Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । विसं १९६० को दशकमा निर्माण भएको डिल्लीबजार कारागार कारागारमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा दुईवटा भवनमा कैदीबन्दी राखिँदै आएको छ । डिल्लीबजार कारागारमा महिला कैदीबन्दी भने छैनन् । काठमाडौँ जिल्लामा केन्द्रीय कारागार जगन्नाथ देवल र डिल्लीबजार कारागार भएकाले महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमै राख्ने व्यवस्था गरिएको छ । डिल्लीबजार कारागारका उपसचिव एवं जेलर अरुण पोखरेल भूकम्पले क्षति पुगेको भवनलाई ‘रेट्रोफिटिङ’ गरेर सञ्चालनमा ल्याएको बताउनुहुन्छ । “थोरै जग्गामा धेरै कैदीबन्दी हुँदा समस्या परेको छ,” उहाँ भन्नुहुन्छ “उक्त जग्गामा…
एजेन्सी: सिरिज खेल न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ। शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापूको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन्। उनीहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो। मस्जिदबाट मानिसहरू चिच्याउँदै बाहिर निस्किरहेका थिए। मस्जिदभित्र गोली चलेपछि बंगलादेशी टोलीलाई केहीबेर बसभित्र राखिएको थियो। पछि उनीहरू बसबाट झरेर भागेका थिए। त्यसपछि उनीहरू नजिकैको हाग्ली पार्कमा भेला भए। अहिले बंगलादेशी टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यलाई होटलको कोठाभित्र राखिएको छ। उनीहरूले शनिबार न्युजिल्याण्डको अन्तिम टेस्ट म्याच खेल्ने/नखेल्ने अन्यौल भएको छ। शुक्रबार न्युजिल्याण्डका दुई मस्जिदमा बन्दुकधारीले गोली चलाएको र केही मानिसको ज्यान…
काठमाडौँ: सरकारले खुमलटारमै रहेको रेडियो नेपालको १ सय ४२ रोपनी जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई बेच्ने निर्णय गरेको छ । उक्त जग्गाको सरकारी दररेटवापतको रकम सञ्चार मन्त्रालयको सहमतिमा प्राधिकरणले रेडियो नेपाललाई दिने निर्णय पनि गरेको मन्त्री बास्कोटाले बताए । यसरी प्राप्त रकम रेडियो नेपालले पूँजीगत कार्यमा मात्र खर्च गर्न पाउने भएको, सञ्चार तथा सूचना प्रविधिमन्त्रि गोकुल बाँस्कोटाले जानकारी दिए।
लुम्बिनी: त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँले अबको केही वर्षभित्र क्याम्पस पढाउने प्राध्यापक अनिवार्यरुपमा विद्यावारिधि गरेको हुनुपर्ने नीति ल्याइने बताएका छन् । भैरहवा बहुमुखी क्याम्पसको स्वर्णमहोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले त्रिवि विश्वका एक हजार उत्कृष्ट र गुणस्तरीय विश्वविद्यालयको सूचीमा परेको उल्लेख गर्दै यसको सकारात्मक प्रभाव ६२ वटै आङ्गिक क्याम्पसमा जाने बताए । प्रा डा खनियाँले विश्वविद्यालयले बजारले खोजेअनुसारको नयाँ नया शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरिरहेको बताए । उनले भैरहवा क्याम्पसमा सञ्चालित बिबिए, बिसिए, बिएससिआइटी, बिआइएमजस्ता विषय त्यसको उदाहरण भएको उल्लेख गरे । उनले विश्वविद्यालयको आङ्गिक, सम्बन्धन प्राप्त, सामुदायिकमा गरी हाल चार लाख विद्यार्थी रहेको दाबी गर्दै उक्त सङ्ख्या विश्वकै ठूला…
काठमाडौँ: ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताउनुभयो । “उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको सङ्ख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको छ”, उहाँले भन्नुभयो…
सप्तरी: सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला भएको अदालतले जानकारी दिएको छ । एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई विसं २०७१ चैत १३ गते कोठामा लगी सामूहिक बलात्कार गरेको भन्दै पीडितले आरोपितसहित सातविरुद्ध उजुरी दिएकी थिइन् । आरोपितमध्ये पक्राउ नपरेका शम्भु, नवीन, फुदिन, राजविराज–८…
जिरी: दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए । दुर्घटनामा २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए । घाइतेको दोलखाको सिङ्गटीस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ । बा४ख ४५७३ नंको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कामदार लिएर गुडेको थियो । आज बिहान…
काठमाडौं: चेल्सी युरोपा लिग फुटबलको क्वटरफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको दोस्रो लेगको खेलमा डाइनामो किभलाई ५–० गोलअन्तरले पराजित गर्दै चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । चेल्सीले समग्रमा ८–० गोलको जित निकालेको हो । यसअघि चेल्सीले पहिलो लेगमा डाइनामो किभलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । चेल्सीको जितमा ओलिभियर जिराउडले ह्याट्रिक गोल गरे । त्यस्तै, मार्कस एलन्स र कलुम हुड्सन ओडोइले समान १–१ गोल गरे । जिराउडले पाँचौं मिनेटमा नै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यस्तै, उनले ३३ औं मिनेटमा अर्को गोल गर्दै चेल्सीको अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयमा एलन्सले गोल…
काठमाडौं: आर्सनल युरोपा लिग फुटबलको क्वारटफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति प्रिक्वारटफाइनलअन्तर्गत दोस्रो लेगमा रिनेसलाई ३–० गोलअन्तरले पराजित गर्दै लिभरपुल क्वारटफाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा ३–१ गोलअन्तरले पराजित भएको आर्सनलले उत्कृष्ट पुनगरागमन गर्दै ३–० गोलको जीत निकालेको हो । समग्रमा आर्सनलले ४–३ गोलअन्तरको जीत निकालेको हो । आर्सनलको जितमा इमेरिक आबुमेयाङले दुई तथा मैटल्यान्ड निलेसले एक गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो । खेलको पाँचौ मिनेटमा नै आबुमेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा निलेसले गोल गरेपछि आर्सनलले पहिलो हाफसम्म २–०…
काठमाडौं : यो हप्ता ‘स्याटलाइट’ विशेष चर्चाको विषय बन्यो। सरकारले अबको ३० महिनाभित्र आफ्नै स्याटलाइट लन्च गर्ने योजनाका साथ फ्रान्स सरकार र फ्रान्सेली कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ। फ्रान्स सरकारसँग भएको यो हस्ताक्षर २५ वर्षदेखि आफ्नै स्याटलाइटको सपना देख्दै आएका नेपालीका लागि महत्वपूर्ण सुरुवात हुनसक्छ। फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोगमा ३० महिनाभित्र आफ्नै स्याटलाइट स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा गत शुक्रबारमात्रै नेपाल फर्किएका हुन्। नेपालको तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरण र नेपालका लागि स्याटलाइट बनाइदिने थालेस एलेनिया स्पेसबीच बाँस्कोटाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। कम्पनीले नेपालका लागि बनाइदिने स्याटलाइट समयमै बनाएर प्रक्षेपण…