Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उतीर्ण नगरी डा.. लेख्ने अधिकार हुँदैन तर क्षेत्रीलाई चिकित्सकको हैसियतमा पदक दिइएको खुल्न आएको छ । बंगलादेशबाट एमबीबीएस गरेको थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण भएपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणको. ठाडो सिफारिसका आधारका पदक हात…
काठमाडौं: सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन् । सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका हुन् । १ चैत ०७४ मा अवकाश पाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले एक करोड २९ लाख ६० हजार मूल्य पर्ने टोयोटा फच्र्युनर फिर्ता गरेका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । पराजुलीपछि प्रधानन्यायाधीश बनेका ओमप्रकाश मिश्रले अवकाश हुनुभन्दा केही समयअघि मात्रै खरिद गरेको टाटा स्ट्रोम लगेका छन् । सरकारी सुविधाको सबैभन्दा महँगो गाडी अवकाशपछि निजी बनाएर प्रयोग गर्ने पूर्वप्रधानन्यायाधीश हुन् कल्याण श्रेष्ठ । उनले करिब साढे दुई करोडको…
काठमाडौं: यो चालू आर्थिक वर्षको सुरु ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपियाँ खर्चेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा सुम्निमा काफ्लेले लेखेकी छिन् । साउनदेखि फागुनको दोस्रो सातासम्मको अवधिमा त्रिभुवन अन्तर्रा्ष्ट्रि«य विमानस्थलबाट मृतकको घरसम्म शव लैजाँदा उक्त रकम खर्च भएको बोर्डले जनाएको छ । यस अवधिमा वैदेशिक रोजगारमा गएका मृतक कामदारमध्ये ५ सय १० पुरुष र ९ महिला रहेका छन् । यो अवधिमा ज्यान…
काठमाडौँ: संघीय संसद्को सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेन्डरविना नै गरिएको खर्चबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ: नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् । दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्योलमा परेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् । यस्तो छ सेवाहदको राजनीति ०४८ देखि प्रहरीमा सेवाहदको राजनीति हुन थालेको थियो । त्यसबेला सरकारले रत्नशमशेर राणालाई हटाएर मोतीलाल बोहरालाई आइजिपी बनाउन ३० वर्षे सेवाहद लागू गरायो । तर, लगत्तै सेवाहद हटाएको थियो । ०६५ मा फेरि सेवाहद लागू भएपछि यो कायमै छ…
काठमाडौं: केही हप्ता यता आन्दोलनरत सरकारी चिकित्सक संघ नेपालले १५ दिनका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले आफ्ना मागहरुप्रति सकारात्मक सोच राखी १५ दिनभित्रै समस्याको सम्बोधन गर्ने सम्बन्धित निकायको प्रतिबद्धता आएकोले त्यतिञ्जेलसम्मका लागि आन्दोलन स्थगित गर्ने जनाएको हो । संघले आन्दोलनका क्रममा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण चिकित्सक वर्ग, कर्मचारी तथा संघलाई साथ दिने सम्पूर्ण संघ–संस्था र विशेष रुपमा आन्दोलनको अपनत्व ग्रहण गर्ने पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिककर्मी, सुरक्षाकर्मी लगायतलाई हार्दिक कृतज्ञता ज्ञापन समेत गरेको छ ।
काठमाडौँ: तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ विमानस्थलभित्रै पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि विमानमा आगो लागेको थियो। दुर्घटनामा विमानस्थलमा कार्यरत सेक्युरिटी गार्ड र समिट एयरकै कोपाइलटको पनि मृत्यु भएको छ। दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ। आज बिहान ९:२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हो । विमानमा के कति यात्रु थिए पुष्टि भएको छैन।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरेर व्यक्तिका नाममा कायम गरिएका सरकारी जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ वर्ष २०७६ को अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिको अनधिकृत दोहन गर्नेलाई छुट नदिइने बताए। उनले विदेशी विनियम कारोबार, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अनुचित कामको छानबिन जारी रहेको बताए। देशवासीलाई सम्बोधन गर्दै उनले भने ‘जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जानेछन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन । ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक नै छ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण रहेको बताउँदै अन्त्यका…
काठमाडौँ: नयाँ वर्ष २०७६ आजबाट शुभारम्भ भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष सेलिब्रेशनका लागि मुलुकभरका प्रमुख पर्यटकीय गन्तब्यका होटल आन्तरिक भरिभराउ भएका छन्। काठमाडौं नजिकका पर्यटकीय गन्तब्य नगरकोट, धुलिखेल लगायतमा रहेका होटलमा आन्तरिक पर्यटक भरिभराउ छन् भने चितवन र पोखरामा पनि पर्यटकको चाप बढी देखिन्छ। सौराहाका होटल नयाँ वर्षका लागि एक साता अघिनै ७० प्रतिशत भन्दा बढी रुम बुकिङ भइसकेका थिए। आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले…
सिरहा: सल्हेस फूलबारीको मध्यभागमा हारमका दुइटा रूख छन्। यसमा रहेको चाँदीगाभा (सुनाखरी) वैशाख १ गते ढकमक्क फुल्छ। फूल हेर्न नयाँ वर्षमा घुइँचो लाग्छ। यो ठाउँ पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१२ भोटिया टोल चोकबाट डेढ किलोमिटर दक्षिणमा पर्छ। हारमका रूखनजिकै प्रतिमासहित मालिनी मन्दिर छ। त्यसको ५० मिटर दक्षिणमा सल्हेस मन्दिर छ। यहाँको कथा १४औं शताब्दीका राजा सल्हेस र उनका प्रेमिका मालिनीहरू (रेशमा, कुशमा र दौना) बीचको सम्बन्धसँग जोडिएको छ। त्यस बेला सिरहा सदरमुकामलाई महिसोथा गढ राज्य भनिन्थ्यो। यहींका राजा थिए, सल्हेस। किंवदन्तीअनुसार उनी मानिक दहमा स्नान गर्थे। फूलबारीमा फूल लिन्थे। सिल्हट अखडामा कुस्ती खेल्थे। सल्हेस गढमा गएर देवीदेवताको पूजा गर्थे। फूलबारी मालिनीहरूको…