Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: युद्धग्रस्त लिबियामा रोजगारीको प्रलोभनमा पुर्याइएका १५ जना अलपत्र नेपालीको इजिप्टको काएरोस्थित नेपाली दूतावासले उद्धार गरेको छ। उनीहरुको उद्धार भएर हाल लिबियाको त्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठनको (आइओएम) क्याम्पमा राखिएको जानकारी, काएरोस्थित नेपाली दूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ। उनीहरुको उद्धारमा त्रिपोलीमा रहेको नेपाली शान्ती सैनिक, आईओएम र त्यहाँको स्थानिय सुरक्षाकर्मीको सहयोगमा उनीहरुको उद्धार गरिएको जनाइएको छ। हाल उनीहरुको मेडिकल जांच र नेपाल प्रस्थानका लागि कागजी प्रक्रिया शुरू गरिएको र सो सम्पन्न उनासाथ उनीहरुलाई नेपाल फर्काईने पनि बिज्ञप्तिमा भनिएको छ। उद्धार हुनेहरुमा पूर्ण बहादुर गुरुङ, गणेश थापा मगर, अम्र्ती गुरुङ, भुवन आचार्य, सनम बिश्वकर्मा, बुद्धि…

Read More

काठमाडौँ: चालु अर्थिक वर्षको पहिलो नौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो । २०७५ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकद्वारा जारी तथ्यांकअनुसार समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो । २०७५ चैत महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ६.२ प्रतिशत, पहाडमा ४.८ प्रतिशत, काठमाडौं उपत्यकामा ४.७ प्रतिशत र तराईमा ४…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो ९ महिनामा राजस्व संकलन १९.५ प्रतिशतले बढेको छ । बैंकिङ कारोबारमा आधारित सरकारी खर्च भने ७.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी तथ्यांकअनुसार समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कुल खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल सरकारी खर्च ६ खर्ब ४३ अर्ब ६४ करोड थियो । समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) १९.५ प्रतिशतले वृद्धि भई रु.६ खर्ब ४ अर्ब ६० करोड पुगेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको…

Read More

काठमाडौं: अबदेखि दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले बसेको मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेकोले पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम ल्याउन लागेको जानकारी दिए । ‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजनाले हेल्मेट लगाउनुपर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौँ। यातायात व्यवस्था ऐन २/३ महिनामा स्वीकृत भएपछि ६ महिनापछि यो व्यवस्था लागुहुन्छ,’ पन्तले भने। ट्राफिक प्रहरीले हेल्मेट पनि आइएसओ स्ट्याण्डर्डको लगाउनुपर्ने जनाएको छ । ‘नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको छ। हामी त्यहीअनुसार अगाडि बढ्छौँ,’ उनले भने।

Read More

काठमाडौं: शेयर बजारमा सामान्य अंकको गिरावट देखिएपनि कारोबार रकममा भने वृद्धि भएको छ । आइतबार नेप्से मापन सूचक १ दशमलब ८७ अंकले घटेर १ हजार ३१६ दशमलब ८४ बिन्दुमा झरेको छ । १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर १ अर्ब ९ करोड ३ लाख ४८ हजार रुपैयाँ बढीको शेयर कारोबार भएको छ । १२ समूहको कारोबारमा विकास बैंक ८ दशमलब ८२, जलविद्युत ३ दशमलब ०३, वित्त ५ दशमलब ३६, उत्पादन तथा प्रशोधन समूहको १०० दशमलब २६, अन्य समूहको उपसुचक १ दशमलब ९६ अंकले बढ्दा बैंकिङ, व्यापार, होटल, निर्जीबन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट…

Read More

काठमाडौं – बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ । सहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुवै कामकाजी त्यसैले कलिलै उमेरमा केटाकेटीलाई स्कुल पुर्‍याएर व्यस्त दैनिकी भ्याउनु उनीहरूको पनि वध्याता हो । सानै उमेरमा स्कुल पठाउँदा उनीहरूलाई धेरै शैक्षिक सामग्री प्रयोग गर्न दिइन्छ । धेरै कुरा सिकाइन्छ । त्यो भार उनीहरूको क्षमताले नधान्ने विज्ञको भनाइ छ । अमेरिकामा गरिएको ‘रिडिङ इन किन्डरगार्डेन लिटल टु गेन एन्ड मच टु लुज’ नामक रिपोर्टमा प्राध्यापक न्यान्सी…

Read More

काठमाडाैं: यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् । महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ । ‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी…

Read More

काठमाडौं: झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ ।

Read More

एजेन्सी: भारतको जवहारलाल नेहरु विश्वविद्यालयको लाइब्रेरीभित्र एक छात्रले आत्महत्या गरेको नवभारत टाइम्सले बताएको छ । छात्रको शव पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । मृत्युअघि छात्रले प्राध्यापकलाई इमेल लेखेर आत्महत्या बारे जानकारी दिएका थिए । पंखामा झुण्डिनका लागि ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरिएको थियो । घटनाबारे शुक्रबार दिउँसो जानकारी भएको थियो । मृत्यु हुनेमा एमए अन्तिम वर्षका विद्यार्थी थिए । नवभारत टाइम्सले दक्षिण पश्चिम जिल्लाका डिसिपी देवेन्द्र आर्यलाई उद्धृत गर्दै छात्रको नाम ऋषि जे. थोमस बताएको छ । उनका अनुसार मृत्यु अघि छात्रले बिहान ११ः३१ बजे एक प्राध्यापकलाई सुसाइड नोटको रुपमा एक इमेल पठाएका थिए । मेलमा थोमसले…

Read More

काठमाडौँ: झापाको काँकड्भिट्टाबाट काठमाडौं आउँदै गरेको बस आज बिहान धादिङमा दुर्घटना हुँदा ३ यात्रुको निधन भएको छ। ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ । अहिले उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । विस्तृत विवरण पनि आउन बाँकी छ ।

Read More