएर राष्ट्रपति विद्यादेवी भण्डारी एक दिन अगावै स्वदेश फर्किएकी छन् । स्वास्थ्य अवस्थामा समस्या आएपछि राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर बुधबार नै स्वदेश फर्किएकी हुन् । राष्ट्रपति त्रिभुवन विमानस्थलमा आइपुग्दा प्रधानमन्त्री, उपराष्ट्रपति लगायत उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए । निर्धारित तालिकामा उनी बिहीबारमात्रै स्वदेश फर्कने कार्यक्रम थियो । बेईजिङको औपचारिक कार्यक्रम सकेर मङ्गलबार तिब्बत पुगेकी भण्डारी बाँकी सबै औपचारिक कार्यक्रम स्थगित गर्दै काठमाडौं फर्केकी हुन् । उनी चार्टर विमानबाट ल्हासा हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेकी थिइन् ।

Read More

बिर्तामोड: भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन् । जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि अनुसन्धानको बाटो खुलेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् । गत मंगलबार नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापामा आएका भारतीयसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । झापा कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी पत्नी चन्द्रकला गुरुङलेजेठो छोरा भन्दै भारतीय भूपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागेका थिए। प्रहरीले बमबहादुर र भूपाललाई जिल्ला…

Read More

काठमाडौं: २७ प्रतिशत श्रमिकले अझै पनि न्यूनतम पारिश्रमिक नपाउने गरेको तथ्य फेला परेको छ।नौ महिनाअघि सरकारले त्रिपक्षीय (रोजगारदाता, श्रमिक र सरकारी निकाय) सहमतिमा लागू गरेको न्यूनतम पारिश्रमिक अहिलेको महँगीको तुलनामा निकै कम रहेको गुनासो व्याप्त रहेको बेला ठूलो संख्याका श्रमिकले नै न्यूनतम पारिश्रमिक नपाउने गरेको तथ्यांक फेला परेपछि समस्या समाधानमा चुनौती देखिएको छ। नेपाल ट्रेड युनियन महासंघले गरेको श्रम सर्वेक्षणमा २७.१२ प्रतिशत श्रमिकले न्यूनतम परिश्रमिक नपाउने गरेको तथ्य फेला परेको अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए। राष्ट्र बैंकले केही समयअघि गरेको अध्ययनमा श्रमिकले अहिलेको बजार महँगी अनुसार प्रतिपरिवार कम्तीमा २२ हजार रुपैयाँ पारिश्रमिक आवश्यक रहेको तथ्य पाइएको थियो। तर, नौ…

Read More

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले १८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा तीर्थराज बस्नेतले लेखेका छन् । क्यामेरा जडानका लागि महानगरले प्रहरीलाई तीन करोड रुपैयाँ १५ फागुनमै हस्तान्तरण गरिसकेको छ । प्रहरी र महानगरका प्रतिनिधि सम्मिलित योजना कार्यान्वयनका लागि बनेका समितिले अहिले सिसिक्यामेरा जडान गरिने स्थानको पहिचान गरिसकेको छ ।

Read More

काठमाडौं: व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणम संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीका अनुसन्धान गरिहरको छ, तर मुख्य सूत्रधारहरुलाई निगरानीमा समेत राखेको छैन । उनीहरु आफैँ सजग हुँदै विदेश लागेका छन् । विवाद उजागर भएपछि कुमारी बैंकको सञ्चालकबाट समेत शोभाकान्त ढकालले राजीनामा दिएका छन् । ढकाल र रामकुमार सुवेदी भारततर्फ गएको र त्यहीँबाट शक्तिकेन्द्रको संवादमा रहेको स्रोतको भनाइ छ । सो प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागेको अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीले जानकारी दिएका छन् । यो समाचार नवराज मैनालीले…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर फर्कने भएकी छिन् । स्वास्थ्यमा समस्या भएपछि भण्डारी फर्कन लागेकी हुन्। भण्डारी आज बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। राष्ट्रपतिको स्वास्थ्यमा कस्तो समस्या देखिएको हो भन्ने विषयमा भने अर्यालले केही खुलाएनन्। चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा सहभागी भएलगत्तै राष्ट्रपतिले सोमबार चिनियाँ समकक्षी सी जिनफिङसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। राष्ट्रपति भण्डारी भ्रमणको सातौं दिन मंगलबार चीनको ल्हासामा छिन्। उनी बिहिबार मात्र फर्कने कार्यक्रम थियो।

Read More

काठमाडौं: निर्माण व्यवसायीहरुलाई ‘अननोन मोबाईल नम्बर’ बाट ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो नदिएको नेपाल निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढि निर्माण व्यवसायीहरुलाई ‘अननोन मोबाईल नम्बर’ ज्यान मार्ने धम्की आएको जानकारी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका अधिकारीहरुलाई जानकारी गराउँदा पनि चासो नदिएको भन्दै गुनासो गरेको हो । महासंघका अध्यक्ष रवि सिंहले दिनहुँ जसो आफूहरुमाथि पैसा नदिए महासंघका पूर्व अध्यक्ष सरदकुमार गौचनको झै गोली हानेर हत्या गरिदिने धम्की आउने गरेको बताए । महासंघका अनुसार अध्यक्ष सिंह, महासचिव रोशन दाहाल, पूर्व अध्यक्ष…

Read More

काठमाडौँ: नेपाल वायुसेवा निगमले चैत मसान्तको किस्ता पनि तिर्न नसकेपछि नागरिक लगानी कोष तथा संचय कोषले हिसाव हेरेका छन्। निगमले दुवै कोषलाई चैत मसान्तको ४०–४० करोड रुपैयाँ किस्ता बुझाउनुपर्छ। सम्झौताअनुसार किस्ताको अवधि सकिएको १५ दिनभित्र रकम बुझाउनुपर्ने छ। ‘दिइएको अन्तिम अवधिअनुसार पनि बैशाख १५ सम्म किस्ता बुझाउनुपर्ने हो, तर बुझाएको छैन’ नागरिक लगानी कोषका प्रवक्ता उद्धव सिलवालले भने। दुवै कोषको प्रतिनिधी टोलीले निगमको हिसावकिताव पनि हेरेको उनले जानकारी दिए। उनका अनुसार कोषलाई निगमले पुस मसान्तकै करिब २० करोड रुपैयाँ बुझाउन बाँकी छ। जुन रकम अर्थ मन्त्रालयले बुझाइदिने भनिए पनि प्राप्त नभएको कोषले जनाएको छ। ‘मन्त्रालयबाट प्रक्रियामै…

Read More

काठमाडौँ: नेपाल आयल निगमले मापदण्ड संशोधन गरेर पेट्रोल पम्पको लाइसेन्स खुला गरेको छ । पेट्रोल पम्प संचालन सम्वन्धी विक्रेता विनियमावली संशोधन गरेर नयाँ पम्पका लागि लाइसेन्स खुला गरिएको हो । विक्रेतामा नियुक्त हुन चाहने फर्म/कम्पनी/संगठित संस्थाले निगमको विक्रेता विनियमावली २०७५ को परिच्छेद- २ विनियम (४) बमोजिम दुई महिना (६० दिन) भित्र आवेदन दिन सकिन्छ । सोही विनियमावलीको विनियम ५ बमोजिम निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को अनुसुची १ बमोजिमको ढाँचामा निगमको कार्यालयहरुमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ । निगमका अनुसार साधरण विक्रेता र पेट्रोल विक्रेता वीचको विक्री स्थलको दुरी कम्तीमा ३ सय मिटरको दुरीमा हुनुपर्नेछ।…

Read More