Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । उनले नेपालमा स्थायित्व र विकासको युग शुरु भएकाले नेपालमा विश्व बैंक लगायतका धेरै विदेशी संघ संस्थाले जलविद्युतमा लगानी गरिरहेको बताउदै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । फ्रान्समा जारी विश्व जलविद्युत सम्मेलन (वर्ल्ड हाइड्रोपावर कंग्रेस)लाई नेपालको तर्फबाट सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘नेपाल सरकारले ‘समृद्धि नेपाल सुखी नेपाली’को नारा अघि सारेर आर्थिक विकास र विद्युत् उत्पादन विस्तार गर्न लागेको छ । नेपालमा हामीले नयाँ संविधानको साथमा संघीय, प्राविधिक र स्थानीय स्तरमा सरकार गठन गर्ने एक सक्षम राजनीतिक…

Read More

काठमाडौँ: सोलुखुम्बुका कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन्। कामिरिता आज (बुधबार) बिहान ७ः५० बजे २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथमा पुगेका हुन्। उनीसँगै निमा ओङ्दी शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका सगरमाथा आधार शिविररमा रहेकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्। सोलुखुम्बुको थामे निवासी ४९ वर्षीय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्। उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सले पनि यसको पुष्टी गरेको छ। कम्पनीका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै भने, ‘यो राष्ट्रकै गौरवको कुरा हो।’ सन्…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज (बुधबार) साँझ स्वदेश फर्कंदै छन्। साँझ ७ बजे प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको विमानबाट काठमाडौँ आइपुग्ने कार्यक्रम छ। समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली वैशाख २६ गते भ्रमणमा निस्किएका थिए। प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए। वैशाख २६ देखि ३० सम्म भियतनामको भ्रमण सकेर प्रधानमन्त्री ओली कम्बोडियाको औपचारिक भ्रमणमा छन्। ओलीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका…

Read More

काठमाडौं: सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रमुख रहेका छन् । हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । त्यस्तै, दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख रहेका छन् । अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्ला एसपीलाई खटाउन लागिएको छ । याे समाचार नवराज मैनालीले नयाँ पत्रिकामा लेखेका छन् ।

Read More

काठमाडौँ: सञ्चालमा आएको १३ वर्षपछि तीलगंगा–ताम्रागंगा सडक बन्द गर्न पर्खाल लगाउन थालिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई युनेस्कोले सम्पदाबाट हटाउने चेतावनी दिएपछि पशुपति क्षेत्र विकास कोषले सडक बन्द गर्ने निर्णय गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । कोषले आफू मातहत रहेको सम्पदाको संरक्षण गर्न र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सडकको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएको बताएको छ । २०६३ सालमा सञ्चालनमा आएको सडक पटकपटक विवादमा पर्दै आएको थियो । कोषले बन्द गर्न खोज्दा पनि यसअघि स्थानीयको दबाबले सडक सञ्चालनले निरन्तता पाएको थियो ।

Read More

काठमाडौँ: आइतबार दिउँसो साँढे ११ बजेको थियो । त्यो दिनको दैनिकी सबैको सदाझैँ सामान्य तरिकाले बितिरहेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् । एकाएक ललितपुर क्रसर व्यवसायीहरुबीचको माहोल बिग्रियो । व्यवसायीहरुमा निकै हलचल मच्चियो । उनीहरु सबैको भागाभाग चलेको दिन थियोे । जब क्रसर व्यवसायी संघ ललितपुरका अध्यक्ष सुदर्शन विष्ट पक्राउ परे तव सबै व्यवसायी बीच हलचल मच्चिएको थियो भने कतिको भागाभाग नै चलेको थियो । पक्राउ परेका बिष्टलाई छुटाउन केही ब्यवसायी दौडधुप गरिरहेका थिए । त्यो घटनाको हलचल अझैसम्म जारी छ । घटना अझै साम्य हुन सकेको छैन । प्रहरीको हिट…

Read More

काठमाडौँ: स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्याउन सांसदहरुले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरुले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा यो कार्यक्रममार्फत चार करोड रुपैयाँ दिइँदै आएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई लिएर सांसदहरु तीन धारमा विभाजित देखिएका छन् । अधिकांश सांसदले कार्यक्रमको रकम बढाएर १० करोड बनाउन माग गरिरहँदा केहीले भने यो कार्यक्रम हटाउनुपर्ने बताएका छन् ।

Read More

काठमाडौं: गृह मन्त्रायतबाट गायव भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा ६ च १०२५ नम्बरको प्राडो जिप भने कहाँ छ, अहिलेसम्म पत्ता लागेको छैन । हराएको उक्त जिपको मूल्य नेपालमा २ करोड २५ लाखदेखि २ करोड ८५ लाख रुपैयाँसम्म छ । गृहमा रहँदा सहसचिव कोइरालाले आवश्यकता आधारमा निर्वाचन आयोगबाट मागेको बा ६ च २८०२ नम्बरको स्कारापियो गाडी सरुवा भएपछि सँगै लगेका थिए । सो गाडी खोजी गर्दा बिनाजानकारी सहसचिव कोइरालाले प्रयोग गरेको…

Read More

धनगढी: बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार पाँच सय रुपैयाँमा सम्झौता गरिसकेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भने युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । ‘केही दिनमै भाषा कक्षा सुरु हुन्छन् । प्रदेश सरकारको रातो…

Read More

काठमाडौँ: कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा कानुनी सुधार तथा प्रहरीको सक्रियता प्रमुख कारक रहेको पाइएको छ । महानगरीय प्रहरी कार्यालय अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटा प्रहरी परिसर र परिसर अन्तर्गत वृत्तहरूबाट १७३ प्रकारका अपराधको अनुसन्धान तथा कानुनी कारवाहीका लागि मुद्दा दर्ता हुने गर्छन् । ती…

Read More