Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ जेठमा सार्वजनिक गरेको हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) राणनीतिसम्बन्धी प्रतिवेदनअनुसार अमेरिकाले सन् २०१९ मा ८६ देशसँग ७९ वटा सैन्य साझेदारी गर्दै छ । यसमा नेपालसहित हिन्द–प्रशान्त क्षेत्रका १२ मुलुक छन् । पेन्टागनका अनुसार अमेरिकाले ग्लोबल पिस अपरेसन इनिसिएटिभमार्फत नेपाल, भारत, बंगलादेश, कम्बोडिया, फिजी, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, थाइल्यान्ड, टोंगा र भियतनामसँग सैन्य साझेदारी विस्तार गर्नेछ । प्रतिवेदनमा अमेरिकाले नेपाल र श्रीलंकालाई उसको हिन्द–प्रशान्त रणनीतिका नयाँ साझेदार सदस्य भनेको छ । तर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले यसलाई ठाडै अस्वीकार गरे । ‘यो अमेरिकाको प्राथमिकताक्रम समेटिएको दस्ताबेज हो, हामी अमेरिकासँग कुनै गठबन्धनमा छैनौँ र…

Read More

काठमाडौं महानगरको ३२ वटै वडाले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन थालेका छन् । महानगरका वडाहरूले एक सय ४६ रोपनी जग्गा फिर्ता ल्याइसकेका छन् । सबैभन्दा बढी वडा ३ ले ६४ रोपनी ८ पैसा अतिक्रमित जग्गा सरकारमातहत ल्याएको छ । वडाले सुकुमबासी बस्ती रहेको १६ रोपनी जग्गा पहिचान गरी उनीहरूलाई हटाउने काम पनि सुरु गर्न लागेको छ । यी जग्गा सरकारमातहत ल्याउन तयारी थालिएको वडाध्यक्ष दीपक केसीले बताए । त्यस्तै, एक सय ३६ रोपनी अव्यवस्थित सरकारी जग्गा पहिचान गरी त्यसमा व्यवस्थित पार्कसमेत बनाइसकेको छ । वडा ३ मा काठमाडौं अस्पतालले ओगटेको ६ आना, बाँसबारीमा रहेको विश्वहिन्दू महासंघले मिचेको…

Read More

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। आज मध्यरातबाट लागू हुने गरी मूल्य समायोजन गरेको निगमले निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ घटाइएको छ। मूल्य समायोजनसंगै अब पेट्रोल १ लिटरको ११० रुपैयाँ पर्छ। अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुरुप समायोजन गरेको निगमले जनाएको छ। निगमका अनुसार अन्य पदार्थको मूल्य यथावत् छ।

Read More

काठमाडौँ: नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेलामार्फत नयाँ चरणको आन्दोलन घोषणा गरेको हो । साउन १ अघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसअनुसार व्यवसायीले सरकारलाई आफ्नो इजाजत पत्र बुझाउने छन् भने कार्यक्षेत्रमा कालोपट्टी बाँधी काम गर्नेछन् । साथै निर्माण उपकरणमा पनि कालो झण्डा राखिने महासंघले जनाएको छ । महासंघका अध्यक्ष रवि सिंहका अनुसार ७७ जिल्ला प्रशासन कार्यालय, प्रदेशमा मुख्य मन्त्रीको कार्यालय तथा केन्द्रमा सार्वजनिक खरिद अनुगमन…

Read More

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै यस्ता उद्योगहरुको ब्राण्डिङमा जान सुझाव दिएका छन् । राजधानीमा बुधबारदेखि शुरु भएको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को उद्घाटन गर्दै उनले भने– ‘नेपालीको क्रयशक्ति बढेको छ हामी ब्राण्ड खोज्छौं, तर विना ब्राण्डका नेपाली उत्पादन हेर्ने वित्तिकै मनपर्छ त्यसैले हाम्रा उद्योगको प्रविधि सुधार गर्दै आफ्नै ब्राण्ड बनाऔं ।’ नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा बुधबारदेखि भृकुटीमण्डप, काठमाडौंमा ३० औं राष्ट्रिय…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७६।७७ का लागि प्रदेश र स्थानीय तहले तीन खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बजेट पाउने भएका छन् । जसमध्ये, प्रदेशलाई ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानीय तहहरुलाई दुई खर्ब १३ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो वर्ष महानगरपाालिकाहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बजेट पाएका छन् । उपमहानगर पालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाएका छन् । नगरपालिकाहरुले ९५ अर्ब २८ करोड र गाउापािलिकाहरुले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाएका छन् । अन्तर सरकारी वित्तिय हस्तान्तरण ७६-७७

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहिबार १५ अर्ब रुपैयाँको रिपो जारी गर्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अवस्था असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुगे पछि राष्ट्र बैंकले बिहिबार वित्तीय बजारमा १५ अर्ब रुपैयाँ पठाउने भएको हो । तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधिमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ । एक साताको लागि उक्त रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जसको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । राष्ट्र बैंकले बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत…

Read More

काठमाडौं: गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या एकै जनाले गरेको प्रहरीले प्रारम्भिक निश्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुई परिवारको ९ सदस्यको हत्या मानबहादुर माखिम एक्लैले गरेर आत्हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटना भएलगत्तै घटनाको अनुसन्धान गर्न पाँचथर पुगेका ब्यूरोका एसपी उमा चतुर्वेदीले भने, ‘घटनामा अन्यको संलग्नता रहेको कुनै संकेत भेटिएन । प्रहरीको प्रारम्भिक निष्कर्षमा एउटै व्यक्तिले हत्या गरेको पाइएको छ ।’ हाल एसपी चर्तुदेवी ब्युरोबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका छन् । अनुसन्धान…

Read More

काठमाडौं : ‘सिन्डिकेट’ भन्दै श्रम मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी रोकेको छ। त्यसको समाधान ननिस्कँदै मन्त्रालयकै सहमतिमा कतार रोजगारीमा एक्लो सिन्डिकेट सुरु भएको छ। ‘कतार भिसा सेन्टर’ नाममा सम्पूर्ण काम बिनाप्रतिस्पर्धा एउटा मात्रै संस्थालाई दिइएको छ। अब कतार जाने कामदारका लागि भिसा र त्यसअघिका प्रक्रियामा १४ हजार रुपैयाँ थप आर्थिक भार पर्न सक्ने देखिएको छ। त्यो कसले तिर्ने भन्ने अन्योल छ। कतार भिसा सेन्टरले थम्ब प्रिन्ट, बायोमेट्रिक डाटा, स्वास्थ्य परीक्षण, करार प्रमाणीकरण, भिसा प्रोसेस सबै काम गर्नेछ। मलेसियाका हकमा यस्तै काम गर्दै आएका संस्थालाई गत वर्षको सुरुमा सरकारले धरपकड गरी मुद्दा चलाएको थियो। तिनको मुद्दा प्रायः खारेज हुँदै गएको…

Read More

काठमाडौँ: सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ । ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । ७७ जिल्लाका इन्चार्ज/सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा उनीहरुबीच विवाद देखापरेको हो । नेकपाले भूगोलका ७७ वटै जिल्लाको इन्चार्ज–सहइन्चार्ज चयन गर्ने गरी प्रस्तावमाथि सचिवालय बैठकमा छलफल गरेको थियो । प्रस्तावमा वरिष्ठ नेता नेपालसँग अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले छलफल गरे पनि समझदारी बनेको थिएन । दिउँसो बसेको सचिवालय बैठकमा पनि अध्यक्षद्वयले विहान नेपालसँग गरेको छलफलमा प्रस्तुत प्रस्ताव ‘जस्ताको त्यस्तै’ राखेपछि बरिष्ठ नेता नेपालले कार्य…

Read More