Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : राष्ट्रिय योजना आयोगको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले पूर्ण प्रेस स्वतन्त्रतासहित आमसञ्चारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने रणनीति लिएको छ । उक्त मस्यौदामाथि आज आयोजित राष्ट्रिय परामर्श तथा अन्तरक्रियामा प्रस्तुत आधारपत्रमा संविधानको कार्यान्वयनका लागि सोच, रणनीति र कार्यनीतिहरु प्रस्ताव गरिएको छ । पूर्वाधार क्षेत्रअन्तर्गत सञ्चार क्षेत्रको समग्र विकासका लागि आवश्यक पर्ने नीतिगत तथा कानूनी संरचनागत क्षेत्रमा समयानुकूल सुधार गरिने, सार्वजनिक आमसञ्चार माध्यमलाई स्वायत्त, प्रतिस्पर्धी, मर्यादित, उत्तरदायी र व्यावसायिक बनाइने उल्लेख छ । मस्यौदामा रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकरण गरी सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरी देशव्यापी बनाइने, सातै प्रदेशमा आधुनिक र प्रविधियुक्त सञ्चारग्रामको स्थापना गर्ने उल्लेख छ ।…

Read More

काठमाडौँ: भौतिक पूर्वाधार निर्माणमा लगानी गरी देशको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले पूर्वाधार लगानी बैंक स्थापना भएको छ । चालीस अर्ब अधिकृत पूँजी र रु २० अर्ब जारी पूँजीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक आजदेखि सञ्चालन भएको हो । सर्वसाधारणको ४०, व्यक्तिगत ४.९९, सरकारको १०, ‘क’ वर्गका बैंकबाट २०.८९, बीमा कम्पनीको १८.९७ लगानीमा स्थापना भएको उक्त बैंकको अर्थमन्त्री डा युवराज खतिवडाले आज यहाँ आयोजित कार्यक्रममा उद्घाटन गरे । त्यस अवसरमा उनले वर्तमान वित्तीय प्रणालीमा बैंकले परिपूरकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले देश विकासका निम्ति अपरिहार्य दीर्घकालीन पूर्वाधार परियोजनामा पूँजी परिचालन गर्न सुझाउँदै नवीकरणीय ऊर्जा, जलविद्युत्, पर्यटन र शहरी…

Read More

धनगढी: कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले टीकापुरको घटनासँग सम्बन्धित मुद्दामा अदालतले गरेको फैसलाबारे आज जानकारी दिँदै उक्त मुद्दाका प्रतिवादी हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गङ्गाराम डगौरा र रेशमलाल चौधरीसहित ११ जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम जनही जन्मकैदको सजाय हुने ठहर भएको जानकारी दिए । प्रतिवादीमध्ये श्रवण नाबालक देखिएकाले निजलाई बालबालिकासम्बन्धी ऐनानुसार आधा सजाय अर्थात् १० वर्ष कैद हुने…

Read More

काठमाडौँ: नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उनले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव दिए । उनले भने, “मुलुकमा विभिन्न स्थानमा खानेपानी र सिँचाइको समस्या देखिएको छ, त्यसलाई सम्बोधन गर्न जलउपयोग नीति बनाउनुपर्छ, शिक्षकको दरबन्दीलाई पनि व्यवस्थित तुल्याउन निकै आवश्यक देखिएको छ, शिक्षा क्षेत्रलाई व्यवस्थित तुल्याउन शल्यक्रिया गर्नुपर्छ ।” कृषि उत्पादन बढाउन तथा कृषकलाई उत्प्रेरित गर्न छुट र राहतका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकमा…

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्रा डा अरुण सायमीको संयोजकत्वमा भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराइरहनुभएको र त्यस क्रममा थप केही परीक्षण गर्न उपयुक्त देखिएकाले अब्जरभेशनमा राखिएको पनि सेन्टरले बताएको छ ।

Read More

काठमाडौँ: शिवम् सिमेन्टले निष्काशन गरेको प्राथमिक शेयर आज बाँडफाँड भएको छ। सर्वसाधारणतर्फ न्युनतम ५० कित्तादेखि ५ हजार २२० कित्तासम्मको आवदेन दिनेले मागे जति सबैले शेयर पाएका छन्। अधिकतम एक लाख कित्तासम्म आवेदन दिनेहरुले ५ हजार ६४० कित्ता शेयर पाएका छन्। शिवम् सिमेन्टले निष्काशन गरेको प्राथमिक शेयर आज बाँडफाँड भएको छ। सर्वसाधारणतर्फ न्युनतम ५० कित्तादेखि ५ हजार २२० कित्तासम्मको आवदेन दिनेले मागे जति सबैले शेयर पाएका छन्। अधिकतम एक लाख कित्तासम्म आवेदन दिनेहरुले ५ हजार ६४० कित्ता शेयर पाएका छन्।

Read More

काठमाडौँ: राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने लक्ष्य लिएको छ । सरकारको ¬‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना तयार गरेको हो । आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्म कार्यान्वयन हुने उक्त योजनाको मस्यौदा आज आयोगले सरोकारवाला पक्षसँग प्रस्तुत गरी परामर्श लिएको छ । विसं २१०० सम्ममा मुलुकको प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलरमा पु¥याउने दीर्घकालीन सोचसहितको योजनामा उल्लेख छ । हाल मुलुकको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर छ भने कूल ग्राहस्थ उत्पादन रु ३०…

Read More

भक्तपुर : मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । स्तम्भबाट मनोहरा, दिव्यश्वरी क्षेत्रका बस्ती, एसओएस, अन्तर्राष्ट्रिय विमानस्थल, हिमाललगायत चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भसँगै नाट्यश्वरी पार्क, मन्दिर, अपाङ्ग तथा बालमैत्री बगैँचा, आर्टिफिसियल रक क्लाइम्बिङ, व्यायाम गर्ने ठाउँ, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने र निर्माण भइसकेको दुईतले सामुदायिक भवनको रङ्गरोगन तथा व्यवस्थापन गरिने भएको छ । आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ । करीब…

Read More

कञ्चनपुर : भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए । हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग गरिएको बञ्चरोसहित पक्राउ गरी हिरासतमा राखिएको उनले बताए ।

Read More

काठमाडौँ : नेपाल आयल निगमसँग सहमति भएसँगै ग्यास उद्योगीले आजदेखि एलपी ग्यासको ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरीद गर्ने भएका छन् । निमगसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीले निगमबाट पिडिओ खरीद गर्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । कमिसन वृद्धिलगायतको माग राखेर आन्दोलन गर्दै आएका उद्योगीले यही फागुन १७ गतेदेखि पिडिओ खरीद गरेका थिएनन् । निगम र उद्योगीबीच मङ्गलबार एलपी ग्यासको पिडिओ खरीद गरी ग्यासको बिक्री वितरण सहज बनाउने समझदारी भएको थियो । एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी भएको छ । व्यवसायीले पिडिओ खरीद नगर्दा ग्यासको आयात बन्द भएको…

Read More