Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: एनसेलले ठूला करदाता कार्यलयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभकर सर्वोच्च अदालतको आदेशविपरित भएको भन्दै अदालत गएको छ। आफूले अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रूपैयाँमात्र तिर्न बाँकी रहेको एनसेलको रिटमा उल्लेख छ। टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेलले तिर्नु पर्ने भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि ठूला करदाताका कार्यालयले एनसेलले तिर्नुपर्ने कर निर्धारण गरेको थियो। कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिर्न बाँकी रहेको ठहर गरेको थियो तर एनसेलले आफूले त्यति धेरै कर तिर्नु नपर्ने दाबी…
काठमाडौँ: लगातार बढेको शेयर बजारमा आज ब्रेक लागेको छ । आज सोमबार नेप्से परिसूचक ७.२६ अंकले घटेको छ । कारोबारको अन्तिम घण्टामा बाणिज्य बैंकको शेयर सप्लाइ बढ्दा १७ अंकसम्मले गिरावट आएको थियो। जीवन तथा निर्जीवन बीमा कम्पनीको सूचक र उत्पादन तथा प्रसोधनको सूचक बढे पनि बाँकी सुचक तथा उसूचक ओरालो लागेका छन्। नेप्से सूचक ०.५७ प्रतिशतले घटेर १२५६.९४ अंकमा ओर्लिएको छ। कारोबार रकम भने एक अर्ब तीन करोड रुपैयाँको भएको छ। आइतबार पनि एक अर्ब दुई करोड रुपैयाँको करोबार भएको थियो। आज पनि नेपाल बैंकको अधिकतम ९ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार पनि बैंकको अधिकतम…
रामेछाप: काठमाडौँः काठमाडौँबाट सोलुखुम्बुको फाप्लुका लागि उडेको तारा एयरको ड्रोनियर जहाज अवतरणका क्रममा मन्थली विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ। सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो । तर, कुनै मानवीय क्षति भने भएको छैन । 9N-AKK कल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएकाे मन्थली विमानस्थल कार्यालयले जनाएको छ । विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ । विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकताले सोमबार पूर्णता पाउँदै छ। केन्द्रमा एकता भएको ११ महिनापछि आज एकैपटक ७७ जिल्लाका अध्यक्ष र सचिवको घोषणा गरेर नेकपाले एकता टुंगिएको सन्देश दिने तयारी गरेको हो। दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रममा ७७ जिल्ला नेतृत्वको घोषणा गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए। सोमबार नेकपाको ७० औँ पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती पनि हो। पार्टी स्थापना दिवसको अवसरमा नेकपाले पार्टी एकता टुंगिएको सन्देश दिन खोजेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले एकतालाई अन्तिम रुप दिएको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र…
एजेन्सी: दक्षिणी क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प आउने एक रिपोर्टले दाबी गरेको छ । यो कुरा क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी र युनिभर्सिटी अफ क्यालिफोर्निया (स्यान डियागो) को अध्ययनमा सार्वजनिक भएको हो । दक्षिण क्यालिफोर्नियामा सन् २००८ देखि २०१७ बीचमा २.० देखि ३.० म्याग्निच्यूडका २० लाख भूकम्प गएको अनुसन्धानमा पत्ता लागेको छ । भूकम्प कम तीब्रताका भएका कारण मानिसहरुले यो महसुस नगरेको बताइएको छ । रिपोर्टका अनुसार यो इलाकामा दैनिक ४९५ भूकम्प आयो । ३.० तीब्रता बढीका भूकम्पमात्र महसुस हुन्छः अमेरिकी भूगर्व विभागका अनुसार साधारणतया ३.० तीब्रता बढीका भूकम्पमात्र महसुस हुन्छ । साना तीब्रताका भूकम्प पत्ता लगाउन ती…
मुम्बई: बलिउड अभिनेता सलमान खान ५३ वर्षका भए । विवाह गर्ने उमेर बितिसके पनि उनको बिहेको चर्चा भने कहिल्यै सकिदैन । हरेक वर्ष सुपरहिट फिल्म दिने सलमान बलिउडका सुपरस्टार हुन् । उनीसँग कुनै पनि चीजको कमि छैन तर पनि उनले बिहे नगर्दा धेरैलाई चासो भइरहन्छ र सबैको मनमा उब्जिने प्रश्न नै यही हो कि किन सलमान खान बिहे गर्दैनन् । पछिल्लो पटक फिल्म ‘भारत’मा व्यस्त रहेको सलमान खानले फिल्मको प्रमोशनको क्रममा आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि खुलाएका छन् । उनी पारिवारिक जमघटमा धेरै बस्न मन पराउँछन् । जतिपनि समय उनी अरिरिक्त पाउँछन् पारिवारिक जमघटमा जुटिहाल्छन् । उनले…
काठमाडौं: सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिब शिवहरि सापकोटाले पानीजहाज कार्यालय र कर्मचारीको व्यवस्था भएसँगै समयअनुसारको ऐनको आवश्यकता परेको बताए । उनले ऐन संशोधन कार्यका लागि मन्त्रालयको व्यस्तता रहेको जिकिर गरे । ‘मन्त्रालय ऐन संशोधन गर्न्तिर व्यस्त छ । हामीले लगिरहेका छौँ’ –उनले भने । परामर्शदातामार्फत ऐन संशोधन गर्न गृहकार्य थालेको र केही दिनमै यो…
काठमाडौँ: समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५ को दफा १३ अनुसार अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी भएको छ । मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘आफूलाई अन्याय भएको भन्दै गुनासो सुनुवाइ हुने स्थिती छ । बाँकी कर्मचारीप्रति सरकार कठोर बन्ने छ ।’ त्यस्ता कर्मचारीलाई ऐनअनुसार २१ दिन भित्र हाजिर हुन नगए कारबाही गरिने तयारी भएको ती कर्मचारी बताउँछन् ।
काठमाडौं: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६ वटा कम्पनीले प्रस्ताव पेश गरेका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ खर्ब ३० अर्ब भन्दा बढी रुपैयाँ (३ अर्ब अमेरिकी डलर) प्रस्ताव गरिएको छ । सरकारले लगानी सम्मेलनमा लगानीकर्ता समक्ष्य प्रस्तुत गरेकोनिजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६ वटा कम्पनीले लगानी प्रस्ताव गरेको लगानी बोर्डले जनाएको छ । सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट ७७ परियोजनामध्ये ३१ परियोजनामा लगानी प्रतिबद्धता आएको छ। कूल २५ खर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ। २६ वटा परियोजना ‘शोकेश’ मा भएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो।
काठमाडौँ: नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ। भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौं उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो। निगमले आगामी वैशाख १८ (मे १ देखि) काठमाडौं नयाँदिल्ली सातामा १४ उडान गर्ने जनाएको छ। उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ। यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थापिएको निगमका सहायकप्रवक्ता नवराज कोइरालाले जानकारी दिए। यसअघि निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ ।