Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
पर्सा : जिल्ला प्रहरी कार्यालयले आज वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले २४ किलो चरशेसहित भारतको कोलकता शिविपुर निवासी वर्ष ३० का सहनवाद अब्दुललाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा वीरगञ्जबाट भारत तर्फ जाँर्दै गरेका अब्दुललाई रोकी जाँच गर्दा चरेश बरामद भएपछि आवश्यक अनुसन्धनाका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।
भरतपुर: गैँडाकोट नगरपालिका–७ का मनहरि सापकोटाले सङ्घर्षको पापड बेल्नसम्म बेल्नुभएको छ । विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उहाँको मनमा ताजै छ । दिनभरी काम गरेर पनि घरखर्चसम्म चलाउन धौधौ हुने उहाँलाई मकैको व्यापार आम्दानी अपार सिद्ध भएको छ । पसिनाको कमाइ खानुको मज्जा उहाँलाई मात्रै थाहा छ । कामको पूजा गर्ने उहाँले पूर्वपश्चिम राजमार्गको गँैडाकोटमा ओहोरदोहोर गर्ने गाडीका यात्रुलाई हरियो मकै बेच्नुहुन्छ । नवलपुरको गैँडाकोट–८ थुम्सी नजिकै हरियो र पोलेर मकैं बेच्ने उहाँजस्ता ८० स्थानीयवासी छन् । एकै जनाले मकै बेचर मासिक रु ३५ हजारदेखि ४० हजारसम्म कमाउने गरेका छन् । सापकोटाले विगत पाँच वर्षदेखि सोही ठाउँमा बसेर…
काठमाडौँ : सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भई निर्माणको ढाँचा टुङ्गो लगाइने भएको छ । पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो रेलमार्गको विषयमा केही समयभित्रै आवश्यक तयारी पूरा हुने जानकारी दिनुभयो । उहाँले सो रेलमार्गको लागत हालको मूल्यका आधारमा रु तीन खर्ब बराबर हुने जानकारी दिँदै कुन आधारमा कसरी लगानी जुटाउने भन्ने बारेमा सरकारले शीघ्र निर्णय गर्नेसमेत बताउनुभयो । विकासको प्रमुख आधारका रुपमा भौतिक…
काठमाडौँ: अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि सरकारले लगानी सुरक्षाप्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ । कृषि क्षेत्रमा ठूलो लगानी भित्र्याएर व्यावसायिक बनाउँदै भौगोलिक र हावापानीको विविधताका साथै दुई ठूला छिमेकीमूलुकको बजारको सम्भावनालाई परिणाममुखी बनाउने योजनाका साथ सरकराले दातृ निकाय, उद्योगी व्यवसायी तथा विभिन्न देशका लगानीकर्तालाई लगानीका लागि कुनै कानूनी व्यवधान नरहेको भन्दै आश्वस्त पारेको छ । नेपाली लगानी सम्मेलन २०१९को दोस्रो दिन आज काठमाडौँमा भएको कृषि र वन उत्पादनसँग सम्बन्धित सत्रमा यस क्षेत्रका विज्ञ तथा लगानीकर्तालाई कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले नेपाल सानो देश भए पनि लगानीको प्रसस्त…
काठमाडौँ: जिल्ला अदालत सिन्धुपाल्चोकले राज्यविरूद्धको अपराध कसुरमा मुद्दा चलाइएका विप्लव माओवादीका १७ जना कार्यकर्तालाई धरौटी तथा सामान्य तारेखमा छोडेको छ। बुधबार जिल्ला अदालत सिन्धुपाल्चोकले १७ जनामध्ये एक जनालाई २५ हजार धरौटी, १३ जनालाई ६-६ हजार धरौटी र तीन जनालाई साधारण तारेखमा राख्ने आदेश दिएको हो। सबैलाई राज्यविरुद्धको अपराध कसुरमा अधिकतम् सजाय माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अदालतमा मुद्दा लगेको थियो। मुलुकी अपराध संहिताअनुसार राज्यविरुद्धको अपराधमा २५ वर्षसम्म सजाय हुने व्यवस्था छ। सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीका अनुसार पक्राउ परेकाहरूलाई प्रचलित ऐन कानुनविपरीत राज्यविरुद्ध अपराध गरेको अभियोगमा २१ दिन थुनामा राखेर अदालत पेश गरिएको थियो। पक्राउ परेकाबाट विद्युत प्राधिकरणका जिल्ला…
काठमाडौं – कांग्रेस विधानमा महाधिवेशनले चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्ने प्रावधान छ । यस आधारमा १४ औँ महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । विधानमा विशेष कारण देखाएर एक वर्ष थप गर्न पाउने व्यवस्थासमेत गरिएको छ । तर, पार्टीका शीर्ष नेताहरू महाधिवेशन आएझैँ देश दौडाहाको प्रतिस्पर्धामा लागेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंहसहितका नेताहरू पछिल्लो तीन सातायता विभिन्न जिल्ला पुगिसकेका छन् । केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुन नपर्ने गरी विधानलाई अन्तिम रूप दिएपछि शीर्ष नेताहरूले जिल्ला भ्रमणलाई प्राथमिकतामा राखेको देखिन्छ । नेताहरूले जिल्लामा…
काठमाडौं: विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो । शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने तयारी गरेको हो । शिक्ष ऐनम फेल भएका शिक्षकले स्वतः अवकास हुने व्यवस्था भएपछि सरकारले तत्काल समस्या समाधान गर्न ती शिक्षकलाई पुनः नियुक्ति दिइने हल्ला चलेको थियो । यो समाचार ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।
बेइजिङ: संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा शुक्रबार सम्पन्न भएको छ । वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन् । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुक अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूतरुपमा अगाडि बढेको छ । अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ वार्तामा सहभागी हुनुभएको थियो । चीनका तर्फबाट उपप्रधानमन्त्री एवं वरिष्ट आर्थिक अधिकारी लिऊ हेले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । चीनको जनकङ्ग्रेसले विदेशी…
काठमाडौं: राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत विमल खड्काविरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर सरकारी लाभको पद लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । नक्कली प्रमाणपत्र पेश गरी अनुसन्धान अधिकृतमा बढुवा भएको पुष्टि भएपछि शुक्रबार खड्काविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। भारतबाट प्राप्त आईए तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा बहाल रही लाभ लिएको देखिएकोपछि उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय हुन मागदाबी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
काठमाडौं: नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व छान्न शनिबार निर्वाचन शुरु हुदै छ । १० हजार तीन सय १३ मतदाताले बार केन्द्रीय कार्यसमिति छान्न मतदान गर्ने छन्। बार निर्वाचन समितिका अनुसार, मतदातामध्ये ६ हजार आठ सयजनाले सर्वाेच्च अदालत परिसरमा तोकिएको मतदात केन्द्रमा मतदान गर्नेछन्। बाँकी तीन हजार दुई सय ६३ मतदाताले विभिन्न जिल्लामा तोकिएका ३४ वटा मतदानकेन्द्रबाट मताधिकार प्रयोग गर्नेछन्। बार न्यायालयका गतिविधिसँग जोडिने भएकाले यसको निर्वाचनलाई महत्वसाथ हेर्ने गरिएको छ। सत्तारुढ नेकपा निकट मानिने पेसागत तथा प्रगतिशील समूह मधेसी तथा आदिवासी जनजाति कानुन व्यवसायीसँग गठबन्धन गरेर चुनावमा होमिएको छ। त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन पनि प्रजातान्त्रिक…