Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नियन्त्रीत भयो भनिएको सुन बरामदका घटना फेरी एक पटक प्रकट भएको छ। यो तथ्य तव बाहिरियो जब प्रहरीले रसुवाको टिमुरेबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गर्यो। केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको रसुवाका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष तामाङले जानकारी दिए। मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको उनले अनलाइनखबरलाई बताए । प्रहरीका अनुसार ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो।

Read More

काठमाडौँ: लगानीकर्ताले नाफा बुक गर्न खोज्दा मंगलबार शेयर बजारमा तीब्र उतारचढाव देखिएको छ। नाफा सुरक्षित गर्ने लगानीकर्ताबीच चर्को बार्गेनिङ्ग चल्दा आज मंगलबार शेयर बजार परिसूचकमा तिब्र उतार-चढाब हुँदा शेयर कारोबार रकममा समेत संकुचन आएको छ । पौने २ बजेसम्म सकारात्मक बनेको बजारमा यसअघि सस्तोमा शेयर उठाएका लगानीकर्ताहरुको नाफा सुरक्षित गर्ने होड बढ्दा बजार ऋणात्मक हुन पुग्यो। अन्तत: अन्तिम १० मिनेटमा बजारले लय समात्दा करिब ४ अंकको सकारात्मक वृद्धि सहित बजार बन्द भएको हो। निरन्तर बढ्दै आइरहेको शेयर बजार सूचक नेप्सेमा सोमबारको ७ अंकको करेक्शनपछि मंगलबार फेरि सुधार देखिएको हो । नेप्से परिसूचक उकालो लागेपनि कारोबार रकम भने…

Read More

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले देशमा लगानीको वातावरण बन्दै गएको बताएका छन्। उनले हाल देशको लक्ष्यनै दीगो आर्थिक विकास तथा समृद्धि रहेको बताउदै नव गठित कार्य समितिले समेत यसलाई आत्मसात गरि आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरे । मन्त्री यादवले नेपाल उद्योग परिसंघको नव–गठित कार्य समितिका पदाधिकारीहरुलाई आफ्नै कार्यालयमा स्वागत गर्दै देशमा लगानीको वातावरण बन्दै गएको, वैदेशिक लगानीका धेरै प्रतिवद्धताहरु आईरहेको परिप्रेक्ष्यमा परिसंघले आफ्ना आगामी कार्यक्रमहरु मार्फत यसको सन्देश देश तथा विदेशमा समेत प्रभावकारी ढङ्गमा पु¥याउन सहयोग गर्न जोड दिए । सोहि अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारीले नेपालको आर्थिक…

Read More

काठमाडौं : नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो। रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ। भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसिएसन ले सीप परीक्षण गर्नेछन्। नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ। भाषा र सीप परीक्षामा उत्तीर्णको जापान सरकारले कुनै पनि रोस्टर तयार गर्दैन। आफूले उत्तीर्ण गरेको सीप र भाषाको प्रमाणपत्रका आधारमा जापानी रोजगारदातासँग सम्पर्क गरी रोजगारदाताले पठाएको करार सम्झौतापत्रका आधारमा मात्र सम्बन्धित कामदारलाई भिसा उपलब्ध हुन्छ। तर,…

Read More

काठमाडौं: विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार ४ सय १८ दरबन्दी आवश्यक छ । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारीसाधनसमेत आवश्यकता रहेको उनको भनाइ छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

Read More

काठमाडौं: बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दा समेत मूल्य कम देखाएर रजिस्ट्रेसन पास गरेको पाइएको छ । राजस्व छल्न भूमाफिया, मालपोतका कर्मचारी र तत्कालीन भोगधिकारीको मिलेमतोमा प्रतिआना ५० हजार रुपैयाँ कायम गरेर उक्त जग्गाको रजिस्ट्रेसन पास गरिएको हो । प्रतिआना सात लाखमा बेचेको जग्गालाई रजिस्ट्रेसन पास गर्दा ५० हजार देखाएर राजस्व छली गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस आधारमा ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी जग्गा नौ करोड रुपैयाँ हाराहारीमा बेचेको देखिन्छ । तत्कानीन भोगधिकारीले २०६१ सालमै ललितानिवासले चर्चेको सो जग्गा बिक्री गरेका थिए । यो समाचार…

Read More

दमक: नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको जिकिर गरेका छन् । संसदमा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनको दावी छ । झापाको चन्द्रगढी विमानस्थलमा सोमबार पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए । उनले भने, ‘काङ्ग्रेसको प्रतिपक्षी भूमिका कमजोरमा कमजोर छैन ।’ काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी थियो । प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उनले भने ‘यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो…

Read More

काठमाडौं: एनसेलले ठूला करदाता कार्यलयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभकर सर्वोच्च अदालतको आदेशविपरित भएको भन्दै अदालत गएको छ। आफूले अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रूपैयाँमात्र तिर्न बाँकी रहेको एनसेलको रिटमा उल्लेख छ। टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेलले तिर्नु पर्ने भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि ठूला करदाताका कार्यालयले एनसेलले तिर्नुपर्ने कर निर्धारण गरेको थियो। कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिर्न बाँकी रहेको ठहर गरेको थियो तर एनसेलले आफूले त्यति धेरै कर तिर्नु नपर्ने दाबी…

Read More

काठमाडौँ: लगातार बढेको शेयर बजारमा आज ब्रेक लागेको छ । आज सोमबार नेप्से परिसूचक ७.२६ अंकले घटेको छ । कारोबारको अन्तिम घण्टामा बाणिज्य बैंकको शेयर सप्लाइ बढ्दा १७ अंकसम्मले गिरावट आएको थियो। जीवन तथा निर्जीवन बीमा कम्पनीको सूचक र उत्पादन तथा प्रसोधनको सूचक बढे पनि बाँकी सुचक तथा उसूचक ओरालो लागेका छन्। नेप्से सूचक ०.५७ प्रतिशतले घटेर १२५६.९४ अंकमा ओर्लिएको छ। कारोबार रकम भने एक अर्ब तीन करोड रुपैयाँको भएको छ। आइतबार पनि एक अर्ब दुई करोड रुपैयाँको करोबार भएको थियो। आज पनि नेपाल बैंकको अधिकतम ९ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार पनि बैंकको अधिकतम…

Read More

रामेछाप: काठमाडौँः काठमाडौँबाट सोलुखुम्बुको फाप्लुका लागि उडेको तारा एयरको ड्रोनियर जहाज अवतरणका क्रममा मन्थली विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ। सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो । तर, कुनै मानवीय क्षति भने भएको छैन । 9N-AKK कल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएकाे मन्थली विमानस्थल कार्यालयले जनाएको छ । विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ । विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

Read More