Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खुलामञ्च अतिक्रमणबारे अनुसन्धान थालेको छ। उजुरी परेपछि अतिक्रमण सम्बन्धमा छानबिन थालिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। ‘उजुरी पनि आएको छ, छानबिन सुरु गरेका छौं,’ उनले भने, ‘सञ्चारमाध्यममा आएका विषयमा अनुसन्धान गर्छौं।’ अख्तियार स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका सम्झौता गर्ने कर्मचारी र ठेकेदार कम्पनीमाथि अनुसन्धान भइरहेको छ। तत्कालीन प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, प्रशासकिय अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीलगायत कर्मचारी अख्तियारको अनुसन्धान घेरामा छन्। निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालमाथि अख्तियारले अनुसन्धान थालेको छ। २०७३ जेठ २० मा काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच ३ वर्ष खुलामञ्च…
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको बताइएको छ । आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि धन्यवाद व्यक्त गरिन् । चिनियाँ राष्ट्रपति सीले अन्तरराष्ट्रिय सहयोगका लागि ‘दोस्रो क्षेत्र र मार्ग मञ्च’मा समकक्षी भण्डारीले राम्रो विचार व्यक्त गरेको उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन आफू तयार रहेको बताइन् ।…
पाल्पा : पाल्पामा बेहुली लिएर फर्किर्दै गरेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। भिरपानीमा विवाह सकेर बेहुली लिएर फर्किर्दै गरेको लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो। पाल्पाको निस्दी गाउँपालिका ७ हुवासबाट जन्ती लिएर जिप भिरपानी पुगेको थियो। मृत्यु हुनेमा निस्दी ७ का ४५ वर्षीय खड्गबहादुर सोमै, सोही स्थानका ५५ वर्षीय देवीलाल खन्गाह, ४५ वर्षीय लालबहादुर सारु, ५७ वर्षीय सन्तबहादुर सारु र चालक बुद्धिबल सोती रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिए। जिप अनियन्त्रित भइ सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीको भनाइ…
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देखाउन मिल्ने गरी सरकारले एउटा पनि काम गर्न नसकेको आरोप लगाएका छन् । सोमबारबाट सुरु भएको संघीय संसदको बर्खे अधिवेशनलाई सम्बोधन गर्दै नेता देउवाले प्रधानमन्त्रीको समृद्धि गफ र नारामै सीमित भएको आरोप लगाए । प्रधानमन्त्री काम गरेर देखाउने ऐतिहासिक अवसरबाट चुकेको पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको दाबी छ । ‘सरकारले १४ महिनामा जनतामा आशा जोगाउने एउटा पनि काम गरेको छैन’, देउवाले भने, ‘जताततै निराशामात्र छ । प्रधानमन्त्रीले घोषणा गरेको समृद्धि गफ र नारामै सीमित भएको छ ।’ उनले कुहिरोभित्र हराएको कागको नियतिबाट बाहिर निक्लिएर सही बाटोमा हिँड्न सरकारलाई सुझाव दिए…
काठमाडौँ: शेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ। तिब्र उतार चढावका बीच सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ४.२१ अंकले घटेर एक हजार ३१० दशमलब ३१ अंकमा झरेको छ। सोमबार कारोबारको सुरुवाती १० मिनेट बजार तीन अंकले बढेको थियो। तर त्यसपछि तिब्र गतिमा झरेको बजारले पहिलो आधा घण्टामै २० अंक गुमायो। त्यसपछि नाटकीय रुपमा सुधार देखिएको बजारले पहिलो घण्टाको समाप्तिमा बढेर पुन १३१८ अंक भेट्टायो तर सूचक भने हरियो नहुँदै बजार ओर्लदो गतिमा देखिएको थियो। दुई बजेदेखि पून: सुधारोन्मुख भएको बजारले बृद्धि भने कायम गर्न सकेन। आजको कारोवारमा १ सय ७४ कम्पनीका ३० लाख कित्ता शेयर एक अर्ब १९…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । सोमबार बसेको नेकपा सचिवालयको अनौपचारिक बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्याक्रमबारे शीर्ष नेताहरुसँग सुझाव माग गरेपछि यस्तो सुझाव दिइएको हो । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले पार्टीको घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको सचिवालयका एक नेताले जानकारी दिए । ‘आजको अनौपचारिक बैठकमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रमबारे सुझाव माग्नु भएको थियो । हामीले सुझाव दिएका छौँ । मुख्यतः संविधानले भनेको समाजवाद उन्मुख नीति…
काठमाडौँ: स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड रायो भ्यालेकानोसँग पनि पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड कमजोर टिम भ्यालेकानोसँग उसैको मैदानमा १-० गोलअन्तरले पराजित भएको हो । भ्यालेकानोको जितमा एड्रियन इमबर्बाले गोल गरे । खेलको २३औं मिनेटमा नै भ्यालेकानोले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै इमबर्बाले गोल गरेका हुन् । पहिलो हाफमा १-० गोलले पछि परेको रियल मडि्रडले दोस्रो हाफमा गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो । हारसँगै लिगको तेस्रो स्थानमा रहेको रियल मडि्रडको ३५ खेलबाट ६५ अंक छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले यसअघि नै उपाधि जितिसकेको…
काठमाडौं: संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बजेट (वर्षे)अधिवेशन आजबाट सुरु हुन लागेको हो । संघीय संसद्को बर्खे अधिवेशन आज (सोमबार) बाट सुरु हुँदैछ। संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक सोमबार ४ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। यसपालिको बर्खे अधिवेशन पनि बजेट र कानुन निर्माणको अधविशेन हुने सरकारको भनाइ छ। गत वर्ष बर्खे अधिवेशनले बजेट पारित गरेपछि मौलिक हकसम्बन्धी १५ वटा कानुन पारित गरेको थियो। कानुनमन्त्री भानुभक्त ढकालले यो अधिवेशनमा मात्रै २२ वटा नयाँ विधेयक संसद्मा दर्ता हुने बताए। संसदीय समितिमा १९ वटा विधेयक छन्। सरकारले ल्याएका…
डोल्पा : उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ। जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन्। बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ। बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन्। छोराको हात भाचिँदा आफैंले जेनेरेटर बोकेर अस्पताल लगेको पीडित जयकृष्ण हमालले सुनाए। उनी भन्छन्, ‘स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ता गरी डोल्पाका नागरिकले दुःख पाइरहेका छन्, एक्सरे गर्न आफैं भाडामा जनेरेटर लिएर छोराको भाँचिएको हातमा प्लास्टर गर्नुप¥यो।’ अधिकांश बिरामीले भाडामा जेनेरेटर…
पाँचखाल: नेपाल सरकाले सुरु गरेको बिद्यार्थी भर्ना अभियानमा पाँचखाल नगरपालिकाका दुई बाबू नभएका साना टुहुरा नानिहरुलाई सुचना तथा संचार प्रबिधी मन्त्री गोकुल बाँस्कोटाको अभिभावकत्वमा बिद्यार्थी भर्ना गरिएको छ । मन्त्री आफै उपस्थित हुन नसकेपछि उनको प्रतिनिधिको रुपमा पाँचखाल नगरपालिका- १ मा वडा अध्यक्ष अष्ट तामाङले आमा र बाबु दुबै नभएकि पृतम तामाङ ज्ञानेस्वरी माध्यमिक बिद्यालयमा र पाँचखाल नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बालकृष्ण सापकोटाले गत बर्ष बाबू बितेको निस्मा सुनारको जनउद्वार प्राथमीक बिद्यालय भर्ना गरे । कार्यक्रम पाँचखाल नगरका नेकपा तर्फबाट कन्चन अधिकारी,आईतेसिंह तामाङ ,पुष्कर ढकाल,हरि खतिवडा ,नारायण ढकाल कुलमान तामाङ लगायतको सहभागिता थिए । यसअघि मन्त्री…