Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

नयाँदिल्ली:  भारतकाे गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरकाे अाइतबार ६३ वर्षकाे उमेरमा निधन भएकाे छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनाेहरकाे निधन भएकाे जानकारी दिनुभएकाे हाे । उहाँ लामाे समयदेखि पेटकाे क्यान्सरबाट पीडित हुनुहुन्थ्याे । पर्रिकरकाे निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शाेक व्यक्त गर्नुभएकाे छ । भाजपाका नेता मनाेहर केही समय भारतकाे रक्षामन्त्री पनि बन्नुभएकाे थियाे । तर गाेवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गाेवाकाे मुख्यमन्त्री बन्नुभएकाे थियाे । उहाँ गाेवामा लामाे समयदेखि मुख्यमन्त्री पदमा रहनुभएकाे छ । उहाँलाइ स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ।

Read More

काठमाडौँ: काठमाडौंका कुखुरामा कडा किसिमको बर्डफ्लु देखिएको छ। पशुसेवा विभागका अनुसार तारकेश्वर र टोखा क्षेत्रमा बर्डफ्लु देखिएको हो। यो बर्डफ्लु मान्छेमा समेत सर्नसक्ने एच फाइभ एन वान र एच फाइभ एन एट प्रकारको हो। यसको नियन्त्रणका लागि बर्डफ्लु संक्रमति कुखुरा नष्ट गर्ने तथा प्रभावित पोल्ट्री फार्महरूमा विषादी छर्कने काम भइरहेको पशुसेवा विभागले जनाएको छ। विभागकी उपमहानिर्देशक डा. सम्झना काफ्लेका अनुसार काठमाडौंका अन्य स्थानमा पनि बर्डफ्लु भए नभएकोबारे अुनगमन गर्ने तयारी भइरहेको छ। तारकेश्वर-७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्री फार्ममा बर्डफ्लु भेटिएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा…

Read More

गलकोट: कुनै समय एक चिकित्सकको भरमा चलेको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालले अहिले विशेषज्ञसहितको सेवा उपलब्ध गराउँदा जनाता खुशी भएका छन् । साविक धौलागिरि अञ्चलकै एकमात्र सुविधा सम्पन्न उक्त अस्पतालमा लामो समयपछि विशेषज्ञ चिकित्सक आएकाले जिल्लावासी खुशी भएका हुन् । हाल अस्पतालमा आधा दर्जन भन्दाबढी विशेषज्ञसहितका चिकित्सकले भएकाले बिरामीको सङ्ख्या पनि वृद्धि भएको छ । लामो समयदेखि ‘रेफर सेन्टर’का रुपमा चिनिएको उक्त अस्पतालमा सबैभन्दा बढी स्त्रीरोग विशेषज्ञका माग हुँदै आएको थियो । भौतिक पूर्वाधारको व्यवस्थापनका साथै विशेषज्ञ चिकित्सकका कारण उपचारमा सहज भएको डा सागरकुमार राजभण्डारीले बताउनुभयो । “अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक ल्याउन सबैको पहलले सम्भव भएको छ”, व्यवस्थापन…

Read More

काठमाडौँ: राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको बताएको छ । भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ । आज गएको भूकम्प ४.१ रिक्टर स्केल मापन गरिएको छ । ०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।

Read More

भीमदत्तनगर: आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन । उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।” सुनारले भन्नुभयो, “खेतमा खनजोत गर्न जाँदा पनि दुव्यर्वहार सहनुपर्ने स्थिति बन्छ ।” पुर्नवासमा उक्त क्षेत्र भारतीयले आफ्नो भूमिमा पार्ने दाबी गर्दै आएको छ ।“सत्र वर्षदेखि आफ्नो जमीन छुटाइदिन विभिन्न निकाय हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ भएन ।” आफूसित भएको जग्गाको…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ । यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । पार्टी कार्यालयले भने सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै सो बैठक स्थगन गरिएको जनाएको थियो…

Read More

एजेन्सी: कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार राति सानदार जित हात पारेको छ । बार्सिलोनाले रियल बेटिसलाई उसैको घरेलु मैदानमा ४–१ गोलले पराजित गर्दा मेस्सीले ५१ औं ह्याट्रिक पूरा गरे । यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १० अंकको अग्रता कायम राखेकाे छ । मेस्सीले १८ औं मिनेटमा करिव २० यार्डबाट फ्रिकिक गोल गर्दै टोलीलाई पहिलाे अग्रता दिलाए । उनले पहिलो हाफको इन्जुरी समयमा लुइस स्वारेजको पासमा दोस्रो गोल गरे । ६३ औं मिनेटमा स्वाारेजले एकल प्रयासमा गोल गर्दै बार्सिलोनालाई बलियो स्थितिमा ल्याए । खेलभर दबाब झेलेको रियल बेटिसले ८२ औं मिनेटमा एक गोल फर्काएको…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन् । ‘उनले दुई पटक बयान दिइसकेका थिए भने लगत्तै अर्को दिइसकेका थिए भने लगत्तै अर्को बयानका लागि डाक्ने योजना थियो’ अख्तियार उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘एकाएक उनको फोन अफ भयो, घरमा थिएनन् । अनुसन्धान गर्दा गाडीबाट भारततिर हिँडेको पुष्टि भइसकेको छ ।’ न्यौपानेमाथि नेपाल इन्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घूस बुझाएको आरोप छ ।

Read More

काठमाडौं: सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट राष्ट्रिय गौरवका आयोजना र स्थानीय सरकारअन्तर्गतका विकास परियोजना अवरुद्ध हुनसक्ने भन्दै प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विशेष परिपत्र गर्दै रक्षा मन्त्रालय र गृह मन्त्रालयले प्रतिबन्धित नेकपा सम्बद्ध नेता÷कार्यकर्ताको निगरानी गर्न तथा विकास–निर्माणका आयोजनामा आवश्यक सुरक्षा सावधानी अपनाउन निर्देशन दिएका हुन्। गृह र रक्षा मन्त्रालयले स्थानीय तहका प्रशासनिक तथा विकास निर्माणसम्बन्धी काममा पनि सुरक्षा सावधानी अपनाउन परिपत्र गरेका छन्। ‘सुरक्षा निकायहरुको प्रभावकारी समन्वयमा राष्ट्रिय गौरवका आयोजना/परियोजना, विकास–निर्माण तथा स्थानीय निकायका कामकारबाही सुरक्षाका कारण प्रभावित हुन नदिने वातावरण तयार गर्ने’, चारवटै…

Read More

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेका अधिकार हनन् गरी परिषद्लाई प्रधानमन्त्रीको छाँया बनाउने प्रस्ताव गलत भएको टिप्पणी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ – विधेयकको मस्यौदाले सेना परिचालन गर्ने संवैधानिक व्यवस्थाको उल्लङ्घन गरेको छ, प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक हो । “मुलुकमा उत्पन्न हुने सबैखाले समस्याको हल संविधानको परिधिभित्रबाट खोज्ने कर्तव्य राज्यको हो तर कुनै निश्चित विषयलाई कारणका रुपमा…

Read More