Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटलले सहज जित निकालेको छ। टस जितेर फिल्ड रोजेको दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चार विकेटको जित निकालेको हो। पहिलो ब्याटिङ गरेको बैंग्लोरले ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो। १५० रनको लक्ष्य पछ्याएको दिल्लीले ७ बाँकी हुँदा जित दर्ता गरेको हो। दिल्लीका लागि श्रीयश ऐरले ५० बलमा दुई छक्का र ८ चौकाको मद्दतामा सर्वाधिक ६७ रन बनाए। दिल्लीका लागि पृथ्वी शाले २२ बलमा २८ रन बनाए। कोलिन इनग्रामले २१ बलमा २२ रन बनाए भने ऋषव पन्तले १४ बलमा १८ रन बनाए। आइतबारको खेलमा दिल्लीको जितसँगै…
काठमाडौं: गरिवी निवारण कोषभित्र चलेका सम्पूर्ण आर्थिक क्रियाकलापका अनुगमन र नियमन गर्न सरकारले सचिवको नेतृत्वमा ५-सदस्सीय समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक जना सचिवको नेतृत्वमा गठन गर्ने निर्णय भएको आज बसेको गरिवी निवारण कोषको ७० औं बोर्ड बैठकले गरेको हो। बैठक कोषका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको थियो। बैठकमा ओलीले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई निर्देशन दिएको, कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले पहिलोक्लिक छन् । कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैहृय नहुने बताएका छन् ।…
काठमाडौं: काठमाडौं महानगरभित्र चल्ने सार्वजनिक बसहरु अब राति १० बजेसम्म अनिवार्य रुपले सञ्चालन हुनै पर्ने व्यवस्था लागु हुने भएको छ । काठमाडौं महानगरपालिकाले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने बसले विहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । कात्तिकदेखि माघ मशान्तसम्म भने बसले विहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्नेछ । ऐनमा महानगरपालिकासँग स्वीकृति नलिई सवारी साधनमा कुनै विज्ञापन राख्न नपाइने, बसमा फोहोर फाल्ने भाँडा, अग्नि नियन्त्रक उपकरण, राख्नुपर्ने चालक र सहचालकलाई पोशाक उपलब्ध गराउने, यात्रुलाई गुनासो गर्ने व्यवस्था मिलाउने व्यवस्था गरिएको छ । …
काठमाडौं : नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि भोली (सोमबार) मध्याह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि १ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल असार २४ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि १ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०७६ असोज २१ गते परिपक्क…
काठमाडौँ: संघीय सरकारको मन्त्रिपरिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ। बैठक १० बजेदेखि चलेको हो। सिंहदरबारमा ११ बजेका लागि डाकिएको गरिवी निवारणको बैठक समेत नबसी अहिले क्याबिनेट बसिरहेको छ, सिंहदरबार स्रोतले बतायो। कोषको अध्यक्ष रहेका प्रम ओली र कोषका पदाधिकारीसमेतको उपस्थितितमा सिंहदरबारमा बैठक डाकिएको हो।
काठमाडौं: मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रूपमा बिक्री गरेको जग्गामा भाटभटेनी र एनआरएनएले भौतिक संरचना बनाएका हुन्। स्रोतका अनुसार ती दुवै संरचना र त्यससँग जोडिएको जग्गा पुनः सरकारका नाममा ल्याउने तयारी भइरहेको छ। भाटभटेनीका सञ्चालकले राणा परिवारबाट तथा एनआरएनएले जग्गा हडप्ने मुख्य योजनाकार (मतियार) मध्ये रामकुमार सुवेदी, शोभाकान्त ढकाल तथा उनका आफन्तबाट सो जग्गा खरिद…
काठमाडौँ: नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । सोही अनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरू नामकरणमा जुटेका हुन् । वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भने, “बारा, पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ ।” …
काठमाडौँ: भारतको राजस्थान घर बताउने चार भारतीय नागरिकलाई प्रहरीले शुक्रबार झन्डै ६ किलो अवैध सुनसहित पक्राउ गर्यो । थाइल्याण्डबाट आएका भारतीय नागरिक बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनीतालाई भन्सार र सुरक्षाजाँच पास गरेर त्रिभुवन विमानस्थल बाहिरको नयाँ पार्किङ क्षेत्रमा पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । गृह मन्त्रालयले फागुन १३ मा जारी गरेको ‘गृह प्रशासन सञ्चालनको एक वर्ष’ प्रतिवेदनमा संगठित सुन तस्करीको सन्जाल ध्वस्त पारेको दाबी गरेको डेढ महिनापछि विमानस्थलबाट यति धेरै अवैध सुन बरामद भएको हो । शुत्रबार बरामद भएको सुन तस्करीको शैली भने नयाँ थियो । पक्राउ परेकाहरु प्रहरी अधिकारीहरुलाई झुक्याउन सुनको बाला,…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका अठोट अनुसार अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेका तुइनलाई झोलुङ्गे पुलबाट विस्थापित गरेर मुलुकलाई तुइनमुक्त बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । तुइनको पहिचान भई झोलुङ्गे पुल बनाउन सम्भव भएका स्थानहरुमा आगामी आर्थिक वर्ष्भित्र तुइन विस्थापित गर्ने कार्य पूरा हुने भएको छ । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा सिंहदरबारमा पदभार ग्रहण गर्दै मुलुकमा रहेका तुइन दुई वर्ष्भित्रमा झोलुङ्गे पुलले विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । उनले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय अनुमोदन गरेको थियो ।
काठमाण्डौ: देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार यसकै प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । अहिले मौसम खराब भए पनि अब केहीबेर पछि काठमाण्डौसहित मध्य र पश्चिमको धेरै ठाउँमा घाम लाग्ने उहाँको अनुमान छ । तर पूर्वमा भने मौसम खुल्ने संभावना कम रहेको उहाँको भनाइ छ । केहिबेरपछि मौसम…