Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले आगामी वर्ष पूर्व-पश्चिम विद्युतीय रेल मार्ग निर्माण सुरु गर्ने भएको छ। संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वर्ष रेलमार्ग निर्माण थाल्ने जानकारी गराइन्। साथै उनले आउँदो आर्थिक बर्षभित्रै मेलम्ची आयोजना सम्पन्न गर्ने, बुढीगण्डकी आयोजना निर्माण थाल्ने, भेरी बबई आयोजना २ वर्षभित्र सक्ने, चार वर्षमा सिक्टा सिँचाइ मर्मत गरिसक्ने जानकारी गराइन्। ४ वर्षमा मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गको निर्माण सम्पन्न गर्ने, कालिगण्डकी करिडोर अन्तर्गत जोमसोम कोरला खण्डलाई १२ महिना चल्ने बनाउने पनि उनले बताएकी छन्। त्यसैगरी, सरकारले ७ सय ५३ स्थानीय तह जोड्ने सडक…
काठमाडौं: सरकारले आज आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी बजेटमार्फत निजामती कर्मचारीको तलब भत्ता बढाउने सकेत गरेको छ। शुक्रबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममा ‘राष्ट्रसेवकहरुलाई प्रदान गरिने सेवा सुविधाको पुनरावलोकन गरी उत्प्रेरित गरिनेछ’ भने वाक्यांश राखिएकोले यसको संकेत गरिएको हो। यसले कर्मचारीको तलब बढ्छ भन्ने प्रष्ट चाहिँ भएको छैन तर पछिल्ला दुई वर्ष सरकारले कर्मचारीको तलब बढाएका छैन बरु भत्ता बढाएको थियो ।
काठमाडौँ: समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धि विशेष अभियान २०७६ बारे छलफल कार्यक्रम नेपाल प्रहरी क्लव भृकुटीमण्डपमा शुक्रबार सम्पन्न भएको छ । छलफल कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले छलफलको कार्ययोजना तथा औचित्यमाथि प्रकाश पार्दै सूर्तिजन्य पदार्थको प्रयोगकर्तालाई नियन्त्रण गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यान्वयनमा लैजाने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सम्वन्धित क्षेत्रका विशेषज्ञ र सरोकारवाला निकायसँग गरिएको छलफल फलदायी हुने उहाँले बताउनुभयो । प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्नुभएको सो कार्यक्रममा काठमाडौं महानगरपालिका स्वाथ्य विभागका प्रमुख नरेन्द्र बज्रचार्यले महानगरपालिकाको सूर्तिजन्य पदार्थ…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा योजना पार्न भन्दै सूची सहित निजीसचिवालयबाट राष्ट्रिय योजना आयोगमा भूलबस चिठी गएको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लेटरप्याडमा प्रधानमन्त्रीको निजी सचिवालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई सम्बोधन गरेको पत्र भूलवस गएको भन्दै उनले शुक्रबार विज्ञप्ति जारी गरेका छन्। ‘सांसद सम्पर्क कार्यालयमा संकलन गरिएका आयोजनाहरूको सूची सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन वेगर नै निजी सचिवालयबाट भूलबस राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको रहेछ,’ विज्ञप्तिमा भनिएको छ। उक्त सूची सहितको पत्रमा प्रधानमन्त्रीको क्षेत्र झापा ५ को सांसद सम्पर्क कार्यालयबाट योजना सिफारिस भई आएकोले ती योजनामा प्राथमिकताका साथ बजेट पार्न भनिएको…
काठमाडौँ: सरकारको नीति तथा कार्यक्रम आज संसदपा पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी हुन्। उनले पेश गर्नुभएको नीति कार्यक्रमको पूर्णपाठ यस्तो छ । पूर्णपाठ नेपालसरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्क्रमणकाल समाप्त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्घीयसंसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ । राष्ट्रलाई निरङ्कुश सामन्ती शासन प्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत् राज्य सञ्चालन गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्याउने क्रममा जीवन…
काठमाडौँ: मौसम प्रतिकुल भएपछि शुक्रबार विभिन्न गन्तब्यका हवाई उडान प्रभावित भएको छ। पश्चिम र दक्षिण भेगमा उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय तर्फको उडानमा भने प्रभाव नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। दिउँसो साढे एक बजेदेखि हेलिकोप्टर उडान बन्द गर्नका लागि सबै कम्पनीलाई अलर्ट म्यासेज दिइसकेको हेलिकोप्टर समाज नेपालले जनाएको छ। शुक्रबार विहान उडिसाबाट नेपालको पूर्वी भागमा प्रवेश सुरु गरिसकेको फानीको प्रभाव दिउँसो तीन बजेदेखि देखापर्ने जल तथा मौसम विभागले जनाएको छ। त्यसैगरी, हुरीबताससहित भारी वर्षापछि नवलपुरको जनजीवन प्रभावित भएको छ । हुरीबतासकै डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् । कावासोतीलगायत जिल्लाका अधिकाँश…
काठमाडौँ: पाँच नम्बर प्रदेशस्थित तराईका जिल्लामा आएको हावाहुरीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । त्यसैक्रममा चट्याङ्ग लागेर वडा सदस्यसहित २ जना गम्भीर घाइते भएका छन् । नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ जिल्लामा बिहानैदेखि हुरी बतास चलेको छ । हुरीका कारण जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हावाहुरी र चट्याङले दाङको राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोला स्थित ज्योति आधारभुत विद्यालय, राजपुर ६ खांग्रास्थित सामुदायिक स्वास्थ्य चौकीसहित ११ घरमा क्षति गरेको छ । उक्त बिद्यालयको जस्तापाता उडाएको र बरण्डाको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले बताए । जसबाट एकलाख…
काठमाडौँ: ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालिन लक्ष्य भेट्ने लक्षसहित सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदैछ। सरकारले अबका वर्षलाई समृद्धिको खुड्किलो चढ्ने वर्ष बनाउने नीति सार्वजनिक गर्नेछ। सरकारले चालु वर्षलाई (२०७५/०७६) आर्थिक समृद्धिको आधार बर्ष मानेको थियो । चालु नीति तथा कार्यक्रमले पहिलो वर्षलाई आधार वर्ष र त्यसपछिको वर्ष आर्थिक समृद्धिको वर्ष हुने उद्घोष गरेको थियो । आगामी वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर र आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ । आयात प्रतिस्थापन गरी सवल अर्थतन्त्र बनाएर विश्वको अर्थतन्त्रसँग जोड्ने सरकारको नीति हुनेछ । गैर कृषिमा परिचालन हुने अवस्था सृजना गर्ने…
काठमाडौं: शुक्रबार बिहान साँखुस्थित आलापोटबाट रत्नपार्क आउँदै गरेको बस बौद्व टुसालमा दुर्घटना भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा परी १८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा मापदण्डविपरित राखिएका होर्डिङ बोर्ड हटाउन बेवास्ता गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा श्याम राईले लेखेका छन् । राजधानीको चावहित, टुसाल, नयाँ बानेश्वर लगायत चोकमा विभिन्न संघसंस्था र व्यावसायिक कम्पनीले होर्डिङ बोर्ड राखेका छन् । कोरण्डो नामक कम्पनीले चावहिल चोकको एक घरमा पूरै घर ढाक्ने गरी कारको होर्डिङ बोर्ड राखेको छ । बौद्धस्थित टुसालमा पनि सडक छेउको एक घरमा पूरै घर ढाक्ने गरी एनसेल कम्पनीले मापदण्डविपरीत एनसेलले विज्ञापन राखिएको छ ।