Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
धनुषा: गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन् । उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् । प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौँ: लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माणको अन्योलता हटाइ काम अघि बढाउन संसद्को विकास तथा प्रविधि मन्त्रालयले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकपछि सभापति कल्याणीकुमारी खड्काले अर्थ मन्त्रालय, लगानी बोर्ड, शहरी विकास मन्त्रालय र अन्य सरोकार भएका निकायका अधिकारीलाई पनि बोलाएर छलफल गरिने निर्णय सुनाउनुभयो । हिमाल, पहाड र तराईमा नयाँ शहर निर्माणका लागि एकीकृत अवधारणा तयार पार्न समितिले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बजेटको सुनिश्चितता भए ६ महीनामै काम शुरु गर्न सकिने गरी तयारी भइरहेको बताउनुभयो । एक सय ८५ नगरपालिकामा एकीकृत…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार (आज) बाट दैनिक १० घण्टा बन्द हुने भएको छ । २१ घण्टासम्म खोलेर सेवा दिइँदै आएको विमानस्थल अब ३ महिनासम्म १४ घण्टा मात्रै सञ्चालनमा आउनेछ । विहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै विमानस्थल खुला हुनेछ । विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम आजबाट सुरु गर्न लागिएको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको हो । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम थाल्न लागिएको हो । चीनको सरकारी कम्पनी चाइना नेशनल…
काठमाडौं:श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जान कलिङ्ग भिसा आएका श्रमिकलाई श्रम स्वीकृति दिने प्रक्रिया शुरु भएको बताएका छन्। करिब सात हजार श्रमिक कलिङ्ग भिसा आए पनि विगत १० महिनादेखि मलेसिया जान पाएका थिएनन्। वैदेशिक रोजगार विभागले अब ती श्रमिकलाई मलेसिया जान अनुुमति दिनेछ। ‘मलेसिया सरकारले स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड पठाएको सन्दर्भमा कलिङ्ग भिसा आएकालाई आर्थिक व्यायभार नपर्ने र श्रम सम्झौताको मर्म र भावना अनुुरुप वैदेशिक रोजगार व्यावसायी तयार भएपछि श्रम स्वीकृतिको प्रक्रिया सुरु भएको छ’, मन्त्री विष्टले भने, ‘अब छिट्टै नै स्वास्थ्य परीक्षणको मापदण्ड आइसकेकाले त्यसअनुरुप मलेसिया श्रमिक पठाउने नयाँ प्रक्रिया पनि सुरु गरिने…
तौलिहवा: कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए । छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा चेकजाँच कडा बनाई घटनामा संलग्न रहेकाको तीव्ररुपमा खोजी भइरहेको प्रहरी उपरीक्षक पुडासैनीले बताए । हत्या गरिएका पुरी…
काठमाडौँ: आइतबार साँझ एक्कासि वर्षासँगै आएको हावाहुरीले पर्सा र बारामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ४०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा बारामा मात्र २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन । दर्जनौं घाइते भएका छन् । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ । पर्सामा अहिलेसम्म ४ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जनाएका छन् । यहाँ पनि कैयौं घाइते भएका छन् ।हावाहुरी प्रभावितहरुको उद्धारमा उद्धारकर्ताहरु जुटिरहेको त्यहाँबाट हाम्रा सहकर्मी…
काठमाडौं: मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो। मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो। भट्ट, दास र उपाध्यायको कोस्टारिका भ्रमण कार्यक्रम मन्त्री मगरले नै स्वीकृत गरेकी थिइन्। मन्त्रीको विदेश भ्रमणसम्बन्धी निर्देशिका अनुसार मन्त्री र सचिवको विदेश भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने व्यवस्था छ तर सहसचिव र त्यसभन्दा मुनिका कर्मचारीको विदेश भ्रमणलाई सम्बन्धित मन्त्रीले स्वीकृति…
काठमाडौँ : नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत २३ गते शनिबार बस्ने भएको छ । काङ्ग्रेसले समसामयिक राजनीतिक परिस्थिति र भ्रातृ संस्थाको अधिवेशनका विषयमा छलफलका लागि बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बोलाइएको छ । काङ्ग्रेसले पार्टीको बैठकका लागि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।
काठमाडौँ: ‘रोटीबेटी’को भारत–नेपाल सम्बन्धभन्दा माथि नेपालको शान्ति र समृद्धि भारतीय स्वार्थ भएका हिन्दुस्तानका एक जना युवा नेताले बताएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार तुल्याउने नेपाल सरकारको लक्ष्यप्राप्तिमा सघाउन अधिक गरिबीका बीच पनि भारतले हासिल गरेको प्रगतिबाट लाभान्वित होस् भन्ने हृदयदेखि नै चाहेको बताएका छन् । ‘उदियमान भारतका आकांंक्षा र उसको विदेश नीति’ विषयमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल नामक संस्थाले आज राजधानीमा गरेको संगोष्ठीमा अखिल भारतीय विद्यार्थी परिषद्का सङ्गठन सचिव सुनिल अम्बेकरले भारतको राष्ट्रिय स्वार्थ नेपालको समृद्धि र सामाजिक विकास नै भएको बताउनुभयो । “नेपाल–भारतबीचको मैत्री राजनीतिक–आर्थिक सम्बन्धभन्दा उच्चस्थानमा रहेको र दुई राष्ट्रका जनतामाझ झांिगएको आत्मियता कूटनीतिक माध्यमबाट…