Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ९१ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट ६९ अर्ब ८२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा १० खर्ब ६१ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ /७५को पहिलो नौ महिनाको तुलनामा आर्थिक वर्ष २०७५ /७६ को नौ महिनामा नेपालको ब्यापार घाटा २२ दशमलब ०९ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात २१ दशमलब ७३ प्रतिशतले र निर्यात १६ दशमलब ८८ प्रतिशतले बृद्दि भएको छ । निर्यातको तुलनामा आयातमा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई अराजकता र स्वतन्त्रताको परिभाषाभित्र राख्न नमिल्ने बताएका छन् । शुक्रबार २६ औँ मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमा कानुनी शासन हुने पनि बताएका हुन् । उनले लोकतन्त्रका नाममा सरकारले अराजकता मच्चाउन नदिने भन्दै सरकार, नागरिक र पार्टीहरुले पनि संविधानको पालना गर्नुपर्ने दायित्व बिर्सन नमिल्ने बताए । उनले सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेपाली समाजलाई विद्वेष र घृणा फैलाउने षड्यन्त्रहरु भइरहेको भन्दै देश बनाउने महान् अभियान चुनौतिपूर्ण रहेको बताए । ‘जनताको आन्दोलन देख्न नरुचाउने शक्तिहरुले एकता भत्काउन लागेका छन् । सरकार…

Read More

काठमाडौं: सर्वोच्च अदालतले गृह मन्त्रालयको नागरिकतासम्बन्धी विवादित निर्णय संयुक्त इजलासबाट टुंग्याउन आदेश गरेको छ । यसअघि संयुक्त इजलासबाटै नागरिकतासम्बन्धी विवाद पूर्ण इजलासले टुंगो लगाउने आदेश भएकाे थियाे । बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सुष्मलता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले ‘संयुक्त इजलासले टुंग्याउने’ आदेश गरेको हो । यसअघि वैशाख २४ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको संयुक्त इजलासले नागरिकताको विषय गम्भीर भएको भन्दै पूर्ण इजलासमा पेस हुने आदेश गरेको थियो । इजलासले जन्मका आधारमा वंशजको नागरिकता दिन भनी गृह मन्त्रालयले गत चैत १९ मा ७७ जिल्ला प्रशासन कार्यालयमा गरेको परिपत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । ।

Read More

काठमाडौँ: त्रिशूली थ्रीए जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ। आयोजनाको विद्युत गृहबाट उत्पादित ३० मेगावाट विद्युत बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्वीचयार्डको कन्ट्रोल रुममा रहेको स्वीच दवाएर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे। आयोजनाबाट परीक्षणको रुपमा विद्युत उत्पादन भइरहेको छ। आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युतगृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थ सबस्टेसनमा जोडिएको छ। आयोजनाको सबै संरचना तथा उपकरणहरुको सफल परीक्षणपछि विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिएको छ। आयोजनाको भुमिगत विद्युत गृहबाट सफलतापूर्वक विद्युत उत्पादन सुरु भएको आयोजना प्रमुख…

Read More

काठमाडौं: अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ। बजेट रकमान्तर भएपछि संसद् सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ। संसद् सचिवालयले बिहीबार सार्वजनिक सूचनामार्फत ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो। पाँचवटा गाडी खरिद गरेको महिना दिन पनि बित्न नपाउँदै संसद् सचिवालयले फेरि ११ गाडी खरिद गर्न बोलपत्र आह्वान गरेको हो। संसद् सचिवालयले सद्दे गाडी ग्यारेजमा थन्क्याई लगातार नयाँ खरिद गर्दै आएको छ। सचिवालयले दुई वर्षयता २३ वटा गाडी किनिसकेको छ। अब ११ वटा गाडी खरिद भएमा यो संख्या ३४…

Read More

काठमाडौँ: राजधानीको गोंगबु एसियाबाट प्रहरीले २८ जना यौनकर्मीलाई पक्राउ गरेको छ । अनैतिक क्रियाकलाप सञ्चालन हुने गरेको भन्ने स्थानीयहरुबाट गुनासो आएपछि प्रहरीले उक्त एरियामा रहेका खाजा घर तथा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष कर्डन एण्ड सर्च अप्रेशनको क्रममा पुजा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । बिजि मल नजिक सञ्चालनमा रहेको पुजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा सो रेष्टुरेन्टमा छापा मारिएको प्रवक्ता बोगटीले बताए । सो रेष्टुरेन्टका सञ्चालक बर्ष ३० को सौगात क्षेत्रीलाई प्रहरीले सोधपुछ गर्ने…

Read More

काठमाडौँ: एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । एनएमबीले प्रति शेयर ७५ रुपैयाँको अनुपातमा ओमलाई गाभ्ने सहमति गरेको छ । एनएमबी र ओमका मर्जर समिति संयोजकहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । अहिले एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको शेयर पूँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ। त्यसपछि नयाँ बन्ने बैंकको पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक वित्तिय विवरण अनुसार दुई बैंक एक आपसमा गाभिएसँगै निक्षेप एक खर्ब १८ अर्ब रुपैयाँ…

Read More

काठमाडौं : नेकपाले पार्टी एकीकरणको वर्ष दिनपछि जनवर्गीय संगठनको एकता टुंग्याएको छ। सचिवालयको बिहीबारको बैठकले जनवर्गीय संगठनको नाम र नेतृत्व टुंग्याएको हो। नेकपाले मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका अवसरमा मदननगर बल्खुमा शुक्रबार विशेष कार्यक्रम राखेको छ। सोही कार्यक्रममा जनसंगठनको एकता घोषणा गर्ने तयारी छ। नेकपामा २३ जनवर्गीय संगठन हुनेछन्। तीमध्ये १५ तत्कालीन एमाले र ८ तत्कालीन माओवादीको भागमा परेको छ। तत्कालीन एमालेले विद्यार्थी, मजदुर, बुद्धिजीवी, पेसागत, जनसांस्कृतिक महासंघ लगायतको नेतृत्व लिएको छ। तत्कालीन माओवादीले युवा, महिला, पत्रकार, दलित, जनजाति लगायतको नेतृत्व पाएको छ। सचिवालय बैठकले जनवर्गीय संगठनको भागबन्डा लगाएर नेतृत्व चयन गरेको वरिष्ठ…

Read More

काठमाडौं: राष्ट्रिय ललितकला प्रदर्शनी सुरु भएको छ। नेपाल आर्ट काउन्सिल, बबरमहलमा बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रदर्शनी उद्घाटन गरेका हुन्। प्रदर्शनीमा नेपालभरबाट विभिन्न कलाकृति एकै स्थानमा संकलन गरिएको छ। यहाँ चार सय ६७ कलाकारका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला तथा अन्य सिर्जनात्मक कलालगायत विभिन्न विधाका पाँच सय २९ कलाकृति र वरिष्ठ कलाकारका अप्रतियोगी कलाकृतिसमेत समेटिएको छ। प्रदर्शनीमा विधागत रूपमा आधुनिक, परम्परागत चित्रकला, मूर्तिकला समावेश छ। परम्परागत मूर्तिकलाभित्र लोककला र हस्तकला समावेश छन्। अन्यमा कलाफोटोग्राफी, भिडियो कला, कार्टुन र डिजिटल कलासमेत छन्। राष्ट्रिय ललितकला प्रदर्शनीका अवसरमा आर्ट टक, डिमोन्स्ट्रेसन, पुस्तक प्रदर्शनी र ख्यातिप्राप्त कलाकारसँग अन्तक्र्रिया आयोजना गरिने छ। …

Read More

काठमाडौँ: सूचना तथा प्रविधि विधेयकमाथि संसदको विकास तथा प्रविधि समिति छलफल शुरु भएको छ । फेसबुक, ट्विटर लगाएतका सामाजिक सञ्जाल नेपालमा दर्ता नगरी सञ्चालन हुने नदिने लगाएतका विवादित विषयसहित सरकारले संसदमा पेश गरेको विधेयकमाथि समितिमा दफावार छलफल शुरु भएको हो । विधेयकका विभिन्न १२ वटा दफा प्रेस स्वतन्तत्राविरोधी रहेको भन्दै कांग्रेसका १४ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका छन् । छलफलमा उनीहरुले आफ्नो संशोधनका बारेमा धारणा राख्नेछन् । कांग्रेस सांसदहरु गगन थापा, पुष्पा भुसाल लगाएतले विधेयकको दफा ९४ मा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउनेगरी सामाजिक सञ्जालमा पोष्ट गर्न नहुने…

Read More