Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
गोरखा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण गरेको बताउनुभएको छ । गोरखामा आज पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सरकारले विप्लव समूहलाई वार्ताका लागि आह्वान गरेको भन्दै संविधान कार्यान्वयन हुन नदिने उसको क्रियाकलाप नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउनुभयो । “प्रधानमन्त्रीले वार्तामा आउन आह्वान गर्नुभएको कुरा सञ्चारमाध्यममा बाहिर आइरहेकै छ”, उहाँले भन्नुभयो, “सरकारको आधिकारिक निर्णयमा पनि प्रतिबन्ध भनेर भनिएको छैन ।” उहाँले विप्लव समूहले जुनजुन संविधान विरोधी क्रियाकलाप गरिरहेको छ, त्यसलाई नियन्त्रणमा लिने काम मात्र सरकारले गरेको बताउनुभयो । “बाहिर चर्चामा आए जस्तो सरकारले वार्ता…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताएका छन् । जनसांस्कृति महासङ्घद्वारा आज आयोजित ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम विमोचन कार्यक्रममा उनले विकासका आधार तयार भइसकेकाले अबका दिनमा विकासका मुद्दालाई एकताबद्ध गर्ने बताए । उनले गीतकार एवं पूर्वप्रधानमन्त्री झलनाथ (जेएन) खनालद्वारा रचित उक्त एल्बम सार्वजनिक गरे । “मुलुकलाई विकसित बनाउने हामीसँग स्पष्ट दृष्टिकोण र सङ्कल्प रहेको छ”, उनले भने, “अब मुलुकलाई अलमलमा नपारी विकास र सुशासनको बाटोमा अघि बढाउनेछौँ ।” प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि दिनदिनै नयाँ संरचना बनाउनका लागि उद्घाटन शिलान्यास गर्दै गइरहेको उल्लेख गरे । “आर्थिक विकासलाई तीव्रता दिइएको…
काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सुरक्षा अधिकारीको तेस्रो बैठकले साइबर अपराध, आतङ्ककारी गतिविधि, मानव बेचबिखन, लागुऔषध कारोवार तथा तस्करीलगायत सङ्गठित अपराधको सामना गर्न उत्प्रेरित गरेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ । बैठकमा सहभागी भएर आज राजधानी फर्कनुभएका उहाँले प्रविधिमा आधारित सुरक्षा चुनौतीलाई सामना गर्न र देशभित्र तथा अन्तरदेशीय अपराध नियन्त्रण गर्न उपलब्ध स्रोतसाधनको उच्चतम् प्रयोग गरी सदस्य राष्ट्रले डटेर सामना गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो । बैठकमा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराअनुरुप बिम्स्टेक सदस्य राष्ट्रलाई शान्त र सुरक्षित बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्ध सन्देश सुनाउनुभएको प्रहरी प्रधान…
काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले दहचोक सिस्नेखोला सुरुङमार्ग जेठभित्र शिलान्यास हुने बताउनुभएको छ । मन्त्री महासेठले आज दहचोकदेखि सिस्नेखोला सुरुङको तयारीका बारेमा स्थलगत निरीक्षण गर्दै जेठभित्र सुरुङमार्ग शिलान्यास गरिने जानकारी दिनुभयो । विसं २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको उक्त सुरुङमार्ग रु १७ अर्बको लगानीमा निर्माण हुन लागेको हो । मन्त्री महासेठले सुरुङ निर्माणका लागि जग्गा अधिग्रहणको कार्य सक्न स्थानीय तहलाई निर्देशनसमेत दिनुभएको छ । “कलङ्की–नागढुङ्गा सडकखण्ड पहिलेको तुलनामा सुधार आए पनि अबको केही महीनामा धुलोरहित बाटो बन्छ”, उहाँले भन्नुभयो । त्यस्तै उहाँले कलङ्की–खड्कागाउँ–कङ्काली गुम्बा हुँदै इन्द्रदल काजी कालुपाण्डे सडकको पनि निरीक्षण गर्नुभयो…
लहान : सिरहाको छुट्टाछुट्टै स्थानमा आज भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा आज साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो । आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । गाई गोठमा जम्मा भएको पतकरहरु केटाकेटीले आफैले सलाई कोरेर आगो लगाएको हुन सक्ने स्थानीयले आशंका गरेको छ । प्रहरीले भने आगलागीको कारण अझै नखुलेको जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरी…
भक्तपुर : यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार भोलिबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् । परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षा…
काठमाडौं: प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्ता शनिबार बिहान काभ्रेबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार वलीसहितको टोली काभ्रेपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौँ आउँदै थियो । सो सूचना पाएको प्रहरीको विशेष टोलीले काभ्रेको खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । बा१७ च ४८९३ नं को स्कारपियो गाडीमा वलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई काभ्रे र ललितपुर जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च–अप्रेशन’का क्रममा…
काठमाडौं : सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदिमा आफ्नै अड्डा र जिम्मेवार पदाधिकारीका विषयमा कुनै सामग्री राख्न अदालतका कर्मचारीले होस पुर्याउनुपर्ने भएको छ। यसमा रोक लगाउन सर्वोच्च अदालतले आचारसंहिता तयार पारेको छ। चित्त नबुझेका कुरामा कर्मचारी तहबाटै सामाजिक सञ्जालमार्फत गालीगलौज, जनमानसमा भ्रम सिर्जना, अविश्वास एवम् मानमर्दन हुने खालका सामग्री बढ्न थालेपछि आचारसंहितामार्फत बाँध्न खोजिएको हो। न्याय सेवाका कर्मचारीलाई निजामती कर्मचारी आचारसंहिताले पनि बाँधेको छ। सेवाको प्रकृतिअनुरूप बढी जिम्मेवार र अनुशासित बनाउन आवश्यक भएको महसुस भएपछि छुट्टै लागू गर्न थालिएको हो। फेसबुक, ट्विटर, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालमा कडाइ गर्ने गरी अदालतमा कार्यरत कर्मचारीको आचारसंहिता– २०७५ को मस्यौदा तयार भएको छ। आचारसंहिताका विविध…
काठमाडौं: नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् । मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालका अनुसार ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् । विप्वले पार्टीभित्र धेरै विश्वास गर्ने नेतामा ओली पर्छन् । उनकै योजनामा फागुन १० गते ललितपुरकाे नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट…
काठमाडौं: सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाई पाई आएको तलबमा २ ग्रेड वृद्धि गर्ने प्रस्ताव गरेको छ । प्रदेशमा समायोजन भइसकेका प्रहरीलाई हाजिर नगराए प्रमुखलाई नै कारबाही हुने व्यवस्था नयाँ ऐनमा गरिएको छ । ‘ प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद् सचिवालयमा दर्ता भएको छ । गृहमन्त्री रामबहादुर थापले सरकारी सेवामा कार्यरत कर्मचारीलाई सरकारले कानुनबमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन यो विधेयक ल्याइएको उल्लेख गर्नुभएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।