Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि( १६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ । भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ बायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन् । नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नं. ४२४ को उक्त जग्गा ‘खोलो र सरकारी’ उल्लेख छ । याे समाचार बलराम बानियाँले कान्तिपुरमा लेखेका छन् ।

Read More

बुटवल: प्रदेश नम्बर ५ को नाम लुम्बिनी रहने निश्चित जस्तै भएको छ। प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई प्रदेशको नाम लुम्विनी राख्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन दिएपछि अब प्रदेशको नाम लुम्विनी रहने निश्चित भएको हो। तर, स्थायी राजधानी कहाँ रहने भन्ने सिफारिस गर्न समेत अधिकार पाएको उक्त समितीले राजधानीको टुंगो लगाउन सकेन। समितिले राजधानी रूपन्देही, दाङ वा कपिलबस्तुमा बनाउने सुझाव दिइएको जनाईएको छ। उपसमितिको शनिबार सम्पन्न बैठकले १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारिसकेको छ। उक्त प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिको बैठकमा…

Read More

काठमाडौं : नेकपाले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएका हुन्। संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनुपर्ने माग गरेका थिए। उठेका प्रश्नको सरकारका तर्फबाट जबाफ दिनुपर्ने माग उनीहरूको थियो। तीनै नेताले नीति तथा कार्यक्रममाथि हुने मतदानमा समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन्। नीति तथा कार्यक्रममाथि वैशाख २४ गते मतदान हुनेछ। संसदीय दलको बिहान ११ बजे बोलाइएको बैठक प्रधानमन्त्री ओलीका…

Read More

काठमाडौं : नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ। अहिले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा जवान र अधिकृतको एसएलसी/एसईई प्रमाणपत्र छानबिन भइरहेको छ। यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने तयारी जंगीअड्डाको छ। छानबिनका लागि जंगीअड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ। पनिकाले एसईई (यसअघि एसएलसी) को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ। जंगीअड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाएको यो पहिलोपटक हो। परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार विशेष छानबिनका लागि भन्दै सेनाले अनुरोधपत्रसहित प्रमाणपत्र पठाइरहेको छ। पछिल्लो समय एकैपटकमा सयौं थान प्रमाणपत्र पनिकामा आइरहेको छ। सेनाको पत्रमा जंगी अड्डाको लोगो र छाप पनि हुन्छ। तर फरकफरक…

Read More

बारा: सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ । जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसात शिलान्यास गरिएको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बाराको फेटा गाउँपालिका–६ पुरैनियाँ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले महागढीमाई–७ तेलगाई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुवर्ण गाउँपालिका–४ हर्दिया तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पचरौता नगरपालिका–७ बेनौलीमा पुगेर जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने निजी आवास भवनको शिलान्यास गरेका हुन्। उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले…

Read More

काठमाडौँ: प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेको छ । शनिबार संसदीय दलको बैठक लगतै प्रमुख सचेतक बालकृष्ण खाड, सांसदहरु मिनेन्द्र रिजालसहित २४ सांसदले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेसको पहिलो संशोधन ‘मेरो सरकार’मा छ । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गर्न गरेको संविधानका धाराहरु विपरित भएको भन्दै कांग्रेसले नेपाल सरकार भन्न संशोधन हालेको छ । प्रदेश र स्थानीय सरकारको क्षेत्रात्रिकारमाथि हस्तक्षेप गरी संघीयता कमजोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत संरचना कमजोर पार्ने कार्यक्रमहरु हटाउनु पर्ने उसको संशोधन छ । नीतिगत प्रष्टतासहित सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न सक्ने…

Read More

काठमाडौं: बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने निश्चित भएको छ। दुई पार्टीबीच सोमबार (वैशाख २३ गते) एकीकरण गर्ने घोषणा गर्ने समझदारी भएको हो । शनिबार दुई पार्टीबीचको अन्तिम छलफलबाट एकीकरणको मिति टुंगो लगाइएको हो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ भने सो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गाीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ । एकता घोषणा कार्यक्रम नेपाल प्रज्ञा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा पटक पटक मेरो सरकार भनेकोमा तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा पत्रकारहरुसँग मेरो सरकार भन्ने अर्थलाई बृहत र सामुहिक अर्थमा बुझ्नुपर्ने बताए। ‘मैले मेरो देश भन्छु। मैले मेरो देश भन्दा अरुको देश होइन भनेको हो र?,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति देशको अभिभावक हो। राष्ट्रप्रमुख पनि हो। संस्था हो।’ मेरो सरकार भन्ने अर्थलाई सञ्चारमाध्यम र बौद्धिक बर्गले फराकिलो ढंगबाट बुझ्नुपर्ने उनले बताए। ‘मैले व्यक्तिगत कुरा गरिराखेको छैन। राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो,’ प्रधानमन्त्री ओलीले भने।…

Read More

एजेन्सी: अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको छ । उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो । ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित भएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेर ४० मिनेट जाँदा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लेर नदीमा खसेको थियो । ग्वान्टानामो बेको नेभल स्टेसनबाट नेभल एयर स्टेसन ज्याकसनभिलमा विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको नभेल एयर स्टेसन ज्याकसनभिलका प्रवक्ताले जानकारी दिए । दुर्घटना लगत्तै उद्धार टोली पुगेर सबैको उद्धार गरेको थियो…

Read More

काठमाडौँ: सरकारले आगामी ३ वर्ष भित्र ५ हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय सम्मेलन केन्द्र निर्माण गर्ने योजना अघि सारेको छ । सरकारको नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा ३ वर्ष भित्र ५ हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय सम्मेलन केन्द्र निर्माण गर्ने उल्लेख गरिएको हो । त्यसैगरी सरकारले एक वर्ष भित्र ३ हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र निर्माण पनि गर्ने भएको छ । आगामी ३ वर्ष भित्र संघीय संसद भवन, राजकीय अतिथि गृह निर्माण कार्य सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको नीति कार्यक्रममा उल्लेख गरिएको छ । सरकारको नीति तथा कार्यक्रममा धरहरा पुनर्निर्माणको काम आगामी २ वर्ष भित्र सम्पन्न गर्ने, पुरातात्विक सम्पदाहरको…

Read More