Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्न सोध्ने नाममा कांग्रेस सांसदहरुले आफ्नो अपमान गरेको आरोप लगाएका छन् । मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि सांसदहरुले प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्रीले निम्छरो विषय बाहेकको जवाफ दिन्छु भनेपछि हंगामा भएको थियो । बुधबार जनतासँग प्रधानमन्त्री कार्याक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसदमा मेरो अपमान गरियो । तथानाम प्रश्न गरिएको थियो ।’ वाइडबडी, बालुवाटार प्रकरणमा कसैलाई निर्दोष घोषणा गर्ने अधिकार कसले दियो भन्ने जस्ता प्रश्न गरिएको भन्दै उनले भने, ‘मैले तपाईलाई निदोर्ष हुन न्यायाधीश हुनुपर्छ र ?’ उनले अघि भने,…
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा अन्तर्गत स्वच्छ एवं शुद्ध खानेपानी परियोजनामा लगानी गर्ने भएको छ । बैंक, दक्षिण एशियाली महिला विकास मंच र टाटा परियोजनाबीच महिला उद्यमशिलताको लागि सुलभ मूल्यमा स्वच्छ एवं शुद्ध खानेपानी परियोजना संचालन गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितीमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, दक्षिण एशियाली महिला विकास मंचका अध्यक्ष प्रमिला आचार्य रिजाल र टाटा परियोजनाका एच.इ.कुट्टीले हस्ताक्षर गरेका छन् । यस परियोजनामा फेडेरेसन अफ वुमेन इन्टरप्रेनर्स एशोशिएसन अफ नेपाल, मनुसी लघुबित्त संस्था, फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल, फेडेरेसन अफ…
एजेन्सी – युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा लिभरपुलले चमत्कारपूर्ण जित निकालेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनालाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनायो । लिभरपुलले समग्रमा ४–३ गोलको जित निकाल्दै फाइनलमा पुगेको हो । पहिलो लेगमा बार्सिलोनासँग ३–० गोलले पराजित भएको लिभरपुलले घरेलु मैदानमा अविश्वसनीय पूनरागमन गरेको थियो । लिभरपुल दोस्रो पटक फाइनलमा पुगेको हो । लिभरपुलको जितमा डिभोक ओरीगी र जर्जिनियो विजनाल्डमले दुई-दुई गोल गरे । ओरीगीले सातौं मिनेटमा खाता खोले । दोस्रो गोल उनले ७९ औं मिनेटमा गरेका थिए । विजनाल्डमल ५४ औं र ५६ औं…
काठमाडौँ: पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको विधेयकमा यस्ता केही विषय सच्याइएको छ । कानुनमन्त्री भानुभक्त ढकालले श्रव्य–दृश्य माध्यमबाट विद्युतीय अभिलेखमा उल्लेख भएका कुराहरू प्रमाणमा लिने तथा अदालतले श्रव्य–दृश्य संवादमार्फत मौखिक प्रमाण बुझ्न सक्नेलगायतका विषय समावेश गरी प्रमाण कानुनलाई समसामयिक बनाउन प्रमाण ऐन–२०३१ लाई…
काठमाडौँ: सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिद प्रक्रिया अघि बढएको छ । जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद प्रक्रियाको स्वीकृति प्राप्त भउको करिब दुई महिनापछि रेल विभागले सम्झौता गर्न लागको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरासाइनेले लेखेका छन् । मन्त्रिपरिषद्ले चैतमा कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । विभागका महानिर्देशक बलराम मिश्राले एक साताभित्र रेल खरिद सम्झौता हुने अन्नपूर्णलाई जानकारी दिए ।
काठमाडौं: छिमेकी मुलुक चीनको गान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ। गान्सु प्रान्तको लान्झाउ महानगर र काठमाडौं महानगरपालिका ९कामपा०बीच द्विपक्षीय सहयोगसम्बन्धी सम्झौता हुँदै छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । नेपालसँग गान्सु र लान्झाउ नगरको आर्थिक र व्यापारिक सम्बन्ध बढाउन गान्सु प्रान्तका प्रान्तपाल ताङ रेन्जजियान नेतृत्वको टोली आगामी साता नेपाल आउँदै छ । यही अवसरमा प्रदेशसँग भगिनी सम्बन्ध गासिने र लान्झाउ–काठमाडौं महानगरबीच विविध सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनको उत्तरपश्चिम भेगमा अवस्थित गान्सुको राजधानी लान्झाउ हो । आगामी सोमबार काठमाडौंमा नेपाल–चीन–गान्सुको आर्थिक तथा व्यापार…
काठमाडौं: सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशले यसअघि बृहत् पूर्ण इजलासले दिएको परमादेशलाई चुनौती दिएको छ । सरकारलाई बाँकी रहेको पुँजीगत लाभकर तिर्न आनाकानी गरेको एनसेलले मागेअनुसार अन्तरिम आदेश भएको हो । बृहत् पूर्ण इजलासको परमादेशअनुसार ठुला करदाता कार्यालयले लाभकरबापतको बाँकी ३९ अर्ब रुपैयाँ तिर्न एनसेललाई ताकेता गरेको थियो । यो समाचार भाषा शर्माले नागरिक दैनिकमा लेखेकी छन्…
काठमाडौं: दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना भएका थिए । उनको दिसाको नमूना संकलन गरी शुक्रराज अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । यो समाचार दिनेश गौतमले अन्नपूर्णमा लेखेका छन् ।
काठमाडौँ: जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको पत्राचार कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बालकृष्ण न्यौपानैको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । इजलासले नागरिकताको विषयमा गम्भीर कानुनी प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश समेत दिएको छ । सर्वोच्चले पूर्ण इजलासले सुनुवाइ गरी आदेश जारी नगर्दासम्म गृहको परिपत्र कार्यान्वयनमा रोक लगाउन भनेको छ । यसअघि पनि सर्वोच्चको एकल इजलासले वंशजका नाममा नागरिकता दिने भनी गृह मन्त्रालयले गरेको पत्रचार कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश…
काठमाडौं: नवगठित समाजवादी पार्टी, नेपालले सातवटै प्रदेशमा पार्टी एकताको बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई गठन भएको सो पार्टीले एकीकरणको सन्देश दिनका लागि प्रत्येक जिल्लामा जाने निर्णय गरेको केन्द्रीय सदस्य अशोक यादवले बताए । सातवटै प्रदेशमा समाजवादी पार्टी, नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिका सदस्य उपेन्द्र यादवले सम्बोधन गर्ने बताइएको छ । एकीकरणपछि आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले सातवटै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेपनि मिति तय भएको छैन । मिति तय गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको छ ।…