Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुअ रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना –१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ । यो समाचार आजको कान्तिपुर दैनिकमा गोविन्द पोखरेलले लेखेका छन् । अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्याटेलाइट प्रक्षेपण हुनेछ ।
काठमाडौं: सरकारले सुरु गरेको सबै नेपालीको बचत खाता अभियान अन्तर्गत ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी बैंकले बचत खाता सार्वजनिक गरेका छन्। सबै बैंकले खाता खोल्ने ग्राहकलाई बोनस स्वरुप सय रुपैयाँ जम्मा गरिदिन्छन्।ग्लोबल आइएमई बैंकले समृद्धसँग जोडौ नाताः सबै नेपालीको बैंक खाता अभियान अन्तर्गत सबै नेपालीको बचत खाता शीर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो। एनएमबी बैंकले एक घर एक खाता अभियान अन्तर्गत सबैका लागि बचत, सबैका लागि सहारा भन्ने नारा सहित एनएमबि बैकको सहारा बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकमा खाता खोल्नेले १८ वटा गम्भीर रोगहरु मध्ये कुनै…
काठमाडौँ: सशस्त्र प्रहरी बल नेपालले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न शान्तिसुरक्षाको क्षेत्रमा प्रतिबद्ध भएर लागेको बताएको छ । सशस्त्र प्रहरी बलले आज पत्रकार सम्मेलन गरी मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताएको हो । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले मुलुक र जनताका लागि सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगिएको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न सशस्त्र प्रहरीले खेल्नुपर्ने भूमिका खेलिरहेको छ,’ महानिरीक्षक खनालले भने । आईजीपी खनालले सशस्त्र प्रहरीले आफ्ना सबै युनिटमा मदिरा तथा सुर्तीजन्य पदार्थ किनबेचमा निषेध गरेको बताए । उनले सशस्त्र प्रहरीको सङ्गठनलाई चुस्त…
काठमाडौं: सर्वोच्च अदालतको आदेशपछि व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत रिहा भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गर्न अदालतले सोमबार साँझ आदेश दिएको हो । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै प्रधान्नयायधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बर बहादुर शाहीको संयुक्त इजलासले बस्नेत रिहा भएका अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेन गोलाबाट पक्राउ परेका थिए ।
काठमाडौँ: राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ। सो कार्य सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बटन थिचेर टनेल बोरिङ मेसिन (टिबिएम)लाई सुरुङ बाहिर निकाल्ने छन्। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुने आयोजनाले जनाएको छ। सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत् सुरुङ निर्माण गरेको हो। सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो। आयोजनाका निर्देशक सञ्जीव बरालले आयोजनाको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा मंगलबार बिहान…
काठमाडौँ: प्रजनन अधिकारको अभियान सन् १९६० को दशकबाट शुरु भएयता नेपाल लगायत धेरै मुलुकका लाखौं महिलाले आफ्नो शरीर र भविष्यबारे स्वयं निर्णय लिन सक्ने अवस्था भएता पनि यौन तथा प्रजनन अधिकारको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको कुरा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को नयाँ प्रतिवेदनले देखाएको छ । अधिकार र विकल्प छनौटको यस यात्रामा महिला र किशोरीहरुले धेरै आर्थिक र सामाजिक चुनौतीहरु सामना गर्नुपरेको छ भनी यूएनएफपीएको ‘विश्व जनसंख्या स्थिति २०१९’ ले बताएको छ । सन् १९९४ मा भएको जनसंख्या र विकासका लागि अन्तर्रा्ष्ट्रिय सम्मेलनमा नेपाल सहित १७९ राष्ट्रहरुले बृहत्तर प्रजनन स्वास्थ्य, ऐच्छिक परिवार नियोजन र…
काठमाडौँ: नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सले नेपाल बंङ्गलादेश बीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विकासमा दुबै सरकारका तर्फबाट विभिन्न तहमा औपचारिक भेटघाट समय–समयमा भएको र नेपालको निकासी बङ्गलादेशमा सहुलियतपूर्ण प्रवेशको लागि सहयोग गर्न सकारात्मक रहेको धारणा व्यक्त गरिन । साथै दुबै देश बीच सुविधा युक्त व्यापार सम्झौता गर्ने सन्दर्भमा समेत दुबै मुलुक सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेश भइसकेको हुँदा निकट भविष्यमा यो सम्झौतामा निर्णय हुने विश्वास व्यक्त गर्दै विशेष नेपालबाट बङ्गलादेशमा धागो आयात गर्न समेत आफू इच्छुक रहेको र यसको प्रक्रिया मिलाउन दूतावासको तर्फबाट पहल गर्ने धारणा व्यक्त गरिन । बङ्गलादेशका…
काठमाडौँ: प्रहरीलाई ३ लाख ५० हजार घूस दिन खोज्ने दिल्ली–काठमाडौं चल्ने टुरिष्ट बसका चालकसहित ३ जना पक्राउ परेका छन्। प्रहरीलाई घूस दिन खोज्ने भारतको दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बसका चालक श्याम विश्वकर्मा, सुर्खेतकी दिपा राना र नुवाकोट ककनीका भरत तामाङलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। करिब ५५ लाख ८८ हजार लत्ताकपडा अवैध रूपमा नेपाल भित्र्याएका उनीहरुलाई प्रहरीले गत चैत्र ३० गते साँझ काठमाडौंको चमतीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए। बसमा लुकाइ रहेको सो अवैध लत्ता कपडा छुटाउन प्रहरीलाई घूस…
काठमाडौं : नयाँ वर्षको पहिलो दिनको सेयर कारोबारमा सकारात्मक देखिएको छ । नेप्से सूचक हरियो बन्दा कारोबार रकम पनि सुधार आएको छ । आजदेखि एकैपटकमा ५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्रीमा प्यान लागू गरिएको छ । शेयर बजारमा अनिवार्य गरिएको स्थायी लेखा नम्बर(प्यान)राखेर सोमबार ५६ वटा शेयर कारोबार भएका छन्। पहिलो दिन ४१ जना लगानीकर्ताले प्यान नम्बर राखेर शेयर कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले(नेप्से)ले जनाएको छ। ५ लाख भन्दा कमको खरिदबिक्रीमा प्यान अनिवार्य छैन । लगानीकर्ताले स्वेच्छिक रुपमा निर्णय गर्न सक्छन् । वर्षको पहिलो दिनको कारोबारमा बजार बढेकाले लगानीकर्ताको मनोविज्ञानमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।…
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो । तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए । यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् । लोकमानसिंह कार्की प्रवृत्तिबाट जनविश्वास गुमाएको अख्तियारमा घिमिरे प्रमुख आयुक्त भएसँगै आशाको सञ्चार भएको थियो । ठीक त्यति बेलै आयुक्त पाठकले घुस लिएको भिडियो बाहिरियो। नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख घुस लिएको खुलेपछि पाठक राजीनामा दिन बाध्य भए । अख्तियारले आफ्नै आयुक्त पाठकविरुद्ध मुद्दा दायर गर्यो । यो…