Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चौधरी ग्रुपले एकैपटक ४ वटा लगानी सम्बन्धी चारवटा समझदारीपत्र -एमओयू)मा हस्ताक्षर गरेको छ । ग्रुपले तीन वटा विदशी कम्पनीलाई नेपालमा लगानीका लागि ल्याउने तय भएको छ । चौधरी ग्रुपले मिल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुपसँग एमओयू गरेको छ । त्यसैगरी चौधरी ग्रुपले ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीलाई भित्र्याउने भएको छ । यो कम्पनीसँग पनि लगानी सम्मेलनमा नै समझदारी भएको छ । यसैगरी कम्पनीले सिजी टेलिकममा आफ्नो साझेदारका रुपमा टेलिसेलसँग पनि समझदारी गरेको छ । सिजीले टेकिलम क्षत्रेमा आउन योजना बनाएको लामै समय भइसकेको छ । चौधरी समूहले प्रदेश २ मा २…
काठमाडौँ: बाराको सिमरामा निर्माणाधिन विशेष आर्थिक क्षेत्र (सेज) मा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले लगानी गर्ने भएको छ । सिमरा सेजलाई सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लगानी बोर्ड, सिमरा सेज र आईएफसीबीच सम्झौता (एमओयू) भएको हो । काठमाडौं जारी लगानी सम्मेलनमा शनिबार लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) महाप्रसाद अधिकारी, सिमरा सेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. चण्डिका भट्ट र आईएफसीका लागि नेपाल, भुटान र बंग्लादेशकी देशीय प्रमुख वेण्डी वेनर एमओयूमा हस्ताक्षर गरे । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको ४, १४ र १५ गरि तीन वडामा कुल ८ सय ३३ विघा क्षेत्रफलमा ५ वटा व्लकमा सेज निर्माण गर्ने योजना छ ।…
काठमाडौँ: कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो । आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन भएको थियो । बारको २५ कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी दिनुभएको थियो । नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ । अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बन्नुभएको छ । आज भएको निर्वाचनले तीनवर्षका लागि हुने कार्यसमितिमा…
काठमाडौँ: सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । आज यहाँ सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएलगत्तै आयोजनाले गति लिने विश्वास गरिएको छ । सो आयोजनामा स्टेट बैंक इण्डियाले रु ६ हजार ५६० करोड, एभरेष्ट बैंकले रु ८१२ दशमलव ६१ करोड र नबिल बैंकले रु ४८७ दशमलव ५८ करोड लगानी गर्ने भएका छन् । लगानी सम्मेलनमा भएको यो नै ठूलो लगानीसम्बन्धी सम्झौता हो । सम्झौतामा सतलज विद्युत् निमगका अध्यक्ष शतिशकुमार शर्मा र…
काठमाडौँ: महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले आज बिहान रौतहटबाट काठमाडौँ आउँदै गरेको ना५ख २२३३ नंको बस जाँच गर्ने क्रममा सो बसमा सवार २३ वर्षीय रूबोधकुमार यादवलाई स्रोत नखुलेको रु २० लाख नगदसहित पक्राउ गरेको छ । रौतहट राजदेवी नगरपालिका– ७ घर भएका यादवलाई आफूले बोकेको सो नगदको स्रोत खुलाउन नसकेको हुँदा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
लहान: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको विषयमा आजदेखि छानबिन शुरु गरेको छ । प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशङ्कामा सिआइबीको अनुसन्धान टोलीले आइटी विशेषज्ञको सहयोग लिएर सप्तरीलाई केन्द्रबिन्दु बनाई छानबिन शुरु गरेको हो । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले सप्तरीबाट काम शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । सिआइबीको अनुसन्धानबाट घटनाको सत्यतथ्य खुल्ने विश्वास गरिएको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा आजदेखिका सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा…
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताउनुभएको छ । लगानी सम्मेलनमा सहभागी स्वदेशी एवम् विदेशी लगानीकर्तालाई उहाँले भन्नुभयो, “ढुक्क हुनुहोस् र लगानी गर्नुहोस् ।” सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुने गरी कानूनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले नेपालमा लगानी गरेर उच्च प्रतिफल हासिल गर्नसमेत आग्रह गर्नुभयो । राजनीतिक स्थायित्वले लगानीकर्तालाई विश्वास दिलाएको उल्लेख गर्दै उहाँले सबै प्रकारको सुधारबाट लगानीमैत्री वातावरण बनाइएको र निर्णय प्रक्रियालाई सहज बनाइको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले प्छिल्ला दिनमा व्यवस्थापन तथा बजारीकरणमा नवीन प्रयास गरिएको,…
काठमाडौँ : अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न १५ वटा परियोजनामा लगानी जुटाउनेसम्बन्धी समझदारी भएको छ । केही परियोजना संयुक्त लगानीमा निर्माण गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो भने केही सम्मेलनका क्रममा पहिलो संयुक्त सम्झौताका रुपमा चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी भएको छ । सो समझदारीपत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सर्राफ ग्रुपका कार्यकारी निर्देशक सलाह सर्राफले हस्ताक्षर गर्नुभयो । नेपालमा ६०० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी भयो । उक्त समझदारीमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र स्काई पावरका प्रमुख कार्यकारी अधिकृत केरी एल्डरबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सिजी लाइफ र टर्कीमा…
पर्सा : जिल्ला प्रहरी कार्यालयले आज वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले २४ किलो चरशेसहित भारतको कोलकता शिविपुर निवासी वर्ष ३० का सहनवाद अब्दुललाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा वीरगञ्जबाट भारत तर्फ जाँर्दै गरेका अब्दुललाई रोकी जाँच गर्दा चरेश बरामद भएपछि आवश्यक अनुसन्धनाका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।
भरतपुर: गैँडाकोट नगरपालिका–७ का मनहरि सापकोटाले सङ्घर्षको पापड बेल्नसम्म बेल्नुभएको छ । विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उहाँको मनमा ताजै छ । दिनभरी काम गरेर पनि घरखर्चसम्म चलाउन धौधौ हुने उहाँलाई मकैको व्यापार आम्दानी अपार सिद्ध भएको छ । पसिनाको कमाइ खानुको मज्जा उहाँलाई मात्रै थाहा छ । कामको पूजा गर्ने उहाँले पूर्वपश्चिम राजमार्गको गँैडाकोटमा ओहोरदोहोर गर्ने गाडीका यात्रुलाई हरियो मकै बेच्नुहुन्छ । नवलपुरको गैँडाकोट–८ थुम्सी नजिकै हरियो र पोलेर मकैं बेच्ने उहाँजस्ता ८० स्थानीयवासी छन् । एकै जनाले मकै बेचर मासिक रु ३५ हजारदेखि ४० हजारसम्म कमाउने गरेका छन् । सापकोटाले विगत पाँच वर्षदेखि सोही ठाउँमा बसेर…